अख्तियारले पोलिमर नोट छपाईमा भ्रष्टचार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. तिलक रावल, नोट विभाग प्रमुख उपेन्द्र केशरी पौडेल र स्थानीय प्रतिनिधि हिमाल बहादुर पाडेविरुद्ध करिब १ करोड विगो दाबी गर्दै भ्रष्टाचारको मुद्धा बिषेश अदालतमा दायर भएकोे छ ।
नेपाल राष्ट्र बैंकबाट रु १० को ५ करोड थान पोलिमर नोट छपाई गरिदा अष्टे«लियाको स्थानीय एजेन्ट मार्फत आर्थिक लेनदेन गरेको, गुणस्तर हिन नोट छपाई भएको र नेपाल राष्ट्र बैंकलाई अस्वाभाविक मुल्य तिराई नोक्सानी पु¥याई आँफूलाई फाइदा पुग्ने गरी कसुर गरेको सप्रमाण पुष्टी भएको कुरा अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कृपया ध्यान दिएर सुन्नु होला, अधिकांश भ्र्रष्टचारको प्रकृया यस्तो हुन्छ । संचालक समितिका निर्णयहरु चुहाउने, बोलपत्रमा आफूले कमिशन पाउने कम्पनीलाई नै छनौट गर्नू पर्ने बाध्यधाताकारी बुँदाहरु उल्लेख गर्ने, टेण्डर अगाडि नै सबै कुरा चाहेको कम्पनीलाई बताउने र कतिपय केशमा कम्पनीहरु मिलेर टेण्डर हाल्ने, अरु प्रतिश्पर्धी कम्पनीहरुलाई कमिशन पहिले नै तोक्ने र टेण्डरमा सहभागी हुन नलगाउने ।
यस्तो प्रकृयाबाट कुनै पनि मन्त्रालय अछुतो छैन । पुराना फाइला पल्टाउने हो भने मरेर गइसकेकाहरु समेत हुलका हुल तान्छिन् । तर के गर्नु ति नर्कबासीका सन्तान र आफन्तहरु यहाँ महल ठड्याए बसेका छन् । एउटै जेनेरेशनमा यती ठुलो प्रगति र अकुत सम्पतिको थुप्रोमा मोज गरेका राष्ट्रद्रोहीको नेक्स्ट जेनेरेशनले लुटको धनमा फूपुको श्राद्ध गरिरहेका छन् ।
अख्तियारले हिम्मत गरेको हो वा डिल नमिलेपछि मात्र प्रमाण भेटिएको हो थाहा छैन तर होस भैगो, यती ठूलो माछा समातेको बेलामा किन छुच्चो हुनु । अरबौंको कर छलि गर्नेहरु सुन पानी छर्किए झै छुट्ने ठाँउमा यो खुसी कति समय टिक्ला थाहा छैन । तर सानादेखि ठुला टेण्डर, ठेक्का पट्टा पाउने प्रकृया अल्मोष्ट यही हो ।
लोभि नेतृत्व, पापी व्युरोक्रेसी, कपटी विचौलियाको हुल भएसम्म यो श्रृङखला सकिदैन । विदेश घुम्न पाउँदा ¥याल काढ्दै, पछि पछि दगुर्ने, विचौलिया मार्फत पैसा बुझ्ने राजनीतिज्ञ, अख्तियार र मिडिया छल्ने झक्कास आइडिया भएका कर्मचारी, देश र जनताका लागि होइन निश्चित नेताका लागि कलम, क्यमेरा, र माइक्रोफोनको सौदाबाजी गर्ने पत्रकारहरु रहेसम्म समृद्धी फगत कल्पना मात्रै हुने छ । नोट छपाई घोटालाको आरोप पत्रमा अख्तियारले भनेको छ कि छापिएका नोटका कमी कमजोरी मिडियामा नल्याउनका लागि मिडियाकर्मीहरुलाई अष्टे«लिया पठाउने, नोट छपाइका लागि जसलाई पछि कार्यदेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाइन गर्न लगाउने कसुर गरेको सप्रमाण पुष्टि हुन आएको छ ।
पत्रकारिताको खोल ओडेर राष्ट्रलाई लुटन् सघाउने पत्रकारहरुको नाम पनि सार्वजनिक गरियोस । फोकडमा नेतालाई विदेश घुमाएर आफ्नो दुनो सोझ्याए जस्तै, पत्रकार घुमाएर समाचार रोक्ने प्रचलन पुरानो रहेछ तर यस्तो कार्यका संस्थापक पत्रकार ज्युहरुलाई पनि चिन्न जरुरी छ । यो भन्दा धेरै पत्रकार मित्रहरुको बारेमा बोल्नु भनेको आफ्नै ढाड चिलाउनु हो तर बेथितिको दोष नेता र कर्मचारीको टाउकोमा मात्र थुपारेर हुँदैन ।
केही दोष हामी संचारकर्मीले पनि लिनै पर्छ, सबैले होइन केहीले । मुलुकमा सबैभन्दा शक्तिशाली र साधन स्रोत सम्पन्न निकायको रुपमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगलाई खडा गर्नु पर्छ । अनि अख्तियारका प्रमुख, र अन्य आयुक्त ज्युहरुले आफ्नो पदको पुर्ण सदूपयोग र यो देशलाई आफ्नै आमा भनेर एक रति नडराई कसैको दबाब प्रभावमा नपरी २४ घण्टै खटेर र डटेर काम गर्ने हो भने यो मुलुकमा कुनै डोनर चाहिदैन ।
अरबौैं अर्बमा हुने भ्रष्टाचारबाट जोगिएको पैसाले यो मुलुक सम्वृद्ध हुन्छ । कुनै झोले आईएनजिओको सुसान अवार्ड देशका प्रधानमन्त्रीले थाप्नु पनि पर्दैन र त्यसको बचाउमा सण्डमुण्डहरु नचाउन पनि पर्दैन । एउटा अख्तियार, स्रोत साधन र अधिकार सम्पन्न होस र त्यहाका प्रमुख सच्चा राष्ट्रप्रेमी भए, यो देश बनाउन कसैले सपनै देख्नु पर्दैन । कतै पढेको सम्झना आयो । पाकिस्तानमा भ्रष्टाचार विरुद्ध मुद्धा चलाउने निकायका प्रमुखले हालसालै भनेका थिए रे भ्रष्टाचारीलाई मृत्यु दण्ड दिने कानुन बनाएर लागू गर्ने हो भने यहाँको आधा जनसंख्या घटेर जनसंख्या वृद्धीको समस्या पनि एकै पटक समाधान हुन्छ ।
पत्रकारले ठूलो स्वरले बोल्यो, नेगेटिभिटी फैलायो भनेर प्रधानमन्त्रीलाई कुरा लगाउने रुन्चे पिन्चेहरुबाट जोगाउने हो भने हामीले अहिले पाएका हाम्रै आफ्नै प्रधानमन्त्री पनि कम छैनन् । बस खरो आलोचना र चिप्लो चाकडीबीचको फरक छुट्याउन सक्नु प¥यो उहाँले । जनताका समस्या हल गरिने कुरा नेगेटिभ हुने तर जूत्ता चाटेरै टल्काउला झै गरी आशा उत्साहको रट लगाउने चाकडीवाजहरु पोजेटिभ त लाग्लान् तर ती एचआइभी पोजेटिभ भन्दा बढी संक्रमित हुनसक्छन् । तिन्लाई माया त गर्नुस तर क्यरफुल हुनुस् ।

