सामाजिक सञ्जालमा केही समय बिताउने हो भने निराश नै निराश पोखिएको देखिन्छ । दैनिक जीवन यापन गर्ने क्रममा मान्छेले पाइला पाइलामा भोगेको अनुभवनहरु नै सामाजिक सञ्जालमा पोखिने हुन् ।
विहान उठेर तरकारी किन्दाको निराशा, कार्यालय जाँदा सार्वजनिक यातायातले दिने सास्तीको निराशा, ५ मिनेटको दुरी पार गर्न २ घण्टा धुवा र धुलो खान बाध्य भएकोमा निराशा, लिष्ट लामो छ तर यी निराशाहरु सब आशामा परिर्वतन हुन सक्छन् ।
एकैछिन मात्र आशा नै आशा भरिएको कुरा गरौ । हामीसँग के छैन होइन के छ बाट सुरु गरौ । गान्धी बृृद्ध यो संसारमै छैनन् सो नकुरा गरौ । फोब्र्स म्यागजिनले २०१८ का १० पावरफुल मान्छेको डाटा निकालेको छ । १ सिजिनपिङ चाइन, २ रुसी राष्ट्रपति भ्लादमीर पुटिन, ३ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ४ जर्मन चान्सलर एन्जेल मार्केल, ५ एमेजोनका सिइओ जेफ वेजोस, ६ भ्याटिकन सिटिका पोप फ्रान्सिस, ७ माइक्रोसप्टका विल गेट्स, ८ साउदी राजकुमार मोहम्मद विन सलमान अल साउद, ९ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र १० अल्फावेटका सिइओ लेरी पेज ।
यति हुन र यी कुनै पनि मानिस नेपाली होइनन् । यो टप टेन लिष्टमा केपी ओली छैनन, प्रचण्ड छैनन, शेरबहादुर देउवा छैनन, महन्त ठाकुर छैनन् र कोही हुने छाँटकाट पनि छैन । तर हाम्रा त यिनै हुन् । नभएका र अर्काको देशमा भएकाहरुलाई हेरेर जति थुक निले पनि हाम्र्रा भन्नु यी र यस्तै हुन् । हामीले यिनै बाट नै आफ्नो प्राण भन्दा प्यारा सपनाहरु साकार पार्नु छ, सन्ततीको भविष्य कोर्नु छ ।
त्यसैले आज उहाँ हाम्राहरुमा भरपुर उत्साह भरिदिनु जरुरी छ । हाम्र्रो नाम कुनै विदेशी पत्रिकामा चाहिएन बस दिन दिने हाम्र्र्रै पत्रिकामा बलात्कारका नन स्टप समाचार नआओस, हत्याको, अपहरणको न्युज माथि न्युज नआओस । हामीसँग प्रहरी प्रमुखका रुपमा सर्वेन्द्र खनाल जस्ता व्यक्ति छन् । हिजो हर मिडियाको हिरो त्यसै भएका होइनन् ।
सडकको विचबाट गुण्डालाई घिसारेर ल्याएकाले हिरो भएका हुन, ज्यानमारा, चोर, डाका, अपहरणकारी देखि गुण्डा, ट्यापे जुवाडे सम्मलाई आफै मैदाननमका उत्रेर एक एक गर्दै ठिक पारेकाले वाहवाही पाएका हुन र त्यस्तो सक्षम व्यक्तिलाई सरकारले देशको प्रहरी प्रमुख बनाएको हो ।
हिजो सुप्रिम पावार नहुँदा त त्यति विधी गर्न सक्नेले प्रमुख नै भैसकेपछि देशमा भएका यत्रो बलत्कार, अपहरण, तस्करी रोक्न नसक्ने कुरै आउँदैन नी । बस सर्वेन्द्र सर अलिकति, थोरै, हिजो डिएसपी, एसपी, हँदाको जाँगर देखाइदिए पुग्छ । नत्र फेरी, त्यो सब आइजी बन्न पो गरेको त, भन्ने गलत म्यासेज जान नपाउँदै केही एक्शन चाहिएको छ ।
अरुले पछाडि भन्छन, हामी अगाडि नै भन्छौ सिधाकुरा भन्छौ । उहाँ जस्तै एक सा एक शिक्षित, अनुभवी, सचिवहरु छन्, मुख्य सविच उत्तिकै क्षमतावान । आर्मी चिफ त्यस्तै, एक सा एक प्रदेश सरकारका मुख्य मन्त्रीहरु छन् । राष्ट्रपति महिला हुनुहुन्छ ।
खाली उहाँले, महिलाहरु अझ विशेष गरेर बालिकाहरु बलात्कृत हुँदा कही कतै केही पनि नबोलेर मन दुखेको छ प्लस उहाँको सवारी चल्दा बाटो ज्यादै जाम हुने भएर कहिले काही अति नै दिक्क लाग्ने मात्रै हो ।
अरु पछाडि कुरा काट्छन् हामी सिधा कुरा अगाडि नै गर्छौ, । अब कुन चाहिले राष्ट्रपतिलाई उडायो भनेर कुरा लगाइदिने बेर छैन । खैर, यी सब एक सा एक व्यतिmत्वहरु र नेतृत्वहरुका साथ यो देशले ५ वर्षका लागि केपी शर्मा ओलीलाइ्र्र प्रधानमन्त्रीका रुपमा पाएको छ ।
जसको कुनै व्यक्तिगत स्वार्थ छैन होला जस्तो लाग्छ । रोगलाई जितेर बोनसमा पाएको जीन्दगीमा के स्वार्थ पाल्न सक्ला र मान्छेले । फेरी टन्न कमाइदिउं भन्नका लागि आफ्ना सन्तान नभएको मान्छेको व्यक्तिगत स्वार्थ हु्न गाह्रै छ । अनि टाउकाको मुल्य तोक्दा पनि देशमा परिर्वतन ल्याएरै छोड्छ भनेर पाइलै पिच्छे मुत्युलाई नजिकैबाट देख्दै हुर्किएका पुष्पकमल दाहाल प्रचण्ड जस्ता नेता सहयात्री भएपछि यो देशमा समृद्धि कसले रोक्ने ?
अनि त्यो भन्दा ठुलो कुरा नेपाली कांग्रेस जस्तो गौरवशाली इतिहास बोकेको पार्टी प्रतिपक्षमा लोकतन्त्रको पहरेदार भएर उभिएको छ । शेरबहादुर देउवा जस्ता नेता छन् जसको बोली बुझिएन भनेर खिसी गरिएपनि तपाई हाम्रो बोल्ने अधिकारका लागि लड्दा जिब्रो मै करेन्ट लगाइदिएका थिए तानाशाहीहरुले ।
यस्ता यस्ता त्यागी, अनुभवी, क्षमतावान, टप १० होइन टप थाउजेण्ड मानिसहरुले भरिएको छ यो देश । साँच्चै पोजेटिभ सोचिहेरौ त यो युग यो ऐरा गोल्डेन ऐरा हो । यस्ता मान्छे, यस्तो समय, यस्तो अवसर, यो मुलुकका लागि कहिले पनि आउँदैन । आ आफ्ना नेताहरुलाई, प्रमुखहरुलाई र सम्बन्धित सबैलाई सबैले यो म्यासेज सुनाइदिनुहोला ।

