काठमाडौ । प्रहरी अधिकारीको काम अन्यायमा परेकाहरुलाई न्याय दिलाउने काममा सहयोग गर्नु हो । सर्वसाधारणको सुरक्षा गर्नुपर्ने प्रहरी अधिकारी नै घृ णी त काममा लाग्छन् भने उनीहरु पनि कारवाहीको भागीदार हुनुपर्छ । एक प्रहरी अधिकारीलाई उनको श्रीमतीले अर्की महिलासंग रंगेहात फेला पारिन् ।
त्यसको भिडियो पनि बनाइन् । त्यो भिडियो उनको छोरीले प्रहरीकै उच्च अधिकृतलाई पठाइदिइन् । यो घटना भारतको हो । भारतको मध्य प्रदेशका वरिष्ठ प्रहरी अधिकारी पुरुषोत्तम शर्माको भिडियो भाइरल भएको छ। उनले एक महिलालाई उनकै घरमा भेटेको भिडियो श्रीमतीले खिचेकी थिइन् ।
बीबीसीले यो भिडियो प्रमाणित गर्न नसक्ने बताएको भएपनि अहिले सामाजिक सञ्जालमा भने भाइरल भइरहेको छ । प्रहरीले त्यसको अनुसन्धान भइरहेको जनाएको छ । भिडियो सार्वजनिक भएपछि मध्य प्रदेश महिला आयोगले स्वतः सज्ञान लिँदै यसका लागि अधिकारीलाई नोटिस दिने निर्णय गरेको छ । भिडियो खिचेको र आफ्ना हाकिमलाई दिएको भन्दै घरमा आएर उनले श्रीमतीलाई या त ना दिएको अर्को भिडियो पनि सार्वजनिक भएको छ ।
यो भिडियो उनको सीसीटीभी क्यामेराको हो । पुरुषोत्तम शर्माले मिडियामा यसलाई आफ्नो नीजि पारिवारिक मामिला प्रतिकृया दिएका छन् । भाइरल भएको भिडियो डायरेक्टर जनरल पुलिस (अभियोजन) पुरुषोत्तम शर्माको बताइएको छ । खबरका अनुसार यो भिडियो उनका छोराले नै गृहमन्त्री, पुलिस महानिर्देशक र मुख्य सचिवलाई कारवाहीका लागि पठाए पछि सार्वजनिक भएको हो ।
भाइरल भिडियोः
भाइरल भएको भिडियो डायरेक्टर जनरल पुलिस (अभियोजन) पुरुषोत्तम शर्माको बताइएको छ । खबरका अनुसार यो भिडियो उनका छोराले नै गृहमन्त्री, पुलिस महानिर्देशक र मुख्य सचिवलाई कारवाहीका लागि पठाएका हुन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मिडियासँगको कुराकानीमा पुरुषोत्तम शर्मालाई कर्मयुक्त गरिदिएको जानकारी दिए ।शिवराज सिंह चौहानले भने, ‘जिम्मेवार पदमा बसेका कुनै पनि व्यक्ति यदि गैर–कानूनी गतिविधि गर्छन्, कानून आफ्नो हातमा लिन्छन् भने जो सुकैलाई पनि कारवाही गरिनेछ ।’
घटनाको जुन भिडियो भाइरल भएको छ, त्यो आइतबारको बताइएको छ ।एक भिडियोमा पुरुषोत्तम शर्मा आफ्नी महिला मित्रको घरमा गएका थिए । अचानक उनकी श्रीमती त्यो घरमा पुग्छिन् । त्यसपछि पुरुषोत्तम शर्मा रिसाउँदै त्यहाँबाट जान्छन् ।भिडियोमा उनले भनेको सुन्न सकिन्छ, ‘कसैलाई भेट्नु अपराध हो र ?’ पुरुषोत्तम शर्माकी श्रीमती जब घर आउँछिन् तब उनीसँग क,थित कु,ट,पिट हुन्छ ।
अर्को भिडियोमा देख्न सकिन्छ कि उनले आफ्नी श्रीमतीलाई लडाइदिएका छन् र उनलाई कु,टि,पि,ट गरिरहेका छन् ।उनको घरमा काम गर्ने दुई कर्मचारीलाई पनि यो भिडियोमा देख्न सकिन्छ । सिसिटिभी क्यामराबाट लिइएको यो भिडियो उनको घरको बताइएको छ ।
नीजि मामिलाः
भिडियोमा पुरुषोत्तम शर्माले भनेको सुन्न सकिन्छ कि, ‘यो मेरो नीजि मामिला हो, बीचमा नआउनुहोस् ।’यस्तै पुरुषोत्तम शर्माले मिडियासँगको कुराकानीमा यसलाई आफ्नो नीजि मामिला बताएका छन् ।
उनले एक बयान जारी गर्दै भने, ‘यो मेरो र मेरी श्रीमतीबीचको पारिवारिक मामिला हो । उनी मसँग रिसाएकी छिन् भने मसँग किन बसिरहेकी छिन् । मेरो पैसा किन प्रयोग गरिरहेकी छिन्, मेरो पैसामा विदेश यात्रा किन गर्छिन् ? ’
उनले थपे, ‘१२ वर्षदेखि ममाथि शं,का गरिरहेकी छिन् । सन् २००८ मा पनि मुद्दा दर्ता गरेकी थिइन् । मैले कु,ट,पि,ट गरेको होइन । मैले आफ्नो बचाउ मात्र गरेको हो । उनले मलाई कोठामा आएर ह,म,ला गरेकी थिइन् । त्यसैले मैले आफ्नो बचाउ गरेको हुँ । बस ध,क्का–मु,क्का मात्र भएको हो ।’

