काठमाडौं : नेपाल बैंक लिमिटेडले करिब २०० जनाका लागि जागिर खुलाएको छ। बैंकले शुक्रबार अनलाइन दरखास्त फारम भर्नेसम्बन्धी सूचना प्रकाशन गरेको छ।
लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।
दरखास्त आजदेसि चैत १२ गतेसम्म अनलाइन माध्यमबाट भर्न सकिने छ। बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकका लागि दरखास्त मागेको हो।
फारम नेपाल बैंक लिमिटेडको वेबसाइट www.nepalbank.com.np बाट भर्न सकिने छ।

यो पनि हेर्नुस्
खुल्यो ज्योति लाइफको आइपिओ, यसरी दिनुहोस् आवेदन
आजदेखि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) खुलेको छ। कम्पनीले आइतबारदेखि आइपिओमा आवेदन खोल्ने भने पनि सिडिएस एण्ड क्लियरिङको आग्रहपछि आजदेखि नै बिक्री खुल्ला गरिएको छ।
कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो। अंकित मूल्य १ सयका दरले ६६ लाख कित्ता सेयर जारी हुनेछ। जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ।
आइपिओ भर्नेमध्ये ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले पाउने छन्। पछिल्लो समय आइपिओ भर्नेको संख्या १५ लाख नाघ्ने गरेको छ, यस हिसावमा यो कम्पनीमा आवेदन दिनेमध्ये ९ लाख भन्दा धेरैको हात रित्तो हुनेछ।
आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ।फागुन २६ गतेसम्म यसमा आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर र आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ।
नयाँ कम्पनीमध्ये प्रभु र रिलायन्स लाइफले यसअघि नै आइपिओ जारी गरेका छन्। ज्योतिसहित पछिबाट खुलेका कम्पनीहरु आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ।
कस्तो छ कम्पनी?
कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ।
प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९ रुपैयाँ छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ। जवकि गत वर्षको यसै अवधिमा ६ करोड ८९ लाख कमाएको थियो।
कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय स्थिति औसतभन्दा राम्रो रहेको जनाउँछ। पछिबाट खुलेको जीवन बीमा कम्पनीमध्ये यो कम्पनीको बिजनेस वृद्धिदर राम्रो देखिन्छ।
मेरो सेयरबाट कसरी दिने आवेदन?
मेरोसेयर डट् सिडिएससी डट् एनपी खुलिसकेपछि डिपोजिटरी पार्टिसिपेन्टमा आफ्नो डिम्याट खाता भएको संस्था छनौट गर्नुस्।
युजरनेम र पासवर्ड राखेर लगइन गर्नुस्। त्यसपछि बायाँतर्फ रहेको ‘माइ आस्बा’मा क्लिक गर्नुस्। ‘अप्लाई फर इस्यु’मा जानुस् र ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ छनौट गर्नुस्।
ज्योति लाइफ इन्स्योरेन्स आइपिओ अप्लाईमा क्लिक गरी त्यहाँ दिएको फारम भर्नुस्। बिओआइडी नम्वर, खाता भएको आफ्नो बैंकको नाम, शाखा, खाता नम्वर, आवेदन दिने कित्ता, आवेदन दिने रकम, सिआरएन नम्वर राखेपछि ‘प्रोसिड’मा गई अगाडि बढ्नुस्।
त्यसपछि चार वटा नम्बरको पिन नम्वर राखेर ‘सबमिट’ गर्नुस्। यदि तपाई नयाँ हुनुहुन्छ भने नयाँ पिन नम्वर बनाएर ‘सबमिट’ गर्नुस्।

