राष्ट्रिय नेवा: खल: इजरायलको नवौ अधिबेशनले बिमला श्रेष्ठको अध्यक्षतामा १९ सदसीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपाल सम्बत ११४० तछ्ला २० अर्थात् १० जुन २०२० को दिन जुम अनलाइन मार्फत सम्पन्न भएको उक्त अधिबेशनको अध्क्षयता मनु श्रेष्ठले गरेकी थिईन् ।
कोभिड-१९ को सक्रमण बढ्दै गईरहेको यस कठिन घडीमा लकडाउनको कारण कुनै स्थानमा एक साथ जम्मा भई कार्यक्रम सम्पन्न गर्न असम्भव भएकोले अनलाईन मार्फत गरिएको हो।
प्रमुख अतिथि तारा काउचा मगरसहित अथितिहरुले शुभकामना मन्तब्य दिएका थिए। सो अवसरमा नेवा: खल: इजरायलले नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर मार्फत नेपाल सम्बतलाई ब्यबहारिक रुपमा प्रयोगमा ल्याउन नेपाल सरकारलाई ज्ञापन पत्र पनि बुझाइएको छ ।
मनु श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमिति विघटन गरेरको जानकारी दिए लगतै प्रमुख अथिति तारा काउचा मगरले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई नेपाल भाषामा सपथ ग्रहण गराएका थिए।
राष्ट्रिय नेवा: खल: इजरायल नेपाल सम्बत ११४०/४१ अर्थात २०२०/ २१ को नव निर्बाचित कार्यसमितिहरु :-

संरक्षकहरु:- पुष्प श्रेष्ठ, नरेशकुमार श्रेष्ठ, रेखा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ र कादम्बरी दाना श्रेष्ठ।
प्रमुख सल्लाहकार- मनु श्रेष्ठ ।
सल्लाहकारहरु- सुनीता श्रेष्ठ, उषा श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ ।
अध्यक्ष :- बिमला श्रेष्ठ , बरिष्ठ उपाध्यक्ष :- स्वस्तिका श्रेष्ठ , प्रथम उपाध्यक्ष :- शंकर श्रेष्ठ, द्वितीय उपाध्यक्ष :- राम प्रधान , तृतीय उपाध्यक्ष :- कुसुम श्रेष्ठ, महासचिब :- राजकुमारी श्रेष्ठ, सचिब :- ज्योती प्रधान, कोषाध्यक्ष:- टंक श्रेष्ठ, स-कोषाध्यक्ष :- अमीरा थापा श्रेष्ठ ।
सदस्यहरु:- शान्ता श्रेष्ठ, माया श्रेष्ठ, राजु श्रेष्ठ, कटक श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, राधा प्रधान, प्रबीन श्रेष्ठ, दुर्गा श्रेष्ठ, गंगा उदास, दीपेन श्रेष्ठ ।

