–मीनबहादुर पण्डित
देशमा गरिबी छ, सरकारको अन्य धेरै दायित्वहरू छन भन्दैमा रेल नबनाउनु ठूलो मूर्खता हुनेछ, कीनकी गरिबी र सरकारको अन्य दायित्व पुरा गर्ने माध्यम भोली यही रेल नै हुनेछ, अर्थात नेपाललाई रेलले नै धनी बनाउने छ, कीनकी दुःख झेले मात्र सुखका दिन आउछ । त्यसैले चाहे जती सुकै महँगो परोस, ‘नेपाल चीन रेल लिंक’ लुम्बिनी सम्म जसरी भए पनि बनाउनु पर्छ । रेलले नेपाललाई चीनको ऋणमा डुबाऊँछ भनेर सोच्नु हुदैन, बरु रेल बने पछि देशलाई थप ऋण लाग्नबाट जोगाऊनेछ । कीनकि सधै बिदेशि सहयोग, ऋण र अनुदानमा भर परेर देश बन्दैन, त्यसैले अब हामीले आत्म निर्भर हुने दिशामा अगाडी बढ्नु पर्दछ । अर्को कुरा सधै बिदेशि सहयोगको आशा गरेर राष्टिय स्वाभिमान कहिले माथि उठ्दैन । यदि मान्छेले आकासमा उड्ने सपना नदेखेको भए सायद आज हामीले प्लेन चढ्न पाहुने थिएनौ, आज हवाई जहाँज बिनाको संसार कल्पना गर्न समेत सकिदैन, रेल पनि हवाई जहाँज जस्तै महत्वपूर्ण भइ सकेको छ । त्यसैले रेलको सपना देख्नु अनावश्यक होइन । रेल त् आधुनिक नेपालका लागि लंगट्रम भिजन बन्नु पर्दछ ।
यदि राम्रो बाल आऊने ठाऊमा जग्गा छ भने ऋण वा लोन नै लिएर भए पनि घर बनाउनु पर्छ, कीनकी पछि घर बनाऊन डबल महँगो पर्छ, बरु घरको बालले लोन तिर्दै खान त पुग्छ । अनि लोन सकिए पछि घर पनि आफनै हुन्छ तर ऋण लाग्छ भनेर डरायो भने घर कहिले पनि बन्दैन । र एक दिन त्यहि जग्गा बेचेर खानु पर्ने स्थिति आउन सक्छ, वा ऋण लिएर खानु पर्ने दिन आउछ, अथवा आधा पेट र गरिबीमा जिन्दगी बिताऊनु पर्ने हुन सक्छ ।
१० वर्ष अगाडी १० लाखमा ४ कोठे घर बन्थियो भने अहिले ३० लाख जती लाग्छ, त्यसैले १० वर्ष अगाडी घर बनाउनेलाई २० लाख फाइदा भयों, अर्कों तीर ५ लाख जती बाल तिर्नु पर्ने पैसा पनि जोगियो, आफ्नो घरमा आनन्दले बस्न समेत पाईयो, नत्र १० बर्षमा ५ चोटी कोठा सर्न पर्न सक्थ्यो । त्यस कारण परिवारमा समस्या छ, बच्चा पड़ाउन गाह्रो छ आदि भनेर घर नबनाई बस्न मिल्दैन । आफुसंग भएको पैसा हाल्ने, बाक़ी ऋण लिने अनि घर बने पछि बिस्तारै लोन तिर्दै जानु बुद्दीमानी हुन्छ । त्यस कारण उचित किसीमले संझौता गरेर लोन नै लिएर भए पनी केरुङ्ग-काठमाँडौ- लुम्बिनी रेल बनाऊँनु पर्छ । जसले गर्दा एकातिर रेल निर्माणले मजदूरलाई रोज़गारी दिन्छ भने अर्कों तीर सस्तोमा सामान आयात र निर्यात हुन्छ।
अनी १८ करोड चिनिया बुद्धिस्ट र बुद्धिस्ट बराबर अरु १८ करोड़ चिनिया पर्यटकहरू नेपाल घुम्न आउन आकर्षित गर्न सक्छ । बर्षमा २ % चिनिया नेपाल घुम्न आऊदा पनि त्यो संख्या २ करोड हुन्छ । यत्रो पर्यटक आउदा ३ करोड नेपालीलाई नै प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी उपलब्ध हुनसक्छ । जसले गर्दा ६० लाख बिदेशिएका युवाहरू एकै चोटी नेपाल फर्किएर देश विकासमा लाग्न पाऊँछन । नेपालको पर्यटन ब्यवसाय अपार हुन्छ । त्यसैले सबै मिलेर यसो गरे नेपालको विकासमा काया पलट हुनेछ । नेपालको परिस्थिति अनुसार देश विकासको भिजन यही हुनु पर्दछ । अब भिजन पुरा गर्ने मिसनमा लागौ ।
अहिले सात समुन्द्र पारी खाडीमा १५ हजारमा पाइने टीवी चीनसंग सीमा जोड़ीएको नेपालमा ३० हज़ार जती पर्छ । दुबईमा २५ हज़ारमा पाइने वासिंग़ मेसिन नेपालमा ७५ हजार जती पर्छ । सबै समानमा यस्तै हालत छ । आखिर हामी गरिब नेपाली दुबईका धनी मान्छेले भन्दा डबलमा किन सामान किन्न बाध्य छौ ? हामीलाई यसरी महँगोमा पार्न मील्छ ? यसरी हरेक समान महँग़ोमा किनी रहने हो भने कहिले पनि बचत हुन्न , बरु घर चलाऊँन ऋणमा डुबनू पर्छ । त्यसैले गर्दा नै हामी धनी हुन नसकेका हौ । नेपालमा समान महँगो हुनुको कारण महँगो भन्सार र महँग़ो यातायात हो । भारतमा एक लाखमा पाइने बाइक हामी २ लाख किन तिर्ने ? बाइक, वाशिंग मिसिन आदि समानहरु आजका जमानामा समय बचाउने आबश्यक साधनहरु हुन्, बिलासिता होइनन । त्यसैले कंटेनर बोक्ने र पर्यटक बोक्ने रेल बिना विकास सम्भव छैन । अमेरिकाको समेत चीनसंग व्यापार घाटा छ, त्यसैले व्यापार घाटाबढ्छ भनेर रेल नबनाउनु मूर्खता हुन्छ।
रेल आयो भने अझ ब्यापार घाटा घट्छ भनेर सोच्नु भनेको नजिकै पसल भयो भने धेरै किनिन्छ भनेर सोच्नु जस्तै हो । दोष पसलको हुदैन किन्ने र उपयोग गर्ने बानीको हुन्छ, अर्को कुरा सुबिधा हेर्ने कि खर्च हेर्ने ? व्यापार घाटा घटाएर उत्पादन बढाउन र औधोगिककरण गर्नका लागी आवश्यक उपकरण र कच्चा पदार्थ मगाऊँन समेत रेल त चाहिंछ चाहिंछ । व्यापार घाटा घटाएर आत्मनिर्भर बन्ने हो भने रेल बनाउने कुरामा झेल गर्न हुदैन अनि भारतको रेल भाडने खेलमा लागेर मूर्ख बनेर देश र जनतालाई घात गर्नु हुदैन । अर्कों कुरा सरकारले महँगो भन्सार लिएर बिकास हुदैन, बरु जनता झन झन ग़रीब बनाउछ । औधोगिककरण गरेर सरकारले कर पाऊने वातावरण भए पछि मात्र देश र जनता धनी हुने हो । गरिब नेपाली चढ़ने गाडीमा २४० % भन्सार लगाएर सरकार धनी भयो त ? बरु जनता धनी हुने वातावरण बनाऊ देश आफै धनी हुन्छ , देश धनी हुनु भनेकै सरकार धनी हुनु हो ।

त्यस कारण नेपाल चीन रेल लिंक नेपालको विकासमा कायापलट (game changer) गर्ने माध्यम हो भन्ने कुरामा कुनै पनि बुद्दीजीबी देशभक्तहरूमा दुई मत छैन । तर २ वर्ष रेल बनाऊन ढिला गर्नु भनेको ४ खर्बमा बन्ने रेल ८ खर्बमा बनाउनु हो । अर्कों कुरा कुनै पनि आयोजना पुरा गर्न त्यस सम्बन्धि बलियो निकाय चाहिंछ, रेलको योजना सम्पन्न गर्ने बलियों निकाय भनेको ‘रेल मन्त्रालय’ नै हो । कीनकी रेल बिभागले मात्रै यत्रा योजनाहरूको ब्यवस्थापन गर्न सक्दैंन, यातायात मंत्रालय आफै बाटो बनाऊँन नसकेर लथालिंग छ । त्यसैले रेलको बिकासका लागी अविलम्ब रेल मंत्रालय गठन गरियोस र सक्षम व्यक्तिलाई रेलमन्त्रि बनाईयोस । नत्र रेलको गफ हावा कुरा भनेर उडाउनेहरूलाई थप बल पुग्नेछ ।
काम गर्छु भनेर मात्र हुन्, काम गर्ने ढंग पनि पुर्याउनु पर्छ । त्यसैले प्रधानमन्त्री केपी ओलीले विरोधीहरूको मुख बन्द गर्न भए पनी अविलम्ब रेल मन्त्रालय गठन गरेर गर्नु पर्ने कामको जिम्मा दिनुहोस । अनि मात्र रेलको विकासले सार्थकता पाऊँनेछ ।
देशले चाहेमा रेलको विकास गर्न पूजीको कुनै अभाव हुदैन स्वदेशी लगानी र जनताले चाहे जती शेयर दिनुपर्छ बाँकि अनुदान खोज्ने अनि अपूग रकम मात्र लोन लिनु पर्छ । अनी बिदेशी कम्पनीलाई ठेक्कामा दिनु हुदैन, बरु दुबईले जस्तै बिदेशी बिज्ञ र इंजीनियरहरूलाई काममा राखेर ब्यवस्थापन आफैले हेर्नू पर्छ, यसो गर्दा आयोजना आधा सस्तोमा बन्छ । बरु दुई लाइन रेल अटाउने सुरंग कसैलाइ बनाऊन दिएर रेलको लिक बनाऊन मात्र रेलको ठेकेदारलाई दिने हो भने अझै आधा सस्तो पर्नेछ । रेलको ठेकेदार कम्पनीलाई सोधेर उसले चाहे जस्तो सुरंग बनाई दिए भएन ? तर सबै काम एऊटै कम्पनीलाई दिदा महँग़ो पनी पर्छ, अनी काम पनि ढिला हुन्छ । अर्कों कुरा देशमा अनेक समस्याहरू छन भनेर रेल नबनाइ बस्न मिल्दैन, उदाहरणका लागी गाऊँबाट काठमाँडौ पढ्न आएको ब्यक्तिसंग कोठा बाल तीर्ने र क्याम्पसको फि तिर्ने पैसा समेत हुदैन, यस्तो बेला उसले काठमाँडौमा घर बनाउने सपना देख्न नपाउने ?
त्यस्ता लाखौ छन जोसंग काठमाँडौ बस्दा फी तीर्ने पैसा थिएन तर आज तीनको काठमाँडौमा भव्य घर छ । जब लोन लिएर व्यापार गर्नेहरू पनि करोडपति भएका छन भने लोन लिएर रेल किन नबनाउने ? बस भ्रष्टाचार हुन् दिनु भएन, अनिगुणस्तरीय काम हुनु पर्यो । त्यसको निरीक्षण गर्ने जिम्मा सरकार र रेल बिभागको हो । तर नेपाल सरकार केहि पनि नभएको त्यति गरिब पनि छैन । नेपाल सरकारसंग देश बिकासका लागि चाहिने प्राकृतिक श्रोत र साधनहरु प्रसस्त छन्, त्यसको उचित व्यवस्थापन गर्न सक्ने नेतृत्व मात्र खाचो छ । त्यसैले रेलको विकास गर्न यी कुराहरू मनन गरियो भने ‘नेपाल चीन रेल लिंक’ देशमा बिकास र आमुल परिबर्तन ल्याउने गेम चेन्जर हुनेछ ।

