अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा इजरायलमा खेलकुद प्रतियोगिता हुने भएको छ । यही आउँदो मे १३ र १४ तारिखका दिन महिला फुटबल, भलिबल र मामानेट प्रतियोगिता आयोजना गरिएको खेलकुद युवा संघ इजरायलले जनाएको छ ।
प्रतियोगिता नेपालीराज दूतावास इजरायलको मुख्य आयोजना र खेलकुद युवा संघ इजरायलको संयोजनमा हुन लागेको हो ।
आयोजकले प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि इजरायलमा स्थापित राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक संघ संस्था, मिडियाकर्मी, बुद्धिजीवी, समाजसेवी तथा खेल प्रेमी जनसमुदायमा सहयोगको अपिल गरेको छ ।
यस्तो छ खेलको तालिका :

१. फुटबल (पुरुष) : 7side – wolfson hospital, holon grass ground, मे १३ तारिख, शुक्रबार
२.भलिबल (महिला/पुरुष) : तेल अविव पार्क, मे १४ तारिख, शनिवार
३. मामानेट (महिला) : तेल अविव पार्क, मे १४ तारिख, शनिवार
टिम दर्ताका लागि सम्पर्क व्यक्ति तथा अन्य जानकारी सहितको विस्तृत सूचना नेपाली दूतावास र आयोजक संस्थाबाट पुन: प्रकाशित गरिने छ ।
यस्तो छ खेलकुद युवा संघ इजरायलद्वारा जारी सूचना
इजरायलवासी सम्पुर्ण महानुभावहरुमा नमस्कार
अन्तर्राष्ट्रिय मजदुर दिवसको पावन अवसर पारेर यही सन २०२२ मे १३ र १४ तारिख खेलकुद युवा संघ, इजरायलले निम्नानुसारका खेलहरुको प्रतियोगिताको आयोजना गर्दैछ। १. फुटबल (पुरुष) २. भलिबल (पुरुष) ३. भलिबल (महिला) र ४. मामानेट (महिला) ।
उक्त प्रतियोगिताहरु आयोजनार्थ यस संघले इजरायलवासी नेपालीहरुका अभिभावक नेपाली राजदूतावास, तेल अविवलाई अभिभावकको भूमिका खेलिदिन गरेको अनुरोधलाई स्विकार्दै दूतावास मुख्य आयोजक बन्ने भएको छ। यसका लागि हामी कार्यवाहक राजदूत श्री अर्जुन घिमिरे तथा दूतावास परिवारलाई हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।
अत: तल उल्लिखित मितिहरुमा नेपाली राजदूतावास, तेल अविवको आयोजना तथा खेलकुद युवा संघ इजरायलको संयोजनमा उल्लेखित प्रतियोगिताहरु आयोजना हुने व्यहोरा इजरायलवासी सम्पुर्ण खेलप्रेमी महानुभावहरुलाई जानकारी गराउंदछौं ।
सो प्रतियोगितालाई सफल बनाउनको निमित्त इजरायलमा स्थापित राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक संघ संस्था, मिडियाकर्मी, बुद्धिजीवी, समाजसेवी तथा खेलकुदप्रेमी महानुभावज्युहरुबाट आर्थिक, भौतिक, नैतिक साथ सहयोगको आशा अपेक्षा गर्दछौं र यसमा यहाँहरुको साथ सहयोग रहन्छ भन्ने पूर्ण विश्वास समेत लिएका छौँ।
यसै सन्दर्भमा यहाँहरुलाई चाँडै नै आधिकारिकरुपमा पत्राचार गर्ने पनि जानकारी गराउँदछौं ।
खेलको विवरण: १. फुटबल (पुरुष) : 7side – wolfson hospital, holon grass ground, मे १३ तारिख, शुक्रबार । २.भलिबल (महिला/पुरुष) : तेल अविव पार्क, मे १४ तारिख, शनिवार । ३. मामानेट (महिला) : तेल अविव पार्क, मे १४ तारिख, शनिवार ।

