आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ ३२ गते सोमबार इश्वी सन् २०१८ जुलाई १६ तारीख आषाढ शुक्ल पक्ष चतुर्थी तिथी मघा नक्षत्र व्यतीपात योग बणिज करण चन्द्रमा सिंह राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु – ज्यो.पं. सरोज घिमिरे
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारीवारका सदस्यमा सामान्य स्वास्थ सम्वन्धि समस्या आईपर्नेछ । गरीरहेका कार्यको परीर्वतन गर्नु पर्न सक्ला । आम्दानि भने मध्यम रहन सक्नेछ । सामान्य कार्य त्रुटिका कारण मानसिक समस्या उत्पन्न रहनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पारीवारीक झोरझमेला ले सताउनेछ । सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मनोरञ्जन का क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेकोछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिपक्क्षीहरु कमजोर रहनेछन । कार्यक्षेत्र सबल रहला । मित्र तथा दाजु भाई हरुको साथ सहयोग ले भाग्योदयको योग रहेकोछ । परीश्रमको राम्रो फल प्राप्त होला । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । खानपानको गडबढिले स्वास्थमा सामान्य असर रहला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । अनावश्क यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । मित्र वा दाजुभाई बिच मनमुटाब हुन सक्छ । नेत्र सम्बन्धि समस्याले सताउन सक्छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आक्समिक धनलाभ हुने योग रहेको छ । कुलकुटुम्बको साथ सहयोग ले नयाँ कार्यको थालनि हुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य कार्यका निम्ति धेरै समय र परिश्रम खर्चिनु पर्ने छ । तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन् । पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निँित सामान्य खर्च हुने योग रहेको छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्छन ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन् । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ ।

