यो मुलुकमा भ्रष्टचार निर्मुल त के नियन्त्रण समेत गर्ने कसैलाई इच्छा समेत छैन । भ्रष्टचारीलाई आँखा बन्द गरेर समाउन थाल्ने हो भने को को जेल परे ? होइन, को को जेल परेनन् ? भनेर औंलामा गन्न मिल्छ । त्यसैले यो मामलामा कुरा मात्र चर्को हुने हुन्, काम फितलो हुन्छ, ढुक्क हुनुस् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भित्र कोही पनि भ्रष्ट मानिस छैनन् होलान त ? यी दल भित्रकाहरु भ्रष्ट नभई देश यो हालतमा पुगेको होला त ?
तर यथार्थ यो हो कि यी कुनै दलले आफ्ना ठुला नेता भ्रष्ट भएको स्वीकार गरेर कार्वाही अघि बढाउन त के सामान्य कार्यकर्तालाई वा समर्थकलाई पनि छुन समेत सक्दैनन् । आँफुले समर्थन गरेको पार्टीमा भएको भ्रष्ट नेताको विरोध गर्न नसक्नेले के खान राजनीति गर्नु ?
अन्धोभतm भएर भ्रष्ट नेताको पछि लागेर घर चलाउन परेको दिन मरेको जुनी होस् । भ्रष्टचार गरेर अकुत सम्पत्ति कमाएको नेतासँग अघि पछि लागेर हिड्नु परेको दिन जस्तो कालो दिन कहिल्यै नहोस् । भ्रष्ट नेताको पछि लागेर, उसको समर्थन गरेर, प्रचार गरेर पाएको पैसाले किनेको दाल भात तरकारी मासु त के एक घुट्को पानी पनि विष पिए बराबर होस् ।
त्यस्ता भ्रष्टले दिएको पैसाले छोरा छोरीको स्कुल फि, किताब, कापी, कलम, टिफिन, लुगा, जुत्ता मोजा, खेलौना, किन्नु भन्दा इज्जत र शानको काम ज्याला मजदुरी गर्नु कयाँै गुणा राम्रो । यत्ति भन्न सक्ने कार्यकर्ता नभएसम्म मुलुक बन्दैन । करोडौँ खानेले १०/२० हजार कुकुरलाई हड्डी फाले जस्तो फालिदिन्छ अनि तपाई त्यस्ताको जुठो खाएर त्यस्ताको भक्ति गानमा लाग्नु हुन्छ भने तपाईको यो पाप कर्मले मुलुक सिकिस्त विरामी परेको छ ।
भ्रष्टाचारकै प्रशंगमा जाऔँ । भ्रष्टाचारको मुद्धालाइ्र्र सर्पोटिङ डकुमेन्टस र प्रमाणहरुको आधारमा बलियो बनाएर अदालतमा पेश गर्नु पर्छ ताकी न्यायाधीशले फैसला सुनाउँदा भ्रष्टचारीलाई अधिकतम सजाय होस् । तर दुर्भाग्य अदालत पु¥याउँदा भ्रष्टचारको मुद्धालाई यति कमजोर बनाएर पेश गरिन्छ कि त्यो फाइल हेरेर कुनै पनि न्यायाधीशले अधिकतम सजाय तोक्नै सक्दैन ।
यो सब सेटिङ हो । अख्तियारले कसैलाई सप्रमाण घुस वा अन्य भ्रष्टचार गरे वापत समाउँछ, अदालतमा पु¥याउँछ । सम्मानित अदालत र श्रीमानको मान हानी गर्न खोजेको अर्थ र लाञ्छना नलागोस्, तर देशका धेरै अदालत र श्रीमान न्यायाधीशहरुका लागि भ्रष्टचारी समातिनु, खाजा वा सन्याक्स पाए जस्तै हो, हड्डी हाँस्छ ।
कसरी ? अब बताउछु । भ्रष्टाचारको मुद्धामा रंगेहात नै समातिएको व्यक्ति पनि विगो बराबरको रकम मात्रै धरौटी राखेर रिहा भएको थाहा पाउनु भएकै होला नि । एउटा लेटेस्ट उदाहरण दिन्छु ।
एक व्यवसायीसँग १ लाख ४० हजार घुस लिए वापत दायर भएको मुद्धामा डिएसपी श्याम कुमार राईलाई विशेष अदालतले विगो बराबरको रकम मात्र धरौटी लिएर रिहा गर्ने आदेश दिएको छ ।
रंगेहात समातेको व्यक्तिलाई अदालतले १ लाख ४० हजार धरौटीमा छोडीदियो अब भन्नुस्, यो देशमा भ्र्रष्टचार निर्मुल हुन्छ भनेर खोक्ने मान्छे १ नम्बरको गफाडी हो कि होइन ? भ्रष्टचारीलाई चाइनामा जस्तो लाइन लगाएर ड्याङ ड्याङ गोली ठोक्नुपर्छ भनेर म भन्दिन, तर के अदालत लैजादै सुनपानी छर्किदै गरेपछि यो देश भ्रष्टचारी, अपराधी र घुस खोरहरुको कब्जामा भएन ?
प्रहरीले मुद्धा कमजोर बनाएर पठाउने, विचौलिया केही कालो कोट, कालै मन भएकाहरुले न्यायाधीशहरु र पुलिस मिलाउने । फाइल नै कमजोर भएर आएपछि श्रीमान को के लाग्छ र ! अकुत सम्पत्ति कमाइसकेको घुसखोरलाई मुद्धा मिल्छ र जेलबाट छुटिन्छ भने लाख करोड सेटिङमा फ्याक्न एक मिनेट पनि सोच्नु पर्दैन ।

भन्न त धेरै मन छ तर सम्मानित अदालत र न्यायमुर्तिहरुको मान हानी हुन सक्छ । त्यसैले आजलाई यो बिषयमा यहि रोकिन्छु तर हामी भ्रष्टचार निर्मुल पार्छौ भन्ने गफाडीहरुलाई लिएर अर्को हाँस्य व्यङ्ग्य चलचित्र दिपकराज गिरी एण्ड टिमले बनाए भने त्यो चलचित्र झन् सुपरहिट, ब्लकबस्टर हुन्छ । छक्का पन्जा ४ का लागि सोलिड कन्सेप्ट दिएको छु । २/४ प्रतिशत शेयर हामीले कर्णालीको बिकट जिल्ला कालिकोटमा बनाउन लागेको अस्पताललाई प्रदान गरिदिनु होला । हल्का रमाइलो ।

