अमेरिकामा नेपालीले स्थापना गरेको सोसियल इकमर्स साइट सगुनले ग्लोबल मार्केटमा मिनी आइपिओ जारी गरेपछि विश्वको ध्यान त्यसले तानेको छ। नेपालमा आइपिओ, एफपिओ मात्र सुनेका लगानीकर्तालाई मिनी आइपिओ भन्ने शब्दाबलीले जिज्ञासा पैदा गरिदिएको छ।

अमेरिकाको नयाँ धितोपत्र कानुनको प्रावधान अनुसार आम नागरिकले अमेरिकी सरकारमा दर्ता भएका निजी कम्पनीहरुमा साना लगानीकर्ताले समेत शेयर सार्वजनिक रुपमा कारोबार हुनु अगाडि लगानी गर्न पाउने प्राबधान बनेकाे हाे।
अमेरिकाले नयाँ कानुन ल्याउनुअघि स्टार्ट अप कम्पनीले यसरी लगानी जुटाउन पाउँदैनथे। त्यस्ता कम्पनीहरुमा कम्तीमा दश लाख अमेरिकी डलर बराबरको खूद सम्पत्ति वा दुई लाख पचास हजार डलर वार्षिक आम्दानी भएका व्यक्तिहरुले मात्रै लगानी गर्न पाउँथे। त्यसैले फेसबुक, ट्वीटर, गुगलजस्ता कम्पनीमा सुरुवाती चरणमा सर्बसाधारणले लगानी गर्न पाएनन्। यस कानुन बनेपछि सबैले लगानीगर्न बाटो खुलेको हो।

कम्पनीले साधारण शेयर निष्कासन नगरुञ्जेल ठूलो लगानीकर्ताबाट रकम जुटाउनु पथ्र्यो। त्यसपछि कम्पनीले मुनाफा गर्न थालेपछि मात्र सेयर निस्कासन गर्न पाउछ। साधारण शेयर निष्कासनअघिको अवस्थामा वृद्धिदर धेरै हुन्छ। त्यसपछिको अवस्थामा वृद्धिदरमा कमी आउने भएकोले जति अगाडि लगानी गर्नेहरु नै कम्पनी सफल हुर्दा झन धनी बन्ने अवस्था सृजना हुन्थ्यो।
अझ भन्नुपर्दा रुपमा लगानीगर्ने धनीहरु नै अझ धनी भन्ने भए। त्यसैले रिक्स लिन सक्ने साना लगानी कर्ताहरुले पनि लगानी गर्न सकुन भनेर अमेरिकाले रेगुलेशन ए प्लस अन्तर्गत २०१५ बाट नयाँ कानुन ल्याएर भबिश्यमा संभावना बोकेका स्टार्ट अप कम्पनीमा साना लगानीकर्तालाई लगानीको अवसर दियो वास्तवमा त्यही नै हो मिनी आइपिओ। अमेरिकन सेक्युरिटी एक्सचेन्ज कमिशन अन्तर्गत रहेको रेगुलेशन ए प्लस (मिनी आईपीओ) को नियमानुसार लगानी गर्नको लागि धनी हुनैपर्छ भन्ने प्रावधान हटेको छ। आफ्नो कमाइको थोरै रकम बचत गर्नेहरुले समेत लगानी गर्न पाउने भएकाले कम्पनीले प्रगति गरेअनुसारको प्रतिफलको हिस्सा उनीहरुले पनि पाउँछन्।
फेसुबक, ट्वीटर, स्न्यापच्याटलगायतका विशेषता एकै ठाउँ भएको फरक खालको सामाजिक संजाल सगुनले पहिलो पटक सर्वसाधारणले लगानी गर्न पाउने गरी सेयर जारी गरेर अन्तराष्ट्रिय जगतमा चर्चा बटुलिरहेको छ । सगुनको सेयरमा यही जुलाई २६ सम्म संसारको जुनसुकै कुनाबाट पनि लगानी गर्न सकिन्छ। अमेरिकी सेक्युरिटीको लामो कानुनी प्रकृया पुर्याएर स्वीकृति पाएको सगुनको यो मिनी आइपिओ यसरी पुन पब्लिकमा यसरी अव नआउने समेत बताएको छ। आफ्नो क्षमता हेरेर लगानी गर्न समेत एनआरएनका संस्थापक अध्यक्ष तथा बिलिनियर उपेन्द्र महत्तोले भिडियो मार्फत यस अघि नै बताइसकेका छन्।
सगुनका संस्थापक गोविन्द गिरी आफ्ना अनुभव सेयर गर्न र हाम्रा गतिविधिलाई व्यवस्थित गर्न एउटै छानामुनी सबै खालका सुविधा सगुनमा उपलब्ध हुने बताउँछन्। सगुनको एपमा माइ डे, सेक्रेट, मुड टक जस्ता फरक खालका फिचरहरु निक्कै रोचक र नयाँ छन्। तिनले प्रयोगकर्तालाई फरक प्रकारको अनुभूति दिन्छन्। सगुनले युजरलाई स्मार्ट कार्ड दिने नयाँ योजना ल्याएको छ। प्रयोगकर्तालाई सगुन चलाउँदा भएको कमाइको हिस्सा बाँड्ने योजना पनि सगुनको छ। सगुनका संस्थापक गोबिन्द गिरीले पनि अमेरिकी कानुनको लामो प्रकृया पुर्याएर ल्याइएको मिनीआइपिओमा कम्पनीबारेमा बुझेर क्षमता अनुसार लगानी गर्न सुझाव दिएका छन्।
लाख डलर बारबरको सेयर नेपाल हाउस प्रोजेक्टलाई
यसैबीच सगुनले आफ्नो एक लाख डलर मुल्य बराबारको शेयर एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्रदान गर्ने घोषणा गरेको छ।
सो सम्बन्धि सम्झौतापत्र (एमओयू) केहिदिन अघि लण्डनको अल्डरसटमा आयोजित एक कार्यक्रमबीच आदानप्रदान भएको हो। सम्झौतामा वर्तमान शेयर भ्यालु अनुसार सगुनले ४ हजार ३४७ कित्ता शेयर एनआरएनए यूकेलाई दिनेछ।
सम्झौतापत्रमा सगुनका तर्फबाट संस्थापक एवं सिइओ गोविन्द गिरी र सहसंस्थापक कविन्द्र सिटौला तथा एनआरएनए यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामी र संरक्षक सूर्यबहादुर गुरुङको हस्ताक्षर गरेका छन्।
गत सातामात्र दश लाख डलर शेयरको सगुन फाउण्डेशन स्थापना गरेको उक्त स्टार्ट अप कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत एनआरएनए यूकेले अघि सारेको नेपाल हाउस प्रोजेक्टलाई दिने सम्झौता गरेको हो। सगुनको यस्तो घोषणापछि एनआरएनए यूकेको महत्वाकांक्षी योजनाले मुर्तरुप लिने अपेक्षा गरिएको छ।
लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणलाई साक्षी राखेर सगुनका तर्फबाट एनआरएनए यूकेका पूर्व अध्यक्ष एवं सगुन यूके सल्लाहकार सूर्य गुरुङ र एनआरएन यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामीले समक्षदारीपत्र आदानप्रदान गरेका थिए।
सगुनको लक्ष्यअनुसार सन् २०२२ सम्ममा कम्पनीको भ्यालु ५ बिलियन पुगेको अवस्थामा नेपाल हाउसलाई दिइएको कुल शेयरको भ्यालु ५ मिलियन डलर पुग्ने संस्थाको विश्वास छ।
लगानीको समयसीमा थोरै बाँकी रहँदा सगुनलेअहिले अन्तिम पटक लगानीको आव्हान गरिरहेको छ। सगुनमा लगानीको अन्तिम समयसीमा २६ जुलाई २०१८ सम्ममात्र छ।
सगुनमा हालसम्म ३ हजार ५ सय भन्दा बढि लगानीकर्ताले ५ मिलियन डलर लगानी गरिसकेको र भारतीय मिडिया हाउस हिन्दूस्तान टाइम्सले पाँच मिलियन डलर लगानी गर्ने घोषणा गरिसकेको कम्पनीले जनाएको छ। लगानीकर्ता संख्या ८ हजार पुगे सगुन संसारकै सबैभन्दा ठूलो स्टार्ट अप कम्पनी बन्ने विश्वास सगुनको छ।
विनिमयदर
नेपाल राष्ट्र बैंकले बैंदेशिक विनिमयदर आज सोमबार यसप्रकार तोकेको छ। साताको दोस्रो दिन सोमबार अमेरिका, कतार, मलेसिया, साउदी अरब इमिरेट्स र साउदी अरबियाको विनिमयदर हिजोको समान छ । अमेरिकी १ डलर खरिददर १ सय ९ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर १ सय १० रुपैयाँ ४५ पैसा कामय भएको छ। साउदी अरबियन रियाल १ को खरिददर २९ रुपैयाँ २९ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ ४५ पैसा कायम भएको छ। कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १७ पैसा छ भने बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। संयुक्त अरब इमिरेट्स (युएई दिह्राम) १ को खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७ पैसा कायम भएको छ। मलेसियन रिङ्गेट १ को खरिददर २७ रुपैयाँ ५ पैसा छ भने बिक्रीदर २७ रुपैयाँ १९ पैसा कायम भएको छ। युरोपियन युरो, पाउण्ड स्ट्रलिङ, अष्ट्रेलियन, दक्षिण कोरिया र जापानको विनिमयदर हिजोभन्दा महंगो भएको छ। युरोपियन युरो १ को खरिददर १ सय २८ रुपैयाँ ७५ पैसा छ भने बिक्रीदर १ सय २९ रुपैयाँ ४६ पैसा छ। यस्तै पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ४४ रुपैयाँ ३५ पैसा छ भने बिक्रीदर १ सय ४५ रुपैयाँ १४ पैसा कायम छ। अष्ट्रेलियन डलरको खरिददर ८१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८२ रुपैयाँ १ पैसा कायम भएको छ। साउथ कोरियन वान १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ७९ पैसा छ।
यसैगरी जापानीज यन १० को खरिददर ९ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ९१ पैसा कायम भएको छ। छिमेकी भारतसँग छिमेकी राष्ट्र भारतसँग भने स्थिर विनिमयदर रहेको छ। राष्ट्र बैंकले विनिमयदर तोकेपनि निजी बैंकले भने केहि रकम महंगोमा बिक्रि गर्ने छन्। (नेपाल खबर बाट)

