नेपाल र इजरायलबीच गत असोजमा भएको रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ। जसअनुसार ५०० नेपाली युवा रोजगारीका लागि इजरायल जानेछन्।
गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो। सम्झौतामा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरालयका तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गावी अस्खेनाजीले हस्ताक्षर गरेका थिए।
लामोसमयदेखि बन्द रहेको इजरायल खुलाउन बिशेष पहल गर्दै आएकी इजरायलको लागि नेपाली राजदुत डाक्टर अन्जान शाक्यले एक भिडियो मार्फत दलाल एजेन्टहरुबाट सावधान रहन सल्लाह दिदै आफ्नो धारण राखेकी छिन्।
राजदुत डा.शाक्यले राखेकी धारणा यस्तो छ
सम्पुर्णमा नमस्कार!

यहाँहरुलाई थाहै छ केहि समय अघि नेपाल र इजरायलबिच सरकारी स्तरमा श्रस सम्झौता भएको छ । गत ३० सेप्टेम्बर २०२० का दिन नेपालको तर्फबाट मैले (अन्जान शाक्य) र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी आस्किनाले स्व सम्झौतामा हस्ताक्षर गरेका हौ । इजरायलमा हालसम्म नेपालीहरुका लागि केयरगिभरको मात्रै रोजगारको अवसर रहेको भएपनि यो छाता सम्झौतासंगै तत्कालका लागि नर्सिङ क्षेत्रमा केयरगिभर सहयोगी श्रमिक ल्याउने र आगामी दिनमा कृषि निर्माण, होटेल, रेष्टुरेन्ट लगायतका क्षेत्रहरुमा समेत क्रमशः नेपालीहरु ल्याउने गरी हामीले काम गरिरहेका छौ । यि विभिन्न क्षेत्रहरुमा नेपालबाट श्रमिक ल्याउनका लागि सेक्टर वाइज प्रोटोकलमा हस्ताक्षर गनुेपर्ने हुन्छ ।
पहिलोचरणमा इजरायलको नर्सिङ क्षेत्र हस्पीटल्स नर्सिङहोम डे केयर सेन्टर इत्यादिमा नेपालबाट एक्जिलेरी वर्कस ल्याउन सम्बन्धि इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर सम्पन्न भएको छ । नेपालको तफबाट वैदेशिक रोजगार विभागका महानिर्देशक श्रीकुमारप्रसाद दाहाल र इजरायलको तर्फबाट नेपालका लागि इजरायली राजदुत हनान गोदरले नेपालको श्रम मनलयमा आयोजित एक कार्यक्रमका बिच गत हप्ता हस्ताक्षर गर्नुभएको छ । प्रोटोकलमा हस्ताक्षर भएसंगै विगत एक दशक अघिदेखि रोकिएको इजरायलको श्रम बजार नेपालीहरुका लागि फुलफ्लेजमा खुल्ला भएको छ । सम्झौता अनुसार तत्काल ५ सय नेपालीहरु इजरायलको नर्सिङ क्षेत्रमा ल्याउन लागिएको छ । तथापी यो सुरुवात मात्रै हो । मलाइ विश्वास छ इजरायलको श्रम बजारका अन्य क्षेत्रहरु समेत नेपालीहरुका लागि क्रमशः खुल्ला हुँदै जानेछन् ।
इजरायल आएदेखिको आफ्नो निरन्तरको प्रयासले निस्कर्ष प्राप्त गरेकोमा म धेरै खुशी छु । इजरायलीहरुले नेपाल तथा नेपालीहरुलाई निकै मन पराउछन् नेपालीहरुको इमान्दारिता अनि कामप्रतिको लगनशीलताबाट इजरायलीहरु प्रभावित छन् । इजरायल पठाइदिने नाममा विगतमा विभिन्न व्यक्ति तथा मेनपावर कम्पनिहरुले मनोमानी ढंगबाट रकम असुलेको उजुरी परेपछि इजरायलले नेपालबाट केयरगिभर ल्याउने क्रम बन्द गरेको थियो ।
हाम्रो निरन्तर प्रयासको बाबजुत इजरायली पक्षलाई सकारात्मक बनाउँदै नेपालबाट इजरायलमा श्रमीक ल्याउने प्रक्रियालाई पुनः सुचारु गर्न धेरै गाह्रो भयो ।
अहिले सरकारी स्तरमा सम्झौता गरि नेपालीहरुलाई इजरायल आउने बाटो खुलेको सन्दर्भमा हामीले निम्न विषयहरुलाई गम्भिर मनन् गर्नुपर्ने आवश्यकता मैले देखे । पारदर्शी प्रक्रिया अपनाइ उपयुक्त उम्मेदवार छनौट गर्ने जिम्मेवारी नेपाली पक्षको काँधमा छ ।
इजरायलले विगतमा नेपाली श्रमिक भित्र्याउने क्रम बन्द गर्नुको कारण आर्थिक चलखेलनै भएकोले हामी सामु हाम्रो गुमेको साथलाई पुनः स्थापित गर्ने चुनौती छ । साथै यो क्षेत्र नयाँ रहेकोले राम्रो सुरुवात गरि जग बसाल्ने अवसरपनि छ ।
यदि यसमा हामी सफल हुन सक्यौ भने अन्य क्षेत्रमापनि सम्झौता गर्न मद्दत मिल्ने छ भने यसको असफलताले यस सम्बन्धमा भएको हालसम्मको प्रगतीलाई अवरुद्ध गर्ने छ ।
इजरायलमा राम्रो आम्दानी हुने भएकोले यो नेपाली श्रमिकको रोजाई एवम् आकर्षक श्रम गन्तव्य मुलुकका रुपमा रहेको छ । यहाँको श्रम कानुन अत्यन्तै श्रमिकमैत्री रहेकोले हुनुपर्छ अन्य मुलुकहरुमा जस्तै समस्याहरु दुतावासमा खासै आउने गरेका छैनन् ।
वैदेशिक रोजगार विभागले निश्चित योग्यता पुगेकाहरु मध्येबाट स्वच्छ प्रतिष्पर्धाबाट योग्य उम्मेदवारहरु छनौट गर्ने छ यस क्रममा कुनैपनि नेपाली तथा इजरायली म्यानपावर संस्था वा एजेन्टको भुमिका नरहने कुरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहान्छु ।
इजरायल आउने शिलशिलामा नेपालको श्रम मन्त्रालय अन्तर्गत बुझाउनुपर्ने बिमाको शुल्क बाहेक उल्लेख्य अन्य कुनैपनि सरकारी शुल्क लाग्दैन । तर आउने जाने खर्च र स्वास्थ्य जाँच खर्च भने उम्मेदवार स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ । स्मरणीय रहोस हालसम्म इजरायलका लागि आउने जाने खर्च श्रमिक स्वयंले व्यहोर्नुपर्ने व्यवस्था छ ।
सम्पर्क स्थान, आवश्यक कागजात, न्युनतम योग्यता सबै प्रष्ट हुनेगरी वैदेशिक रोजगार विभागले छिट्टै दर्खास्त आह्वान गर्ने छ । त्यसलाई दुतावासले पनि आफ्नो वेवसाइट तथा फेसबुक पेजमा शेयर गर्ने छ ।
हामीलाई फलो गदैरहन सबैमा हार्दिक आग्रह गर्न चाहन्छु । यो भर्ना प्रक्रिया ‘जिटुजी’ हुने भएकाले यसमा नेपालको वैदेशिक रोजगार विभाग र त्यसको इजरायली समकक्षी संस्था बाहेक अन्य कुनैपनि व्यक्ति, म्यानपावर कम्पनि वा एजेन्टहरुको संलग्नता रहने छैन ।
दुतावासले आफ्नो वेवसाइट तथा फेसबुक पेजमार्फत पटकपटक सुचना जारी गरि कोहि कसैलाइपनि प्रलोभनमा नपर्न, नपार्न सुचित गर्दै आएको छ । तथापी अझैंपनि केहि व्यक्ति तथा संस्थाहरुले प्रलोभनमा पारी अनाधिकृतरुपमा रकम अशुल्ने गरेको सुन्नमा आइरहेकोले यसप्रति सचेत रहन र यस सम्बन्धमा केहि जिज्ञासा भएमा वैदेशिक रोजगार विभाग काठमाडौंमा सम्पर्क गर्न हुन म सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्न चाहन्छु धन्यवाद ।
भिडियो

