लण्डन – गैरआवासीय नेपाली संघ एनआरएनए सामाजिक संस्था हो। तर, एनआरएनएको एउटा समूहले संस्थालाई आफ्नो ‘स्वार्थ’ पूरा गर्ने माध्यम बनाउन खोजेको छ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष बद्री केसी र महासचिव हेमराज शर्माले एनआरएनएजस्तो सामाजिक संस्थालाई स्वार्थ पूरा गर्ने माध्यमकै रुपमा प्रयोग गरेको एनआरएनए अभियन्ताहरूले बताएका छन्।
विशेषगरी, अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले एनआरएनएलाई दिएको सहयोग रकम ‘कुम्ल्याएका’ उपाध्यक्ष केसी र त्यसका साझेदार महासचिव शर्माले संस्था कब्जाको प्रयोग गरेको एनआरएनए अभियन्ताहरू बताउँछन्।
‘एनआरएनए एनसीसी अमेरिकाको चुनावमा बुद्धिसागर सुवेदी निर्वाचित भएपछि शपथग्रहण कार्यक्रम नै रोक्न खोज्ने केसी र शर्मा समूहले फेरि यूकेमा आफ्नो लीला देखाउन लाग्नु भएको छ, यो कामको जति नि’न्दा गरे पनि पुग्दैन,’ एनआरएनएका एक पदाधिकारीले भने।
अमेरिकामा निर्वाचित कार्यसमितिलाई शपथग्रहण गर्नबाट रोक्न खोज्ने उक्त समूहले एनआरएनए जापान, बेल्जियम र चिलीको चुनावमा योजना’बद्ध रुपमा धाँधली गरेको अभियन्ताहरू बताउँछन्। उक्त समूह नै एनआरएनए बेलायतको चुनावको नतिजा प्रकाशित गर्न नदिने ष’ड्य’न्त्रमा लागेको छ।
एनआरएनए यूकेको अध्यक्षमा पूर्व गोर्खा सैनिक एवं सामाजिक अभियन्ता प्रेम गाहा मगर, दीपक श्रेष्ठ र रोजिना प्रधान राईबीच प्रतिस्पर्धा भएको छ। तर, राईले बुधबार राति पत्रकार सम्मेलन गरेर चुनावमा धाँधली भएको दावी गरेकी छिन्।
महासचिव शर्माले अघि सारेकी उम्मेदवार राईले धाँधलीको दावी गर्नुले पनि एनआरएनए यूकेको निर्वाचनबारे केही प्रश्न उठेका छन्। ‘एनआरएनए महासचिव शर्माले नै भोटिङको व्यवस्था गर्नुभएको हो, अनि कति प्रतिशत मतदान भयो भन्ने पनि अहिलेसम्म खुलाइएको छैन, एकाएक राईले पत्रकार सम्मेलन गरेर एक हजार फ’र्जी मत आयो भन्नुको पछाडिको कारण के हो,’ ती पदाधिकारीले भने।
महासचिव शर्माले आफूले तय गरेका उम्मेदवारले पराजित हुने भएपछि अर्को फ’ण्डा थालेको ती पदाधिकारीले बताए। ‘बेलायतमा प्रेम गाहा मगरको जीत निश्चित छ, जति पटक मतगणना गर्दा पनि प्रेम गाहा मगरले जित्नुहुन्छ, राेजिना प्रधान राई एक हजार मतले पछि परेपछि हेमराज शर्माले फ’र्जी मतको कथा रच्नु भएको हो,’ उनले भने।
चुनावताका कुनै पत्रकार सम्मेलनमा चासो नदिएकी राईलाई चुनाव बिथोल्न ति’कड’म गरिरहेको समूहले पत्रकार सम्मेलन गर्न निर्देशन दिएको थियो।
निर्वाचन कार्यतालिकाअनुसार बुधबार साँझ ५ बजे निर्वाचनको ड्राफ्ट रिजल्ट प्रदान गर्ने भनिए पनि समिति संयोजकको अन्तिम घडीको निर्णयले ड्राफ्ट रिजल्ट प्रकाशन नगर्ने भनियो।
तर, भित्रि रुपमा रिजल्ट लिएर निर्वाचनको परिणामसँग खेल्ने काम भएको निर्वाचनका उम्मेदवारहरूको भनाइ छ। विशेषगरी, एनआरएनए महासचिव हेमराज शर्माले अनावश्यक विवा’द निकालेर ड्राफ्ट रिजल्ट नै लिक गराई रोजिना प्रधान राईलाई पत्रकार सम्मेलन गर्न उक्साएको एनआरएनए यूकेका एक पूर्व पदाधिकारीले बताए।
मतदान दुई दिन पर सार्दा पनि हा’र्ने निश्चित देखिएपछि राई पक्षले निर्वाचनको नतिजा नै सार्वजनिक गर्न नदिने रण’नीति अख्तियार गरेको ती पूर्व पदाधिकारीले बताए।
भूपू गोर्खा परिवार र तमुधिका आमाबुवा लगायत पासापुचका पदाधिकारीहरूलाई पैसा तिरिदिएर सदस्य बनाउँदै हिँड्नेमा राई अग्रपंक्तिमा थिइन्।
निर्वाचन प्रणालीमा सुधार गर्नेका अनलाइन भोटिङ सिस्टममा लग्ने बताए पनि २ दिनसम्म चुनावको रिजल्ट प्रकाशित नगर्दा ठूलै ष’ड्य’न्त्र भइरहेको संकेत देखिएको छ।
निर्वाचनको नतिजा रोक्न खोजिए संस्था दुई टु’क्रा हुने र त्यसको दो’ष अहिलेको कार्य समिति र निर्वाचन समितिमाथि जाने देखिएको छ।
यसैबीच, बेलायतस्थित सामाजिक संस्था तथा अगुवाहरूले निर्वाचन समितिसँग अब थप ढिला नगरी चुनाव परिणाम सार्वजनिक गर्न माग गरेका छन्।
उनीहरूले कसैको दबाब र प्रभावमा नपरी ब्रिटिश कम्पनीले उपलब्ध गराएको रिजल्ट घोषणा गर्न पनि निर्वाचन समितिलाई सुझाव दिएका छन्।

