तेल अभिभ – नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) राष्ट्रिय कमिटी, इजरायलको तेस्रो राष्ट्रिय अधिवेशनले रमेश जोशीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ।

इजरायलको तेल अभिभ स्थित इभ हलमा एक कार्यक्रमको आयोजना गरी प्रवासी नेपाली मंच इजरायलले आफ्नो अधिवेशन सम्पन्न गरेको हो ।
नेपाल सरकारका पूर्व परराष्ट्र मंत्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली दूतावास इजरायलका राजदूत प्राध्यापक डा. धनप्रसाद पण्डितका साथै प्रवासी नेपाली मंच अन्तर्राष्ट्रीय कमिटिका अध्यक्ष संजय थापा लगायत महानुभावहरुको अतिथ्यता रहेको सो अधिवेशनमा बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
अधिवेशनका प्रमुख अतिथि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली रहेका थिए।

तेल अविभमा आयोजित कार्यक्रमको संक्षिप्त सम्बोधनमा उपमहासचिव ज्ञवालीले विदेशमा रहेर पनि नेपालीले मातृभूमिसँगको सम्बन्ध नतोडी राष्ट्रको हितमा क्रियाशील भूमिका निर्वाह गरिरहेको तथ्यलाई प्रशंसा गर्दै भन्नुभयो, “अबको मार्गचित्र हो — सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली।”
कार्यक्रम आयोजक प्रवासी नेपाली मञ्चले ज्ञवालीको आगमनलाई संगठन सुदृढीकरण, वैचारिक संवाद र प्रवासी नेपालीको हकहित संरक्षणको दृष्टिकोणले ऐतिहासिक अवसरको रूपमा लिएको छ।
उहाँले नेपाल सधैं शान्ति र अहिंसाको पक्षधर राष्ट्र भएको उल्लेख गर्दै कुनै पनि प्रकारको हिंसा र आतंकवादप्रति नेपाल सरकारको स्पष्ट विरोध रहेको धारणा राख्नुभयो। हमासको आक्रमणमा इजरायलमा ज्यान गुमाएका नेपालीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै हालसम्म सम्पर्कविहीन रहेका विपिन जोशीको खोजीमा नेपाल सरकार र इजरायल सरकारबीच समन्वय जारी रहेको जानकारी दिनुभयो।
अधिवेशनले जोशीको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रश्मी राई, सचिवमा इन्दिरा कटवाल र उपसचिवमा सेविका आले चयन हुनुभएको छ। यसैगरी, कार्यसमितिका सदस्यहरूमा ईश्वर तिवारी, हेमराज विष्ट, रविन पौडेल, दिपेन्द्र केसी, प्रकाश आचार्य, सिता कोइराला, पवित्रा भण्डारी, पवी गौतम, कमला शिवाकोटी, सिता खडका, प्रज्वल प्रधान, प्रज्वल लामा, शान्ता गुरुङ, यभराज कार्की, धर्म वराल, ससिन कर्माचार्य, कन्चन क्षेत्री, लेखनाथ काकी, राजेश रिजा, शिव आले, गोमा उप्रेती, सुदिप अधिकारी, आशिष खतिवडा, गोकर्ण त्रिपाठी र प्रदिप पोखरेल रहेका छन् ।
इजरायलमा एउटै नाम भएका दुइ वटा प्रवासी नेपाली मञ्चहरुले कार्य सम्पादन गर्दै आइरहेका छन ।

