राम निरौला, झापा –
झापाको कनकाईमा विभन्न पार्टी परित्याग गरी १ सय ८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा समिति कनकाई ५ ले आयोजना गरेको बृहत जेष्ठ नागरिक सम्मान साथै शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा विभिन्न पार्टीका नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका जिल्ला सभापति उद्धव थापा, आसन्न महाधिवेशनमा जिल्ला सभापतिका दावेदार देउमान थेवे, जिल्ला सदस्य शेरबहादुर थापा, कनकाई नगर सभापति दुर्गा प्रसाई, महिला नेतृ कविता बस्नेत, धनमाया चिमरिया लगायतले खादा ओढाएर स्वागत सम्मान गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति उद्धव थापाले अबको नेपाली कांग्रेस झापाको नेतृत्वमा नेता थेबेको विकल्प नरहेको प्रष्ट पारेका छन् । जिल्ला सभापतिका लागि थेबेको उम्मेदवारी नेपाली कांग्रेसको सहमतिअनुसार नै तय भएको बताउँदै सभापति थापाले १३ औं महाधिवेशनमा भएको सहमति कार्यान्वयनका लागि सक्रिय रहन कार्यकर्ताहरुलाई समेत अनुरोध गरे ।
जिल्ला सभापतिका दावेदार थेबेले नेपाली कांग्रेसमा बिना सर्त प्रवेश गर्ने नवप्रवेशी सबैलाई स्वागत गर्दै नेपाली कांग्रेसमा नयाँ र पुरानो भन्ने विषयमा कुनै भेदभाव नहुने प्रष्ट पारेका छन् ।
विचारको राजनीति गर्दै अघि बढेको नेपाली कांग्रेसले कार्यकर्ताको भावनालाई सधैं सम्मान गर्ने बताएका छन् । पार्टीमा प्रवेश गर्ने नवप्रवेशी सदस्यहरुलाई कहिल्यै पछुतो नहुने भन्दै कनकाई नगर सभापति दुर्गा प्रसाईले पार्टीलाई नयाँ उचाईमा पुर्याउने नगरको योजनामा एकजुट हुनका लागि नगरबासी कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।
कार्यक्रममा लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भई पार्टीलाई अभिभावकत्व प्रदान गर्दै आएका जेष्ठ सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ विशेष सम्मान गरिएको नेपाली कांग्रेस कनकाई ५ का पूर्व सभापति रमेशचन्द्र दाहालले जानकारी दिएका छन् ।
यसरी सम्मानित हुनेहरूमा यामनाथ बिमली, झम्पलाल आचार्य, मेघनाथ उपाध्याय नेपाल, शंकर प्रसाई र डिल्लीराम सेलवाल रहेको नेपाली कांग्रेसका स्थानीय अगुवा नेता समेत रहेका दाहालले बताएका छन् ।
नेपाली कांग्रेस कनकाई ५ का वडासभापति यामनाथ फुयालको सभापतित्व एवम् जिल्ला सभापति थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेता देउमान थेबे, जिल्ला सदस्य गोपाल उप्रेती, शेरबहादुर थापा, पूर्व जिल्ला सदस्य खगेश्वर उप्रेती, नेपाली कांग्रेस झापा क्षेत्र नं.४ का सभापति एवम् झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, क्षेत्रीय सचिवद्वय शिव कँडेल र सूर्य गुरुङ, क्षेत्र नं.४ (ख) का सभापति भीम राजवंशी, कनकाई वडा नम्बर–३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई नगर नेपाली कांग्रेसका निवर्तनमा सभापति नेत्र चिमरिया, लिलाबहादुर कटुवाल, नेता एकराज उप्रेती, प्रकाश चुडाल, कुमारमणि पोखरेल, महिला नेतृ कविता बस्नेत, धनमाया चिमरिया लगायत नेपाली कांग्रेस कनकाई नगर समिति साथै नौ वटै वडाका सभापतिसहित पार्टीको विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपाली कांग्रेस कनकाई ५ का उपसभापति मुक्ति अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडाका सहसचिव लक्ष्मी ढुङ्गानाले गरेका थिए । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो ।

