आज श्री शाके १९४० बि.स. २०७५ साल श्रावण २५ गते शुक्रबार इश्वी सन् २०१८ अगस्त १० तारीख श्रावण कृष्ण पक्ष चतुर्दशी तिथी तिष्य नक्षत्र सिद्धि योग शकुनि करण चन्द्रमा कर्कट राशिमा सुर्य दक्षिणायन वर्षा ऋतु – ज्यो.पं. सरोज घिमिरे
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भुमि एवं वाहन सुख मिल्नेछ । शत्रुहरु परास्त हुनेछन् । पारिवारिक स्वास्थमा समस्या उत्पन्न हुनसक्नेछ । नोकरीमा उन्नति मिल्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । ब्यापार ब्यवसाय मध्यम रहला ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेकोछ । बलतथा पराक्रममा बृद्धिहुनेछ । प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला सन्तान सम्बन्धि समस्याले सताउला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बिशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ । ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । समय त्यति राम्रो छैन् ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ ।

