आज श्री शाके १९४० बि.स. २०७५ साल मंसिर ५ गते बुधबार इश्वी सन् २०१८ नोबेम्वर २१ तारीख कार्तिक शुक्ल पक्ष त्रयोदशी तिथी १२ः५५ बजे सम्म पश्चात चतुर्दशी तिथी अश्विनी नक्षत्र ब्यतिपात योग तैतिल करण चन्द्रमा मेष राशिमा सुर्य दक्षिणायन हेमन्त ऋतु टेलिभिजन दिवस बैकुण्ठ चतुर्दशी पाल्पाको दर्लममा महाकाली भगवती रथयात्रा डोटीमा केदार मेला – ज्यो.पं. सरोज घिमिरे / धनकुटा खबर
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परीश्रमको राम्रोकदर हुने समय रहेकोछ । आम्दानिका बिभिन्न श्रोत हरु फेला पर्नेछन । भोजभतेर जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कार्य क्षेत्रमा बिभिन्न झन्झट उत्पन्न हुनाले कार्य सम्पादनमा ढिलाईको योग रहेकोछ । बाणीका कारण आफन्नजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चको सम्भाबना समेत रहेकोछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
मित्रजनहरुको अति सामीप्यता कष्टकर साबित रहनेछ । आम्दानिका श्रोत साधन फेला परेता पनि आम्दानिका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कार्यसम्पादनमा बिशेष ध्यान पूर्याउनु पर्नेछ । पारीवारिक झोर झमेलाले सताउन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साथीभाईहरु सगँको खराब सम्बन्धका कारण सामान्य झन्झटमा फस्ने सम्भाबना रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा समेत तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा सृर्जित समस्यामा फस्ने सम्भाबना रहेकोछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चोट पटकका कारण स्वास्थका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुनसक्नेछ । खानपानका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । स्थान परीर्वतनको समेत सम्भाबना रहेकोछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पारीवारिक साथ सहयोगमा जटिल तथा अधुरा कार्य सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । भोग बिलासिताका क्षेत्रमा समय ब्यतित रहने दिन रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पुराना लगानि उठाउन समयले बिशेष साथ दिएकोछ । सामान्य यात्राको योग रहेकोछ । शुभचिन्तकहरुको साथ सहयोगले अधुराकार्य सम्पादित रहेनछन भने शत्रुपक्षकमजोर रहनेछन । स्वास्थमा समेत केहि सुधारको योग रहनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्यन अध्यापनका क्षेत्रमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । कार्य क्षेत्रमा सामान्य परीर्वतनको सम्भाबना समेत रहनेछ । बौधिक ब्यत्तित्वहरुको माझमा आफु कमजोर भएको महसुस हुनेछ । स्वास्थमा केहि तनाब रहनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मानसिक चन्चलताका कारण कार्यक्षेत्र देगीलो नरहला । सवारी साधनको प्रयोगमा तथा भौतिक साधनहरुको प्रयोगमा समेत ध्यान पूर्याउनु उत्तम रहनेछ । पारीवारिक झमेलाले सताउन सक्ने सम्भाबना रहेकोछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यात्राका क्रममा सामान्य चोट पटकको सामना गर्नुपर्ला । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तित्व हरुले प्राप्त गर्नेछन ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सामान्य बाद विवादको झमेलामा फसिएला । कार्य प्रारम्भ अघि प्रस्फुटन नगर्नुनै उत्तम रहनेछ ।

