-विश्वराज तामाङ
उदयपुरको त्रियुगा नगरपालिका ३ मा रहेका लोकमार्गमा पर्ने ७ कट्ठा १९ धुर जग्गा विक्रि गरे पछि २६ जेठमा विक्रि गर्ने बावु छोरा शिव प्रसाद दाहाल र बुद्धिप्रसाद दाहाल प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरुलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा राखेका छन् । यता सडकको जग्गा किनेको भन्दै प्रहरीले ललीतपुर खोकना ३ का नेपाल डंगोल पनि जिल्ला प्रहरी कार्यालय उदयपुरमा अनुसन्धानको लागि राखेको छ । जग्गा विक्रिको क्रममा वडाबाट सिफारिस गर्ने वडा सदस्य हरिमाया शाहि र नापी सर्वेक्षक शिवचन्द्र ठाकुर समेत प्रहरी नियन्त्रणमा रहेका छन् । शाहि प्रहरी तारेखमा र ठाकुर प्रहरी नियन्त्रणमा रहेका छन् ।
प्रहरीले जग्गा विक्रिको क्रममा संलग्न रहेका मालपोत कार्यालय उदयपुरका कर्मचारीलाई समेत अनुसन्धान थालेको छ, यता जग्गा विक्रि गराउने मुख्य योजनाकर्ता वीरेश प्रसाद दाहाल फरार रहेका छन् । उनलाई पक्राउ गर्नका लागि प्रहरीले खोजी कार्य थालेको छ ।
ललीतपुर खोकना ३ निवासी डंगोल एक व्यवसायी हुन्, उनले आफु यस बिषयमा निर्दोष भएको बताएका छन् प्रहरीले पक्राउ गर्न पूर्व एक्सप्रेस संग उनले आफु सरसर फसाईएको बताएका छन् । चिनजानका दिपेन्द्र चौधरीले वीरेश प्रसाद दाहाललाई केहि काम गर्नका लागि रकम आवश्यक रहेको भन्दै आफु सग ६५ लाख रुपैया सापटी रकम मागेका थिए ।
वीरेशले रकम दिए आफ्नो घर उदयपुर भएको र गाईघाट नजिकै २ किलोमिटर पश्चिममा लोकमार्गले छोएको ८ कट्ठा जग्गा आफ्नो परिवारको भएको र उक्त जग्गा पास गरीदिने त्यस वापत ६५ लाख रुपैया नगद डंगोलले दाहाललाई दिने र एक बर्ष भित्रमा व्याज सहित फिर्ता नभए सावा, व्याज सहित गरेर हुने रकममा एक करोड पु¥याएर डंगोलको नाममा जग्गाको सम्पूर्ण स्वामित्व हुने गरी सहमती दाहाल र डंगोलले गरेका थिए ।
त्यस क्रममा डंगोललाई दाहालले नापी कार्यालय उदयपुरबाट प्रमाणित नक्सा, बाटो छेउमा कित्ता कायम गरी ७०१ नम्बर कित्ता नम्बर रहेको प्रमाणित नक्सा, २०५५ सालमा सट्टा पट्टा मार्फत जग्गा धनी लालपुर्जा, २०७२ सालमा प्रति कट्ठा २५ लाख रुपैया पर्ने मुल्यांकन सिफारिस गरिएको पत्र उपलब्ध गराएका थिए ।
दाहालले उपलब्ध गराए अनुसारको कागजात सहित डंगोलले जिल्ला मालपोत कार्यालय उदयपुरमा र नापी कार्यालयमा जग्गाको नक्सा, मोठ सबै ठिक भए पछि जग्गा किन्न डंगोल सहमत भएका थिए । सहमती अनुसार डंगोलले जेठ १६ गते मालपोत कार्यालयमा जग्गा पास गरेका थिए, जग्गा पास संगै दाहालले पाउने रकमबाट जग्गा धनी शिव प्रसाद डंगोलको नामबाट लाभकर वापत दुई लाख ९२ हजार ९ सय ५८ रुपैया र नेपाल डंगोलको नामबाट ५ लाख ८८ हजार आठ सय रुपैया मालपोत कार्यालयमा बुझाएका थिए । मालपोतमा बुझाईको लाभकर र विभिन्न समयमा गरी दाहाललाई २१ लाख रुपैया डंगोलले दिएका थिए । जग्गा पास गरे पछि जग्गाधनीलाई सिभिल बैंक गाईघाटको ५८ लाख रुपैयाको चेक दिएर डंगोल काठमाण्डौ लागेका थिए, डंगोल काठमाण्डौ पुगे पछि एक स्थानियले उक्त जग्गा सडकमा परेको र तपाई फस्नु भयो भनेर सम्पर्क गरे पछि डंगोल जेठ २० गते गाईघाट आएका थिए ।
उनले कदमाह बगाह गाईघाट सडक खण्डमा पर्ने जग्गा आफ्नो नाममा पास गरेको र उक्त जग्गा वापतको रकम ५८ हजार चेक भुक्तानी गरिएको हुदाँ उक्त चेक रोक्का गरी पाउ भनि बैंकमा निवेदन दिएका थिए । बैंकमा निवेदन दिए पछि डंगोल नापी कार्यालय उदयपुरमा ट्रेस नक्सा हेर्नका लागि गएका थिए, ट्रेस नक्सा हेर्दा भर्खरै मात्र मेटिएको अबस्थामा डंगोलले पाएका थिए । जबकी जग्गा पास गर्न पूर्व उक्त ट्रेस नक्सामा ७०१ नम्बर कित्ता सडक छेउमा देखाईएको थियो, उक्त प्रमाण डंगोलसंग रहेको छ । मालपोत कार्यालयमा पुगेर कर्मचारी भेला गरी सोधपुछ गर्दा सो जग्गा सडकमा परी सकेको र लगत कट्टा गर्न बाकी रहेको देखिए पछि डंगोल आफु फसेको महसुस गरेका थिए ।
आफु फसकेका थापा पाए पछि डंगोल काठमाण्डौ फर्केर कानुनी परार्श लिएर जाहेरी हाल्ने तयारीमा रहेका थिए, सो क्रममा २६ जेठमा जग्गा विक्रि गर्ने वीरेश दाहालका हजुरवुवा शिव प्रसाद दाहाल र वुवा बुद्धिप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।
दाहाल बाबु छोरालाई प्रहरीले नियन्त्रणमा लिए पछि उदयपुरका प्रहरी उपरिक्षक नवराज भट्टले डंगोललाई जानकारी दिएका थिए । आफु ठगिएको थापा पाए पछि आफु संग भएको सबै प्रमाणहरु ब्लु प्रिन्ट, संबन्धित वडाको सिफारिस र मालपोत कार्यालयबाट प्राप्त जग्गाधनी पुर्जा सहित वकिल संग परामर्श लिदै जाहेरी हाल्ने तयारी भैरहेको बेला आफुलाई पनि प्रहरीको सिआईबीले काठमाण्डौबाट जेठ ३१ गते नियन्त्रणमा लिएको डंगोलले बताए । डंगोलले आफु ठगिएकाले जाहेरी हाल्ने तयारीमा रहे पनि जग्गा बेच्ने बाबु छोरालाई अनुसन्धानको क्रममा राखिएको भन्दै प्रहरीले आफ्नो जाहेरी दर्ता नगराएको बताए ।
उनले आफु ठगिए पनि कानुनी उपचारको लागि जाहेरी हाल्न पाउनु पर्ने अधिकारबाट बञ्चित भएको दुखेसो पोखेका थिए । डंगोलले आफु ठगिएकाले चाडै कानुनी उपचार मार्फत न्याय पाउने आशामा छन् यसका मुख्य योजनाकार वीरेश प्रसाद दाहालले आफुलाई एउटा जग्गा देखाएर अर्को विक्रि गरेको र किर्ते कागजात तयार गर्ने मुख्य दोषी योजनाकार दाहाल भएकाले उनलाई पक्राउ गरि कार्वाहिको दायरामा ल्यउनु पर्ने डंगोलको भनाई छ ।
आफु व्यवसायी भएकाले भविष्यमा व्यवसायीक प्रयोजनका लागि जग्गा लिएको तर उक्त जग्गा लोकमार्गमा पर्छ भन्ने आफुलाई पूर्व जानकारी समेत नभएकोले आफु फसेको डंगोलको भनाई छ ।
व्यवसायी डंगोलले विभिन्न क्षेत्रमा लगानी गरेका छन्, केहि समय पछि पश्चिम नेपालको एक जिल्लामा जलविद्युत समेत उत्पादनको लागि लगानीको क्रममा रहेका डंगोल विकसीत सहर गाईघाटमा लगानीको वातवरण भए व्यवसाय विस्तारको सोचमा रहेका थिए । गाईघाट जस्तो विकसीत शहरमा ठूलै व्यवसायीक योजना सहित लगानीको तयारीमा रहेका डंगोल जस्ता व्यवसायीलाई जालझेलपूर्ण तरिकाले फसाईनुले जिल्लामा लगानीकर्ताहरु प्रति निराशा जगाउने काम भएको गाईघाट व्यवसायीहरु बताउछन् ।
कर्मचारीको असाबधानीका कारण जग्गा विक्रि भएकाले मालपोत कार्यालय र नापी कार्यालय उदयपुरका कर्मचारीलाई समेत कार्वाहिको दायरामा ल्याउनु पर्ने माग गरिएको छ । मालपोत कार्यालय उदयपुरका कर्मचारीलाई पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ यता नापी कार्यालयका दुई नापी सर्वेक्षक मंगलबार सम्मको विदामा रहेकाले उनीहरुलाई समेत अनुसन्धानमा ल्याएर बाकी प्रक्रिया अघि बढाईने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

