आज श्री शाके १९४० बि.स. २०७५ साल श्रावण १ गते मंगलबार इश्वी सन् २०१८ जुलाई १७ तारीख आषाढ शुक्ल पक्ष पञ्चमी तिथी पुर्वफाल्गुनी नक्षत्र वरीयान योग बव करण चन्द्रमा सिंह राशिमा सुर्य दक्षिणायन वर्षा ऋतु साउने संक्रान्ति दक्षिणायन प्रारम्भ कण्डारकपूजा लूतो फाल्ने दिवस थारुहरुको गुरिया पर्व बैतडी गुजरमा बनारसी साउने मेला सुरु – ज्यो.पं. सरोज घिमिरे ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्यन अध्यापनमा रुचि बढ्नेछ । नयाँकार्यको थालनिले आम्दानिको दीर्धकालिन श्रोत तयार पार्नेछ । स्वास्थमा भने सामान्य तनाब उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट सामान्य धोका हुन सक्नेछ । आर्थिक श्रोत्र सबल रहनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त रहनेछ । मान्यजनहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । ब्यापार ब्यवसायका श्रेत्रमा समय त्यति उत्तम रहेकोछैन ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
यात्राकारक दिन रहनेछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको योग रहेकोछ । प्रतिश्पर्दा जन्य कार्यमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ । बलतथा पराक्रममा बृद्धि हुनाले शत्रु कमजोर रहलान ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । सामान्य यात्रा हुन सक्ला । प्रियमित्रहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । तपाईको कार्यको चर्चा छाउन सक्ने सम्भाबना रहेको छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चिसोको कारण स्बास्थ सम्बन्धिसमस्याले सताउन सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । भौतिक शुःख साधनको प्रयोमामन प्रशन्न रहनेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नजिकका मित्र बाट धोका हुन सक्छ । एकान्त प्रिय हुने योग रहेको छ । ब्यापार ब्यवसायमा राम्रो समय रहेको छ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्नेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त हुने समय रहेको छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कार्य क्षेत्रको सामान्य झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । मान्य जनहरुको साथ सहयोग प्रशस्त प्राप्त हुनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सब्छ । दाजु भाई बिच सामान्य मनमुटाब रहन सक्नेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रेम सम्बन्धमा सुधार आउनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । आटँ शाहसमा कमि आउनाले कार्य सम्पादनमा झन्झट आउन सक्नेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य खर्च हुने योग रहेको छ । कुल कुटुम्बहरुको साथ सहयोग प्राप्त रहला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । बोल्दा होश पुर्याउनु होला ।

