तेल अविब, इजरायल ।
नेपाली कांग्रेसको प्रवासी भात्रृसंगठन नेपाली जनसम्पर्क समिति इजरायलको तेश्रो अधिबेशनले देवी (दिपिका) भुषालको नेतृत्वमा एक नयाँ कार्यसमिति चयन गरेको छ ।
हिजो जुन १६ तारिखका दिन तेल अविवमा सम्पन्न अधिबेशनले निवर्तमान समितिकी उपसभापति भुषाललाई सभापतिमा चयन गरेको हो ।
जुम भर्चुअलको माध्यमबाट सम्पन्न नेपाली जनसम्पर्क समिति इजरायलको अधिबेशनमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री डा. प्रकाशशरण महत, माननीय सांसद डा. डिला संग्रौला, इजरायलका लागि नेपाली महामहिम राजदुत डा. अन्जना शाक्य र केन्द्रिय प्रतिनिधि नरेन्द्र भाटको उपस्थिति थियो।
समितिका निबर्तमान सभापति खगेश्वर अधिकारीको सभापतित्वमा उक्त बैठक सम्पन्न भएको थियो ।
यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष – देबी (दिपीका) भुसाल
उपाध्यक्ष – अनु थापा, नितु कार्की, र कटक श्रेष्ठ ।
महामन्त्री – मात्रिका तिमिल्सिना र मायॉं खनाल ।
सह-महामन्त्री – लाल दुरा, सुमित्रा दवाडी, सबिषा सिल्वाल र राजकुमारी श्रेष्ठ ।
कोषाध्यक्ष – बिनिता बराम
प्रदेश प्रमुखहरु:- प्रभा घिमिरे – बागमती प्रदेश, चन्द्र कला कुमाल – गण्डकी प्रदेश, र भक्ति सापकोटा – लुम्बिनी प्रदेश ।
सदस्यहरु:- राधिका कँडेल, सोनाम हेलम्बु, बुद्धिमायॉं तामाङ्ग, ललिता बिष्ट, निर्मला राय, नारद बोगटी, पुजन प्रकाश उपाध्याय, दिपक भुसाल, किसन कुमार थारु, र अरुणा खड्का ।
नवनिर्वाचित महासमिति सदस्यहरु- देबी (दीपीका) भुसाल, खगेश्वर अधिकारी र सुबास खरेल ।
त्यसैगरी नेपाली कॉंग्रेसको १४ औं महाधिवेशनमा भागलिने महाधिवेशन प्रतिनिधीहरु:- देबी (दीपीका) भुसाल, खगेश्वर अधिकारी, सुबास खरेल, अनु थापा राजेन्द्र खनाल, शुभराज छत्कुलीर र सुर्यबहादुर राना रहेका छन ।

