–खड्गप्रसाद दुलाल
जतिबेला अर्जुन बृहन्नला बनेर विराटनगरमा गुप्तबासमा बसेका थिए ,त्यही समयमा पूरा कौरव सेना सहायतामा रहेर राजा सुशर्माले विराट राजाका गाईहरु हरण गरे ।
भरखर जुँघारेखी बसेको बिराट राजाको छोरा उत्तरकुमारले दरबारका साथी सहेलीलाई खुब फुर्ती लगाउँदै बुबा अर्कै युध्दमा जानु भएकाले आफैंले राजा सुशर्मासँग युध्द गरी एकलाखभन्दा बढी गाईहरु फिर्ता ल्याउने भन्छ्न् ।तर सारथी राम्रो नभएकाले नपुंसक बृहन्नला जो खासमा उर्बशीको श्रापका कारण १ वर्षका लागि नपुंसक बनेका हुन्छ्न् तिनै बृहन्नला जो दरबारमा नृत्य सिकाउने प्रशिक्षक हुन्छ्न्, तिनलाई उत्तरकुमारले सारथीका लागि आग्रह गर्छ्न् ।
एक वास्तविक इतिहास जसमा ज्ञान विज्ञानको चरम उत्कर्षको आभास हरेक कथाहरुमा पाइन्छ ,१ लाख बढी श्लोक रहेको संसारकै सबैभन्दा ठूलो महाकाव्य जसलाई संसारकै महान साहित्यकारहरु बडो अध्भुत मान्छ्न् ,एकसेएक नायकहरु रहेको साहित्य मान्छ्न् त्यो महाभारतको कथामा पाण्डवहरुको गुप्तवासको निकै रोचक प्रसङ्गहरुमा यो अत्यधिक रोचक प्रतीत हुन्छ ।

मेरो बाल मस्तिष्कले पुरै फिल्मीकरण गरी अनुभुत गरेको उत्तरकुमार र बृहन्नला बनेका अर्जुनको यो प्रसङ्ग सर्बाधिक रोचक लाग्छ ।
कथामै फर्कौं बृहन्नला सारथीको रुपमा जान्छ्न् ,बडो जोडले रथ सुशर्माको फौजलाई देखिने स्थानमा पुर्याउँछ्न् ।जब उत्तरकुमारले पहाडजस्ता भीमकाय रथहरुमा आरुढ भिष्म ,द्रोण ,कर्ण ,अश्वस्थामा लगायतको विशाल कौरव सेनासहितको सुशर्माको फौजलाई देख्छ्न् उनको सातो जान्छ ।उनले बृहन्नलालाई तत्काल रथ फर्काउन भन्छ्न् ।कसरी अघि फुर्ती लगाएर आएको केटो अहिले त्यसै फिर्ने भनेर बृहन्नलाले रथ जोडले अझ अघि बढाउँछ्न् ।उत्तरकुमार रथ छोडेर रुँदै पछाडी फर्कन्छ्न् ।
बृहन्नलाले जुल्फिमा समातेर उत्तरकुमारलाई रथमा बसाउँछ्न् र उनलाई सम्झाउँदै रथ एक विशाल समीको रुख छेउ पुर्याउँछ्न् ।उनले आफू अर्जुन रहेको भन्दै दरबारमा रहेका युधिष्ठिर ,भीम ,नकुल , सहदेव र द्रौपदी को को हुन् भनी चिनाउँछ्न् ।तिनका सारा दिव्यास्त्र चिनाउँदै संसारका जस्तै महारथी आए पनि तिनलाई आफूले परास्त गर्नसक्ने क्षमता रहेको विश्वास दिलाउँछ्न् । आत्मविश्वासले भरिपूर्ण उत्तरकुमार अब सारथि बनेर बृहन्नलाको रथ हाँक्न शुरु गर्छ्न् ।
बृहन्नला बनेका अर्जुनले विपक्षबाट आफूसँग लड्न तयार आफ्ना गुरु द्रोणाचार्य ,भिष्मपितामह ,कृपाचार्यको चरणमा परैबाट बाणले ढोग गर्छ्न् ।यसबिच द्रोणले गुरुलाई चिनेर नमन गर्ने यो वीर अरु कोहि नभएर अर्जुन नै रहेको दावी गर्छ्न् ।अहंकारमा उन्मत्त दुर्योधनले यो अर्जुन हुनै नसक्ने र भएमा त झन् अब थप १२ वर्ष वनबास जानुपर्ने भनेर अट्टाहास गर्छ्न् ।
यही क्रम्मा गुरु कृपाचार्यले `टीकाका दिनमा अघि हुनगयो जुवा अगाडीमहाँ ´,,,भन्दै तिथीले कसरी १२ वर्ष वनवास र १ वर्ष गुप्तवास उनीहरुले कटाइसके भनेर प्रमाण दिन्छ्न् ।
कक्षा ६/७ मा मैले पढेको सुब्बा होमनाथ केदारनाथ अनुवादित महाभारत ग्रन्थलाई त्यसपछी मैले पढेको छैन र यस्ता एकाध श्लोक विभिन्न प्रसङ्गका केही केही आफसेआफ याद भने छ ।
विज्ञानका दृष्टिले महाभारत युध्द भएको कम्तिमा ५ हजार वर्ष बितिसकेको छ ।कौरव र पाण्डवले जुवा नारेको दिन दशैंको टीकाको दिन थियो ।
विराटपर्वमा रहेको यो प्रसङ्ग्जस्तै अत्यन्तै रोचक प्रसङ्गहरु महाभारतमा छ्न् ।कतिले महाभारत ,रामायण आदि मिथक ,सिर्फ कथामात्र हुन् भन्छ्न् ।हाम्रो नजरमा यी हाम्रा गौरवपूर्ण इतिहास समेत हुन् जसमा हजारौं वर्षमा केही थपघट भने भएका होलान् ।हामी यही नै हो भनेर जबर्जस्ति दावी गर्दैनौं तर बाइबल र कुरान कथालाई चाहिँ प्रमाण मानेर वा यसबारे चाहिँ मौन रहेर महाभारत र रामायण आदिलाई भने सिर्फ मिथकमात्र भन्ने र ठान्ने मान्छेहरुलाई चाहिँ ब्रेनवासले समस्या पारेका कथित विद्वान वा सुनियोजित रुपमा प्रयोग गरिएका मान्छेकै रुपमा बुझ्छौं ।
-लेखक कन्काई मा.वि.,माई न .पा.2 ,इलामका विज्ञान शिक्षक हुन् ।

