निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको १०० दिन नाघ्यो, र आज १ सय १ दिन हो । यो मुलुकमा एक से एक राजनीतिज्ञ छन् । एक से एक प्रहरी छन्, एक से एक अनुशन्धानकर्ताहरु छन् ।
एक से एक आधीकारकर्मी छन्, एक से एक न्यायाधीश छन् । एक से एक न्याया प्रेम जनता छन्, एक से एक संचारकर्मी छन् । गरिब परिवारकी एउटी छोरीले बलात्कृत भई ज्यान गुमाउन प¥यो, सरकार र सरकारको गृह प्रशासन एक से एक काविल कर्मचारी र प्रहरी अफिसरहरु आफ्नो संगठनमा भएको दाबी गर्छ ।
ठूला पदमा बसेकाहरु साना पदकालाई नालायक भन्छ र बर्खास्त गर्छन् तर आफ्नो एक से एक नालायकी उदाङ्गो भएको एक सय एक दिन सम्म पनि थाहा पाउँदैनन् । आदेशको पालना गर्ने बफादार प्रहरी अफिर्सको त जागिर गयो तर आदेश दिने मन्त्री र प्रहरी प्रमुखले चाँहि कुन मुख देखाउने ?
मेरो नेतृत्वको टोलीले एउटा बलात्कारीलाई पत्ता लगाएन, बरु प्रमाणहरु नष्ट ग¥यो तर आदेश दिने मन्त्री र प्रहरी प्रमुखले चाँहि कुन मुख देखाउने ? मेरो नेतृत्वको टोलीले एउटा बलात्कारीलाई पत्ता लगाएन, बरु प्रमाणहरु नष्ट ग¥यो तर मैले त के गरे त भन्दा जनतलाई झुठो आश्वशन दिए, मैले नै जिम्मेवारी दिएको पहिलो लायक अहिले नालायकलाई जागिरबाट हटाई दिए ।
न्याय यहि हो, अब धेरै नउफ्र । मैले राजीनामा दिने कुरा आएन । मेरो के दोष छ र । सायद कोहि कोहि यहि भन्दै होलान् । एउटा सञ्चारकर्मीका हैशियतले निर्मला पन्तको हत्या र बलात्कारको विषयमा सोँचे जति राम्रो काम गर्न नसकेको, तथ्य सत्य उजागर गरि दोषीलाई प्रमाणसहित टेलिभिजनमा देखाउन नसकेकोमा म सम्पुर्ण दर्शकहरुसँग क्षमा याचना गर्दछु । एउटा गरिब परिवारलाई न्याय दिलाउन मदत गर्न नसकेकोमा म लज्जीत छु र केहिबेर स्टुडियोको बत्ती निभाएर आफ्नो अनुहार नदेखाइ्र्र बाँकी कुरा भन्न चाहान्छु ।
नैतिकता नभएको मानिस नेतृत्व गर्न लायक हुँदैन । दुनियाँ निर्मला हुँदा पनि चलेको थियो र नुहँदा पनि चल्छ । एउटी निर्मलाले न्याय नपाएको विषय मात्र होइन यो । समाजमा बलात्कार र महिलाहिंसाको कहाली लाग्दो रुप यसकारण पनि हट्दैन कि यहाँ हर बलात्कारीलाई थाहा छ । यत्तिका आवाज उठेकी निर्मलाले त न्याय पाइनन् । अरुको के होला । स्टुडियो छिर्नु भन्दा अघि आज निर्मला हत्याको एक सय एक दिन पुग्दा ३ वटा न्युज हेडलाइन्स हेरेर आएको छु ।
१. राजधानीमै शिक्षकबाट यौन शोषणमा परेकी किशोरीको उजुरी लिन प्रहरी को आनाकानी । २. बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ । ३. शौच गर्न जाँदा १३ वर्षीया बालिका बलात्कृत ।
यो अँध्यारो एक छिन कायम नै रहोस् । देशको गृहमन्त्री तथा प्रहरी प्रमुखका तर्फबाट म केहिबेर अझै आफ्नो मुख लुकाउन चाहान्छु । त्यती मात्र होइन मलाई न्याय प्रेमीहरुदेखि पनि लाज लागेको छ ।
राजनीतिक नेताका कुरा नगराँै तर कार्यकर्ताहरुदेखि पनि लाज लागेको छ । यो १ सय १ दिनमा निर्मलाका लागि न्याय माग्दा शान्तीपुर्ण प्रर्दशन गर्न कति जना उपस्थित भए । अनि देशको सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापानमा कति भिड थियो ।
प्रतिपक्ष नेपाली कांग्रेसले आयोजना गरेको चिया पानमा कति भिड थियो । मेरो अनुरोध छ, बलात्कार, महिला हिंसा तथा न्यायका लागि आयोजना गरिने शान्तीपुर्ण भेलाका आयोजकहरुलाई ।
कृपया अब निर्मलाका लागि न्याय माग्न शान्तीपुर्ण भेला गर्दा जलपान पनि राखिदिनु होला । चिया, समोसा, जेरी, लड्डु ,केरा स्याउ, नराखेर पो मानिस नआएका रहेछन् । प्रिय बहिनी निर्मला, एक से एक बिषयमा वकालत गर्ने हामीले १ सय १ दिन पुग्दा पनि तिम्रा लागि यथेष्ठ आवाज उठाउन सकेनाँै ।
म यसमा लज्जीत छु र तिम्रा आत्माको चिर शान्तीको कामना गर्दै, अनुहार छोपेर, शिर निहु¥याएर बत्ती निभाएर तिमीप्रति भावपुर्ण श्रद्धाञ्जली अपर्ण गरेको छु ।
हिम्मत हारेका छैनौँ, हामी यहाँ तल बसेर तिमी जस्ता निर्दोष छोरी चेलीको दरिलो आवाज बन्ने इमान्दार कोशिस गरिरहने छौं । दिन रात अथक अनवरत, अविछिन्न । तिमी माथिबाट हेरिरहनु है ।
न्युजट्वान्टी फोरबाट

