आज श्री शाके १९४० बि.स. २०७५ साल भाद्र ४ गते सोमबार इश्वी सन् २०१८ अगस्त २० तारीख श्रावण शुक्ल पक्ष नवमी तिथी प्रातः५ः५३ बजे सम्म पश्चात दशमी तिथी ज्येठा नक्षत्रं वैधृती योग कौलव करण चन्द्रमा वृश्चिक राशिमा सुर्य दक्षिणायन वर्षा ऋतु – ज्यो.प. सरोज घिमिरे
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरुको कुरामा बिशेष ध्यान नदिनु होला । खानपानमा बिशेष ध्यान दिनुहोला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । स्वास्थ सम्बन्धि समस्या ले सताउला तथा सामान्य चोट पटकको योग रहेको छ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेम सम्बन्धमा केहि सुधार आउने छ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । सामान्य खर्च हुने योग रहेको छ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जन को साथ सहयोग प्राप्त हुनेछ । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
धार्मिक क्षेत्रको सामान्य यात्रा रहनाले मनमा हर्ष हुने योग रहेको छ । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आजको तपाई लगानि भोलि लाई बिशेष फाइदा जनक रहनेछ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष रुचि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पराक्रममा बृद्यि हुनेछ । मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च बढ्ने योग रहेकोले सामान्य आर्थिक अभाब झेल्नु पर्ला । बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आय आम्दानि क्षेत्रमा बिशेष राम्रो समय रहेको छ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
काम काज क्षेत्रमा बिशेष रुचि जाग्नेछ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा मिल्ने छ । मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ ।

