वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’लाई सुरभि साहित्य प्रतिष्ठानले आज सुलेख आख्यान प्रतिभा पुरस्कारद्वारा सम्मानित गरेको छ ।

सुरभि साहित्य प्रतिष्ठानले आफ्नो सोह्रौँ वार्षिकोत्सवको अवसरमा नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिने ७ जना साहित्यकारहरुलाई पुरस्कार तथा सम्मान गर्दै वरिष्ठ साहित्यकार प्रा.डा. ऋषिराम पोखरेललाई अभिनन्दन समेत गरेको छ ।

वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ले झन्डै ४० बर्षदेखि नेपाली साहित्यमा पुर्याएको योगदानलाई कदर गर्दै रु. १०००५ सहित उक्त सम्मान प्रदान गरिएको हो ।
को हुन् इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ ?
२०३५ सालमा सर्वप्रथम कविता प्रकाशनबाट आप्नो लेखनयात्रा प्रारम्भ गरेका ‘सरित्’चार दशकदेखि निरन्तर लेखनमा सक्रिय रही नेपाली साहित्यको क्षेत्रमा योगदान गर्ने व्यक्तित्व हुन् । वि.सं. २०१९ पुस १० गते राधापुर म्यान्मार (बर्मा) मा जन्मिएका सरित् हाल इटहरी नगर पालिका तरहरा, सुनसरी नेपालमा स्थायी बसोवास गर्ने गरेका छन् र उनको शिक्षामा स्नातकोत्तरसम्मको अध्ययन रहेको छ ।

‘सरित्’को पहिलो प्रकाशित रचना हो ः कविता (नयाँ सन्देश २०३५) आजसम्म प्रकाशित कृतिहरू हुन् : पूर्व क्ष्तििज (कवितासङ्ग्रह २०४६), दिदीको देवर (कथासङ्ग्रह २०५०), जस्केलोबाट चियाउने सूर्य (कथासङ्ग्रह २०५६), एकजोर पूलघोडा (कथासङ्ग्रह २०५६), अनुभूति र स्वीकारोक्तिमा (अन्तर्वार्ता २०५९), अर्धसत्य (उपन्यास २०६३), खरायोको खोरमा (बालकथासङ्ग्रह २०६५), सरितका प्रतिनिधि कथा (कथासङ्ग्रह २०७४) का साथै ऋतु फेरिँदै जान्छ (कथासङ्ग्रह २०७४) । उनले विभिन्न पुस्तकहरूको सम्पादन पनि गरेका छन् ।
नेपाली साहित्यको क्षेत्रमा योगदान गरे वापत विभिन्न संस्थाहरू सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । पुरस्कारमा स्वर समूह पुरस्कार (२०५५), काजी रोशन साहित्य पुरस्कार (२०५६), युवावर्ष मोती पुरस्कार (२०५८),शङ्कर कोइराला स्मृति पुरस्कार (२०६३),प्रमोदराज सावित्री पाण्डे पुरस्कार २०७४ आदि हुन् ।
‘सरित्’को पहिलो प्रकाशित रचना हो ः कविता (नयाँ सन्देश २०३५) आजसम्म प्रकाशित कृतिहरू हुन् ः पूर्व क्ष्तििज (कवितासङ्ग्रह २०४६), दिदीको देवर (कथासङ्ग्रह २०५०), जस्केलोबाट चियाउने सूर्य (कथासङ्ग्रह २०५६), एकजोर पूलघोडा (कथासङ्ग्रह २०५६), अनुभूति र स्वीकारोक्तिमा (अन्तर्वार्ता २०५९), अर्धसत्य (उपन्यास २०६३), खरायोको खोरमा (बालकथासङ्ग्रह २०६५), सरित्का प्रतिनिधि कथा (कथासङ्ग्रह २०७४) का साथै ऋतु फेरिँदै जान्छ (कथासङ्ग्रह २०७४) । उनले विभिन्न पुस्तकहरूको सम्पादन पनि गरेका छन् ।
२०३५ सालदेखि उनको साहित्यिक यात्रा निरन्तर रुपमा चलिरहेको छ । साहित्यको करीब करीब सबै विधामा कलम चलाए तापनि उनी मुलत: कथाकारको रुपमा परिचित, स्थापित र प्रतिष्ठित छन् ।
साहित्यकार सरित् स्वदेश नेपालका संस्थापक प्रधानसम्पादक समेत हुन् ।
प्रतिष्ठानले आज श्रेष्ठसहित गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार ध्रुव सापकोटालाई, सुरभि-बाजुराम आख्यान साधना पुरस्कार प्रा.डा. गोविन्दराज भट्टराईलाई, सुरभि-रमा-बद्री निबन्ध पुरस्कार प्रा.डा. माधवप्रसाद पोखरेललाई, सुरभि-अच्युतराम लघुकथा पुरस्कार महेश प्रसाईँलाई, सुरभि-प्रह्लाद नारी आख्यान पुरस्कार ललिता दोषीलाई र सुरभि-वेदमणि आख्यान प्रतिभा पुरस्कार लिलाराज दाहाललाई प्रदान गरेको छ।
पुरस्कारका राशिहरू निम्नअनुसार रहेका छन्ः
१. प्रा डा . ऋषिराम पोखरेल नगद रु. १५००५।– सहित अभिनन्दन।
२. ध्रुव सापकोटा, गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार रु. २५००५।–
३. प्राडा गोविन्दराज भटृराई, सुरभि–बाजुराम आख्यान साधना पुरस्कार रु. २५००५।–
४. प्राडा .माधवप्रसाद पोखरेल, सुरभि–रमा बद्री निबन्ध पुरस्कार रु. २५००५।–
५. महेश प्रसाईँ, सुरभि–अच्युतराम लघुकथा पुरस्कार रु. १०००५।–
६. इन्द्रकुमार श्रेष्ठ ‘सरित’, सुलेख आख्यान प्रतिभा पुरस्कार रु. १०००५।–
७. ललिता दोषी, सुरभि–प्रह्लाद नारी आख्यान पुरस्कार रु. १०००५।–
८. लीलाराज दाहाल, सुरभि–वेदमणि आख्यान प्रतिभा पुरस्कार रु. १०००५।–
सुरभि साहित्य प्रतिष्ठानले ढोल्खा धारो कुटीमा प्रत्येक महिनाको तेस्रो शनिबार मासिक आख्यान वाचन कार्यक्रम गर्दै आएको प्रतिष्ठानले सुलेख साहित्यिक मासिक पनि प्रकाशन गर्दै आएको छ।

