आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ २९ गते शुक्रबार इश्वी सन् २०१८ जुलाई १३ तारीख आषाढ कृष्ण पक्ष औसि तिथी ०८ः५६ बजे सम्म पश्चात प्रतिपदा तिथी पुर्नवशु नक्षत्र ब्याघात योग नाग करण चन्द्रमा मिथुन राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु भानुजयन्ती स्नान दान गर्ने औंसी हलोवार्ने – ज्यो.पं. सरोज घिमिरे
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । व्यक्तीत्वको प्रशंसा बढ्नाले मनमा प्रफुल्लता छाउने हुदा गुह्य कुरा प्रष्फुटित हुनेहुदा समष्याको सामना गर्नुपर्नेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । समुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु हाेला ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । चातुर्यता धुर्ततामा परिणत हुनाले अपजसको सामना गर्नुपर्नेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
धार्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । मित्रजन तथा बिश्वासिलो व्यक्तीद्वारा धोका हुनसक्छ सचेत रहनुहोला ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिश्पर्दि हरु कमजोर रहनेछन् । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

