काठमाडौं। । युवकहरुलाई पहिले आफैंले प्रेम सम्बन्धमा फसाएर सहमतिमै शा,री,रिक स,म्बन्धपछि ब,ला,त्कारको केस हालेर पैसा असुल्ने एक युवती पक्राउ परेकी छिन् ।
यी ‘असुली गर्ल’ युवतीले पहिले डेटिङ एपको माध्यमबाट नौजवान युवकहरुलाई प्रेमजालमा फसाउँथिन् । त्यसपछि उनीहरुसँग शा,री,रिक सम्बन्ध राख्थिन् । सम्बन्धपछि ती युवकलाई ब्ल्याकमेल गरेर पैसा असुल्ने खेल सुरु हुन्थ्यो । उनले यी युवकहरुविरुद्ध पुलिसमा ब,ला,त्कारको केस हालिदिने धम्की दिएर लाखौं असुल्थिन् ।
यी युवती दिल्लीसँग जोडिएको गुरुग्रामबाट पक्राउ परेकी हुन् । एसीपी क्रा,इमका अनुसार न्यू कोलोनी पुलिसले यी २० वर्षकी युवतीलाई पक्राउ गरेर ब्ल्याकमेलिङ गरेर असुलीको नेक्सेसको भण्डाफोर गरेको हो ।
यो पूरै खेलमा पक्राउ परेकी युवतीकी आमा र उनका एक साथी पनि संलग्न थिए । पुलिसले यो विषयमा थप अनुसन्धान गरिरहेको छ । गुरुग्रामका एसीपी क्राइम प्रितपाल सिंहले यो जानकारी दिएको भारतीय मिडियाले जनाएका छन् ।
युवतीले फसाएका एक पीडितका अनुसार गएको २० अगष्टमा उनले डेटिङ एपमार्फत युवतीलाई भेटेका थिए । युवतीले पहिले त उनीसँग शारीरिक सम्बन्ध राखिन् त्यसपछि २३ अगष्टसम्म बाध्यतावश ती युवतीसँग बिहे पनि गर्नुपर्यो ।
पुलिसका अनुसार कहानी यहीँ रोकिएन । युवतीले केही अरु युवकलाई पनि यसैगरी फसाएर उनीहरुसँग पनि शा,री,रिक स,म्बन्ध बनाइन् । त्यसपछि उनीहरुलाई ब्ल्याकमेल गरेर पैसा असुलिन् । यसरी युवतीले लाखौं रुपैयाँ असुलिसकेकी थिइन् ।
पुलिस रेकर्डअनुसार आरोपी युवतीले १ वर्षमा कूल ७ युवक विरुद्ध राजेन्द्रा पार्क, न्यू कोलोनी, थाना सहर, थाना सदर, सेक्टर १०, सिभिल लाइन्स, डिएलएफ फेज १ र साइबर क्राइम गरी ७ फरक फरक पुलिस स्टेशनमा ब,ला,त्कारको केस समेत दर्ता गराइसकेकी थिइन् । यीमध्ये २ केस पुलिस जाँचमा झुटा पाइएका छन् ।
उनले १५ महिनामा ८ जनाविरुद्ध ब,ला,त्का,रको केस दर्ता गराएकी छिन् । केस नै दर्ता नगरी युवतीले अन्य थुप्रै युवकलाई लुटेको हुन सक्ने आशंकामा अनुसन्धान जारी छ । पुलिसका अनुसार केस नै दर्ता नगरिएका पी,डि,तहरु समेत खोज्दा युवतीले लुटेका युवकको संख्या दर्जनौं हुन सक्छ ।

