न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३१६ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा आमालाई खोज्न कश्मिरबाट काठमाडौं आएकी मेहेक बानुले आफ्नो आमा र बहिनीलाई भेटेकी रिपोर्ट प्रस्तुत गरिएको छ ।
त्यस्तै २९ वर्षका एक व्यक्तिलाई अदालतले नाबालक बनाएको रिपोर्ट पनि प्रस्तुत गरिएको छ । आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
१. गएको कार्यक्रममा काठमाडौंमा आफ्नी आमालाई खोजिरहेकी कश्मिरकी मेहेक बानुको कथा देखायौं । मेहकको रिपोर्ट प्रशारण गरेको भोलिपल्ट उनकी आमा र बहिनीसँग उनको भेट भएको छ । ठाउँ ठेगाना नम्वर केही नभएपनि ११ वर्ष पुरानो फोटो देखाउदै उनी सडकमा आफनी आमा खोजिरहेको देखेपछि हाम्रा कसै दर्शकले उनलाई हाम्रो कार्यालय पु¥याई दिएका थिए ।
आमालाई खोज्न यसरी कश्मिरबाट छोरी आएको थाहा पाएपछि पक्कै पनि आफुलाई भेट्ने उनको विश्वास थियो ।
कार्यक्रममा मेहक आफ्नी आमा खोज्दै काठमाडौंमा भौतारिरहेकी रिपोर्ट प्रशारण गरेकोे भोलिपल्ट नै उनकी आमा र बहिनी मेहकलाई खोज्दै हाम्रो कार्यालय आए । सुुरुमा त आमा र छोरीले एक अर्कालाई हेरा हेर मात्रै गरे । मेहेककी आमाले टिभिमा देखेका कारण आफ्नी छोरी भनि चिनेपनि सानैमा कस्मिर गएकी मेहेक दुई छोराकी आमा बनिसकेको उनलाई थाहै थिएन् ।
मेहेकले आफ्नी आमा र बहिनीलाई भेटिरहँदा कार्यक्रममा सीधाकुरामा उनको रिपोर्ट पुनः प्रशारण भइरहेको थियो । कसैले कश्मिरबाट आमा खोज्दै मेहेक आएको भनि टिभिले देखाएको भनेपछि बिहान देखि आमा र छोरी युट्वमा हाम्रो कार्यक्रम हेरिरहेका रहेछन् ।
नेपालमा बस्ने कि भारतमा बस्ने भनि श्रीमान श्रीमतिबीच झगडा भएपछि मेहेका बुवाले आफ्नी दुईटै छोरी लगेर भारत जाँदा सुनौलीमा आमाको दुध छुटाएकी कान्छि छोरी रोएपछि उनलाई फिर्ता गरिएको रहेछ । पछि भारतमा जेठी छोरी बुबाले लैजाने र कान्छि छोरी आमाले राख्ने सहमति भएपछि मेहेक बुवासँंग बस्न बाध्य भएकी थिईन ।
मेहेकसँंगको भेटमा पहिलो पटक उनकी आमाले आफ्नो श्रीमान बितेको र छोरीको बिवाह भएर दुईओटा छोरा पाएको थाहा पाएकी थिईन् । आफ्नी आमा र बहिनीलाई भेटेपटि मेहेक खुसी हुदै उनिहरुसँगै गईन् । आमाले माने आमा र बहिनीलाई आफैसँग लैजाने उनको ईच्छा छ ।
एउटै बुवा आमाका दुई छोरी अलग अलग देशमा जन्मिए र हुर्किए । खानपिन, बोली भाषा नमिले पनि उनीहरुको मन एउटै छ । बर्षौंपछि एक अर्कालाई भेटका उनीहरुको खुसीमा सीमा नै छैन ।
२. २९ वर्षका व्यक्तिलाई अदालतले नाबालक बनाएपछि !
काठमाडौं । तत्कालीन पुनरावेदन अदालत पाटनले एक अंश मुद्धामा २९ वर्षीय लखी कुमार रौनीयारलाई नाबालक भएको फैसला गरेको छ । र यही फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेको छ ।
काठमाडौं १४ का रौनियार परिवारले २०६६ सालमा काठमाडांै जिल्ला अदालतमा हालेको अंश मुद्धाको फैसला चित्त नबुझेपछि लखी रौनीयार तत्कालीन पुनरावेदन अदालत पाटन पुगेका थिए ।
३. म्याग्दीका सहायक वन अधिकृत ३३ हजार घुससहित रंगेहात पक्राउ
म्याग्दी । म्याग्दीको बेनीमा काठ तस्करीको मुद्धा मिलाइदिने भन्दै ३३ हजार घुस लिदै गर्दा मंगलाघाट सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत राजकुमार ठाकुर रंगहात पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले गत मंसिर ७ गते अर्थुङ्गे बाट काठ बोकेर बेनीतर्फ आउदै गरेको ग १ त ५२८० नम्बरको ट्याक्टर र बिना पूर्जीको ३७ थान उत्तिसको काठ नियन्त्रणमा लिएर कारबाहीका लागि वन डिभिजनमा बुझाएको थियो ।
४. चिठ्ठा परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय !
काठमाडौं । चिठ्ठा, लोटरी परेको भन्दै केही भारतीय गिरोहहरु सोझा साझा नेपालीलाई ठग्दै आएका छन् । खास गरी महिलाहरुलाई तपाईको लोटरी परेको त्यो रकम नेपाल पठाउन केही पैसा लाग्ने भन्दै पैसा ठगीरहेका छन् । जसमा नेपालीहरुको पनि सहभागिता छ ।
साँखुकी मन्जु तामाङलाई एनसेलको २५ लाख रुपैयाको चिठ्ठा परेको भनि म्यासेज आयो । म्यासेजपछि ती भारतीय ठगले फोन गरी २५ लाख रुपैया पठाइदिने भन्दै उनको बैंक एकाउन्ट नम्वर मागे र पैसा लिन भने ।

