रुपन्देही –
रुपन्देही तिलोत्तमा नगरपालिका-५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आफै देहत्याग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनको मृत्यु प्रकरणमा हालसम्म भएका अनुसन्धानबारे जानकारी दिएको हो।
पौडेल भदौ २० गते बिहान साढे ४ बजे आफ्नै कोठामा झु’ण्डिएको अवस्थामा मृ’त फेला परेकी थिइन्। उनको ह’त्या भएको भन्दै माइती पक्ष, आफन्त तथा स्थानीयले रुपन्देहीमा आन्दोलन गर्दै आएका थिए।
सीताको मृ’त्यु प्रकरणलाई लिएर आन्दोलन शुरु भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे संयुक्त रुपमा अनुसन्धान थालेका थिए।
अनुसन्धान अनुसार पौडेलको मृ’त्यु कर्तव्यबाट नभई झु’ण्डिएर मृ’त्यु भएको देखिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए। ‘श’व परीक्षण प्रतिवेदनमा उहाँको मृत्युको कारण आत्मह’त्या देखिएको छ,’ थापाले भने।
अनुसन्धानका क्रममा मृतक सीता र उनका श्रीमान् टिका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको थियो। डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमानको नाममा आइफोनको नोट एप्लिकेसनमा सुसाइ’ड नोट लेखेको भेटिएको थापाले बताए।
अनुसन्धान अनुसार आत्मह’त्या गर्नुअघि २० गते नै बिहान राति पौडेलले श्रीमान्लाई करिब साढे १२ बजे सुसा’इड नोट लेखेको पाइएको छ। फरेन्सिक रिपोर्टमा सीताले नेपालीमा लेखेको सुसा’इड नोट प्राप्त भएको थापाले बताए।
‘सुसा’इड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो, म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँच्न सकिनँ भनी लेखिएको छ,’ थापाले भने, ‘मेरो सबै गरगहना मेरी आमालाई दिनु भनिएको छ।’
मोबाइलको फरेन्सिक परीक्षण हुँदा सुसा’इड नोट र त्यसअघि पौडेलले श्रीमानलाई लेखेको एसएमएसहरूको परीक्षण गरिएको थापाले बताए।
‘यसरी परीक्षण गर्दा उहाँले आत्मह’त्याअघि लेखेको सुसाइड नोट र त्यसअघि श्रीमान्लाई लेखेको एसएमएसको प्यार्टनसमेत मिलेको देखिन्छ,’ उनले भने।
भदौ २२ गते सीताका बुवा हरिप्रसाद भण्डारीले श्रीमान् टिका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र उनकी आमाजु विष्णु पौडेलविरूद्ध आत्मह’त्या दुरु’त्साहन मु’द्दामा जाहेरी दिएका थिए।
जाहेरी आएपछि प्रहरीले श्रीमान् टिका, जेठाजु हरिप्रसाद र आमाजु विष्णुलाई पक्राउ गरिसकेको छ। उनीहरूविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको थापाले बताए।
के थियो विवाद?
मृतक सीता र श्रीमान् टिका पौडेलबीच २०७६ असोज १८ गते विवाह भएको थियो। उनीहरूका सन्तान छैनन्। विवाह भएपछि उनीहरू दुबै पाल्पा जिल्ला धरमपानीस्थित द दरबार रिसोर्ट सञ्चालन गरी बस्दै आएका थिए।
प्रहरी उपरीक्षक मनोज केसीका अनुसार पौडेल परिवारमा सम्पत्ति बाँडफाँटबारे ६-७ महिनायता विवाद जारी थियो। रिसोर्टलाई बेच्ने मामलामा परिवारमा खटपट भइरहेको थियो।
‘श्रीमान्-श्रीमती बिक्री गर्नुपर्ने पक्षमा थिए, तर त्यस कुरालाई परिवारले इन्कार गरेको हाम्रो अनुसन्धानले देखाएको छ,’ केसीले भने, ‘सासु-ससुरा र आमाजु बिक्री गर्न नहुने अडानमा थिए। आमाजुले त्यो मामलामा श्रीमान्-श्रीमतीबीचमा फाटो ल्याउन भूमिका खेलेको देखियो।’
पटक-पटक श्रीमतीसँग यही विषयमा विवाद भइरहेकै क्रममा १९ गते पाल्पाबाट टिका बुटवल आएका थिए। त्यसदिन जेठाजु हरिप्रसादकी छोरीको जन्मदिन थियो। जन्मदिन मनाउने क्रममा टिकाले मदिरा सेवन गरेका थिए।
सीता गत भदौ ५ गते नै आफ्नो जन्मदिन मनाउन माइत आएकी थिइन्। भदौ १९ गते सीता आफ्नो माइती घर तिलोत्तमा नगरपालिका वडा नं. ८ बाट घर फर्किएकी थिइन्।
‘जेठाजूको छोरीको आज जन्म दिन हो भनेर श्रीमान टिका पौडेलले बोलाएकोले दिउँसो २ बजे उहाँ तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्रामस्थित घरमा फर्किएको देखिन्छ,’ केसीले भने।
जन्मदिन मनाएपछि श्रीमान्-श्रीमतीबीच रिसोर्टको बिक्रीबारे पुन: विवाद भएको थियो। विवादपछि श्रीमान्लाई सीताले नै सम्झाएर कोठामा लगेकी थिइन्। अबेरसम्म मदि’रा सेवन गरेपछि टिका श्रीमतीसाथ सुतेका थिए। उनी ब्युँझिँदा सीता झु’ण्डिएको अवस्थामा फे’ला परेकी थिइन्।
‘मदि’रा सेवन गरी श्रीमतीलाई गाली गर्ने, उनको कुरा नसुन्ने जस्ता जिकिरबाट सीता दिक्क भएर आत्महत्याको बाटो रोजेको देखिएको छ,’ केसीले भने।
सीतालाई झु’न्डिएको अवस्थामा देखेपछि टिकाले भान्सा कोठाबाट चक्कु ल्याएर सलको पासो काटेर शव भुइँमा झारेका थिए। त्यसपछि उनले आफन्तलाई खबर गरेका थिए।
आफन्तमार्फत प्रहरीमा खबर पुगेपछि प्रहरीले सीताको शवको मुचुल्का उठाई लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पठाएको समाचार खिलानाथ ढकाल र भगवती पाण्डेले सेटोपाटीमा लेखेका छन्।
पोष्टमार्टम रिपोर्ट नआउँदै पीडित परिवार, आफन्त र स्थानीयले प्रहरीले अनुसन्धानमा बेवास्ता गरेको भन्दै आन्दोलन गरेका थिए। ‘आत्मह’त्या गर्नुको पछाडि रिसोर्टको वि’वाद प्रमुख कारण छ,’ केसीले भने, ‘यो विवाद उत्कर्षमा पुगेपछि सीताले आत्महत्याको बाटो रोजेको देखिन्छ।’

