एसिया प्यासिफिक समिट नाम दिएर विविध विषयमा छलफल हुने बताइएको कार्यक्रमको भित्री उद्धेश्य धर्म प्रचार नै भएको खुलेको छ । जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले धार्मिक कार्यक्रम होइन भनेर बचाउ गरेका थिए । तर,प्रधानमन्त्रीको त्यस्तो दाबी २४ घण्टा पनि टिकेन ।
शनिबार एसिया प्यासिफिक समिटमा मन्तव्य राख्दै आयोजक संस्थाकी प्रमुख विवादीत धर्म गुरु हाक जा हानले आफुलाई जेससको छोरी मात्र घोषणा गरिनन् ,आफ्नो आशिर्वाद लिनेहरुलाई नेपाललाई त्रिश्चियन राष्ट्र बनाउन पनि आवहान गरिन् । “एक अर्कामा बाड्नु पर्दछ अनिमात्र तपाईहरु ईश्वरीय राज्य अर्थात छन् इल गुकमा रहन सक्नुहुन्छ । जिससको छोरी म मार्फत नेपालमा आर्शिवाद लिन आउनुहुने जो जो हुनुहुन्छ सवैले यो सन्देश सवैतिर फैलाउनुहोस र ईश्वरीय राष्ट्रको स्थापना गर्नुहोस भन्दै या मन्तब्य अन्त्य गर्न चाहान्छु ,” हानले आफ्नो मन्तव्यमा भनिन् । उनले आफ्नो मन्तव्यमा नेपाललाई ‘इश्वरीय राष्ट्र’ बनाउन आव्हान गरिन् ।
उनले घुमाउरो भाषामा आफै इश्वर भएको पनि बताइन् । “विगतको गल्तिलाई सम्झेर यूवाले यो कुरा वुझनै पर्दछ । मेरो उपस्थितीमा ईश्वरीय क्रियाकलाप गर्नै पर्दछ । अनि मेरो आशिर्वाद प्राप्त गर्यो भने त्यो प्रत्यक्ष ईश्वरको आशिर्वाद हुनेछ ,”उनले भनिन् ।
हाक जा हानको मन्तव्यको पूर्ण पाठ

यस एशिया प्यासिफिक सम्मेलन २०१८ मा उपस्थित हुनुभएका सम्पूर्ण नेतृत्व वर्ग, आदरणिय महानुभाव, आज हामीहरु कसरी लामो अवधिसम्म मानवतालाई स्वतन्त्र, अनन्त शान्ति एवम् विश्वमा शान्तिको स्थापना कसरी गर्ने र समाधान गर्ने विषयमा उपस्थित भएका छौं ।
आज संसार, मानवीय जगतमा धार्मिक समस्या, पारिवारीक समस्या, सबै विश्व युद्ध र द्वन्द्वको समस्याले गर्दा एक दिन पनि विश्व शान्तिको कल्पना गर्न सकिएको छैन । यस्ता समस्याहरुको समाधानको लागि हामीले के गर्न सकिन्छ? यो अवधिमा विश्वमा त्यो समस्या समाधानको लागि चार वटा धर्महरु आए । तर आज सुरुवात हेरेकोत त्यसको अन्त्य पनि पाउनै पर्छ ।
उपस्थित हुनुभएका नेतृत्व वर्गहरुमा मानवीय जगतमा स्वतन्त्रता महसुस गर्दै खुसी भएर जीवन विताउन कसरी सकिन्छ, त्यो अनुभूती गर्न आउनु भएको छ । तर त्यो क्षमता पहिले र अहिले अन्त्य नै छैन । त्यसैले आज हामी यो ब्रह्माण्डमा २०० देश भएता पनि तिनीहरु मालिक होइनन् । यसको मालिक भगवान हुनुहुन्छ । उहाँको बारेमा थाहा पाउनै पर्छ । त्यो महानुभाव सपना भएको सबैको हृदयलाई लिर हिड्ने भगवान हुनुहुन्छ । उहाँले नै जिससको छोरी सृष्टि गर्नुभयो । यसरी सृष्टि गर्नु भएको छोरी भएकाले भगवानको आशिर्वाद पाउने ठाउ बनाउनु मेरो जिम्मेवारी हो । तर मान्छेले त्यो आशिर्वाद लिने समयमा लोभको प्रकट भयो । अनि भगवानसँग असम्बन्धीत क्रियाकलापहरु सुरु भयो ।
त्यसकारण इतिहासलाई छाडेर धेरै प्रयास गरेर आइएता पनि नतिजालाई हेर्न सकेनन् । त्यसैले यो कार्यक्रममा एशिया प्यासिफिकबाट उपस्थित हुनु भएका नेताहरुलाई यो कुरा अवगत गराउन गइरहेका छु । ईश्वर भनेको सृष्टि हो । सुरुवात र अन्त्य हो । असफल नभएको मान्छे हो । त्यसैले लामो समयसम्म यो रक्षा गर्नको लागि मानवताको सृष्टि गर्नु भयो । धेरै आसा गर्नु भयो । कारण मानवीय जगतलाई जिम्मेवारी दिनु भएकोले हो । अनि स्वर्गमा भएको र ईश्वरले जिम्मेवारी दिनुभएको यस जगतको एक जनाले यसको रक्षा गर्नै पर्दछ । त्यही जिम्मेवारीको लागि जिसस क्राइष्टलाई ईश्वरको प्रतिनिधि भएर यस संसारमा पठाउनु भयो ।
तर त्यस्तो जिम्मेवारी दिनु भएको मेरीले इजरायलमा जन्म दिएता पनि जिससको समस्या थाहा पाउनु भएन । ईश्वरलाई पूर्ण रुपमा सहयोग गर्न सक्नु भएन । जिससको त्यो स्थान कसैले बुझ्नै सकेन । अनि क्रसमा झुण्डिएर वित्नु भए पछि त्यो जिम्मेवारी पुरा गर्न फेरी आउनु भयो । त्यो जिम्मेवारी पुरा गर्न आउनु भएको २० सौं सताब्दीमा मुन म्यङ्ग हुनुहुन्छ । जिससले पुरा गर्न नसक्नु भएको जिम्मेवारी पुरा गर्न सन म्यङ्ग मुन सच्चा मातापिताको रुपमा यहाँ आउनु भयो । त्यसैले त्यस्तो जिम्मेवारी पुरा गर्न आएको इजरायल क्षेत्रको जिम्मेवारी कसरी पुरा गर्ने कुरा जिससको छोरीलाई राम्ररी थाहा छ । जुन जिससलाई मातापिता भएर पुरा गर्नुहोस भनेर जुन जिम्मेवारी भएको थियो, त्यो पुरा गर्न म जिससको छोरी आएको हु । जुन यो संसारको चाहाना थियो जुन अभिप्राय थियो त्यो भएकै कारण यसो भएको हो ।
अनि ईश्वर एशियातिर प्रवेश गर्नु भयो र सच्चा मातापितालाई जिम्मेवारी दिनु भयो । किनभने यसलाई नयाँ रुपमा बुझने ईश्वरको प्रतिनिधि भएमा मात्र ईश्वरको त्यो इतिहास र दायित्वलाई पुरा गर्न सकिन्छ भन्ने कारणले गर्दा हो ।
अनि १९४३ मा जिससको छोरी मेरो जन्म भयो र ईश्वरले सम्पूण जिम्मेवारी मलाई दिनुभयो । त्यो वेला कोरीया जापानबाट कोलोनी भएर १९४५ मा छट्टि सकेको थियो । अनि कोरीया २ ध्रुवमा विभाजित भयो । २ अलग राष्ट्रहरु एकातिर डेमोक्रेसि र कम्यनीजममा विभाजीत भए । १९५० मा नामै नसुनीएको अति गरीव राष्ट कोरीया आज सम्पन्न भएको छ । युएनको १६औ राष्टको सुचिमा परेको छ । विश्वको प्रजातन्त्रको हिमायती बनेको छ । यी कुरालाई मानवताको शक्तिसग जोडन सकिन्छ । ईश्वरको आर्शिवाद सँग जोडन सकिन्छ । अनि त्यो देशमा ईश्वरले जिसस्को छोरी मार्फत यो सम्भव भएको कुरा वताउन चाहान्छु । सन् १९६० मा, म ईश्वरको छोरी, जिसस्को छोरीको रुपमा यहा आए, क्रिष्चियनहरुले २००० वर्षको अवधिमा धेरै गल्ति गरे । ईश्वरको ईच्छा र आकांक्षा पुरा गरेनन् । तेस्रो शताब्दीमा रोमबाट इटली हँुदै फ्रान्स र वेलायतमा प्रवेश गरेको इतिहास छ । त्यसपछि क्रिष्टियन संस्कृतीमा जुन ईश्वरले लिनेदिने संस्कार दिनुभएको थियो त्यसलाई पनि वुझ्न सकेनन् । फलस्वरुप यो समाधानको लागि सन म्योग मुन मार्फत क्रिष्टियन संस्कृतीे पनि विश्वभरी फैलँदै गयो ।
ईश्वरको उद्धेश्य सधै आफ्नो चाहानाको निरन्तरता हो । भौतिक रुपमा विकसित र स्वतन्त्र युरोपले पनि यो कुरा विर्सीयो फलस्वरुप यूरोपमा पनि कम्यनीजम वढन थाल्यो र सत्यता विर्सदै गयो । त्यो विर्सने कोहि नभएर क्रिष्चियनीटी हो । तर यो कुरापनि सत्य हो कि क्रिष्चियनीटी वाट मात्रै ईश्वरको उद्देश्य पुरा हुन्छ । त्यसको लागी ईश्वरले जिसस्को छोरीको रुपमा मलाई पठाउनु भयो किनभने म मार्फत आर्शिवाद लिएन भने जो कोहिपनि ईश्वरमा समाहित हुन सक्दैन । विश्वशान्ति तथा एकिकृत परिवार संघ मार्फत मेरो प्रत्यक्ष निगरानीमा ईश्वरीय आर्दशको काम भईरहेको छ । विगतको गल्तिलाई सम्झेर यूवाले यो कुरा वुझनै पर्दछ । मेरो उपस्थितीमा ईश्वरीय क्रियाकलाप गर्नै पर्दछ । अनि मेरो आशिर्वाद प्राप्त गर्यो भने त्यो प्रत्यक्ष ईश्वरको आशिर्वाद हुनेछ ।
सपना ठूलो भएता पनि दाजुभाई किन झगडा गरी रहन्छन् । यदी एक अर्कामा प्रेम वाड्यो भने आर्दश परिवार वनायो भने ईश्वरको सपना पुरा हुन्छ अनि राष्ट हुदैन, संस्कार हुदैन, जात हुदैन केवल ईश्वरीय एकल राष्ट हुन्छ । अनि एक अर्काको लागी वाच्ने साचो प्रेमको संस्कार हुन्छ । अनि ईश्वरीय आर्शिवाद प्राप्त गरेका पुस्ताहरु सवैतिर छरिएर म जिसस्की छोरीको सन्देश वाड्नुहुन्छ भन्ने कामना गर्दछु । आर्शिवाद ब्यक्तिगत रुपमा अन्त्य हुदैन । एक अर्कामा बाड्नु पर्दछ अनिमात्र तपाईहरु ईश्वरीय राज्य अर्थात छन् इल गुकमा रहन सक्नुहुन्छ । जिससको छोरी म मार्फत नेपालमा आर्शिवाद लिन आउनुहुने जो जो हुनुहुन्छ सवैले यो सन्देश सवैतिर फैलाउनुहोस र ईश्वरीय राष्ट्रको स्थापना गर्नुहोस भन्दै या मन्तब्य अन्त्य गर्न चाहान्छु ।
(हाक जा हानले एसिया प्यासिफिक समिटमा कोरियन भाषामा गरेको भाषणको सोहीकार्यक्रममा सहभागिले गरेको नेपाली अनुवाद)
नेपालडेलीडटकमबाट साभार

