प्रिय सरकार, लकडाउन खोल्ने कस्तो तयारी छ ?
डा. रबीन्द्र पाण्डे- लकडाउन गर्नुभन्दा खोल्नु निकै गाह्रो हुन्छ । यत्रतत्र छरिएका सलाइंका काँटी लकडाउनको ओसले चिसिएर नष्ट भएका छन् । सिमाना पारीबाट भित्रिएका काँटीहरु खोजेर बारुद नष्ट नगर्ने हो भने हामीले बुझ्नुपर्ने हुन्छ, सिंगो बस्ती उजाड गर्न एउटा सलाइंको काँटी पर्याप्त हुन्छ ।
लकडाउन सधै गर्न सम्भव हुँदैन । लकडाउन खोल्नुपूर्व सरकारको निम्न लिखित न्युनतम तयारी हुनुपर्दछ ।
१. कोरोना संक्रमण देखिएका ठाउँ, उनीहरुको सम्पर्क लहरोको PCR परिक्षण हुनुपर्दछ ।
२. रातो, पहेंलो र हरियो क्षेत्र तोकेर रेड जोन अर्थात भारतसंग सिमाना जोडिएका पूर्व, दक्षिण र पश्चिम सिमा जिल्ला तथा अन्य जोखिम जिल्ला जस्तै उदयपुर लगायतमा सम्भब हुन्छ भने सबैको PCR परिक्षण गर्नुपर्छ । नभए हटस्पोट घोषणा गरि परिक्षण, शिल, आइसोलेसन र उपचार गर्नुपर्दछ ।
३. बिगत केहि दिनमा काठमाडौं लगायतका सहरी क्षेत्रमा जोखिमयुक्त ठाउँबाट सयौं / हजारौं व्यक्तिहरु भित्रिएका छन् । ती कहाँ छन् ? कसको सम्पर्कमा छन् ? सबैलाई सर्च गरेर परिक्षण गर्नुपर्दछ ।
४. नेपालमा बाहिरबाट आएका व्यक्तिहरुमा संक्रमण देखिएको परिप्रेक्ष्यमा बिगत डेढ महिना यता भारत लगायत अन्य देशबाट आएका हरेक व्यक्तिको PCR टेस्ट गर्नुपर्दछ । पोजिटिभ देखिएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिंग गर्नुपर्दछ ।
५. फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी, पत्रकार तथा अन्य व्यक्तिको PCR टेस्ट गर्नुपर्छ ।
६. माथिका जांचबाट हाम्रो स्थिति ज्ञात हुनेछ । त्यसपछि कुन कुन क्षेत्र जोखिम छन्, कुन कुन क्षेत्र सुरक्षित छन्, त्यो पत्ता लगाउनु पर्दछ ।
७. पहिलो चरणमा २ जनाभन्दा धेरै व्यक्ति संगै हिंड्न नपाउने, बाटोमा हिंड्दा ६ फिटको व्यक्तिगत दुरी कायम गर्नुपर्ने, घरबाहिर निस्कंदा सबैले अनिबार्य रुपमा मास्क, चस्मा तथा आबश्यकता अनुसार पंजा लगाउनु पर्ने जस्ता नियममा अनुगमन र कारबाही गर्नुपर्दछ ।
८. एकै पटक धेरै मान्छेको आवतजावत नहोस् भन्नको लागि पहिलो चरणमा खाद्य पसल, स्टेसनरी, कृषि सामग्री पसल, साना उद्योग, साना निर्माण कार्य तथा निजि अस्पताल, बैंक, सरकारी तथा अन्य आबश्यक कार्यालय मात्र खोल्ने ।
९. पहिलो चरणमा सकभर व्यक्तिगत तथा सार्वजनिक यातायात नखोल्ने । पैदल, साइकल, सरकारी गाडी, कृषि एम्बुलेन्स, खाद्यका बाहन मात्र खोल्ने । त्यसको परिणाम हेरेर अर्को हप्ता निजि सवारीसाधन जोर / बिजोर गरेर खोल्ने ।
१०. कार्यालय, कलकारखाना आदि खोल्दा ५० % जनशक्ति आज, ५० % जनशक्ति भोलि गरेर काम गर्ने । यसले गर्दा सामाजिक दुरी कायम गर्न तथा भीड नियन्त्रण गर्न सजिलो हुन्छ ।
पहिलो चरण सफल भएमा, संक्रमण नफैलिएमा तथा ब्यापक परिक्षण र आइसोलेसनबाट सन्तोषजनक परिणाम आएका क्षेत्रमा दोस्रो चरणको लागि तयारी गर्नुपर्दछ ।
लक्षणरहित कोरोना संक्रमण कसरी थाहा पाउने ?
अहिले विश्वमा २५ – ४० % लक्षणबिहिन कोरोना संक्रमण फैलिएको छ । अचानक उच्च ज्वरो आउनु, लहरेखोकी जस्तो सुख्खा खोकी लाग्नु, बोल्दा तथा सुत्दा पनि सास फेर्न गाह्रो हुनु, एकदम जाडो हुनु, बान्ता आउनु, पखाला लाग्नु तथा असाध्यै थकाइ लाग्नु कोरोना संक्रमणका लक्षण हुन् । सुरुमा यी लक्षणहरु देखिएर बिरामी थला पर्ने, अस्पताल जाने तथा परिक्षण खोज्ने प्रचलन थियो र अहिले पनि छ । तर पछि आएर लक्षण नै नदेखिने कोरोना संक्रमणको कारण मान्छेमा थप त्रास उत्पन्न गराएको छ । अनुसन्धानले बताए अनुसार लक्षण नदेखिने कोरोना संक्रमणमा केहि संकेत देखिन्छन् । जस्तै :
१. सामान्य ज्वरो आउनु २. गन्धमा हल्का कमी महशुष हुनु ३. थकान हुनु, मांशपेशी तथा टाउको दुख्नु ४. कहिलेकाँही रुघाखोकी लाग्नु, नाक बन्द हुनु ५. सास फेर्न खासै गाह्रो नहुनु ६. आफ्नो दिनचर्यामा खासै फरक नपर्नु, खानामा रुचि नघट्नु ७. दिक्क लाग्नु, रुने मन लाग्नु ।
यस्ता लक्षण ८५ % व्यक्तिमा आफै हराउँछन् । परिक्षण गर्दा पोजिटिभ देखिन्छ । अधिकांश व्यक्तिमा १ महिनापछि समेत जांच गर्दा एन्टिबोडी पोजिटिभ देखिन्छ । बाँकी १५ % मध्ये आधा ४ हप्ता आइसोलेसनमा बसेपछि, लाक्षणिक उपचार गरेपछि निको हुन्छ भने अन्य बाँकी ७.५ % लाई आइसीयु / भेन्टिलेटर चाहिने हुनसक्छ । लक्षणबिहिनको मृत्युदर पनि २-३ % मात्र छ ।
लक्षणबिहिन बिरामीले रोग कसरी सार्छ त भन्ने जिज्ञासा आम मान्छेमा छ । लक्षणविहिन संक्रमितलाई खोकी वा हाच्छ्युं नआएपनि उसले सास फ्याँक्दा तथा कुरा गर्दा आँखाले देख्न नसक्ने कणहरु सतहमा, नजिक हावामा, उसले छोएका ढोकाको ह्यान्डिल, चुकुल, रेलिंग, भाँडाकुँडा, टावेल आदिबाट अरु व्यक्तिलाई रोग सार्दछ ।
७० बर्ष माथि उमेर भएका व्यक्ति, मुटु / फोक्सो / मृगौलाको खराब स्थिति भएका, इम्युन डिफिसिएन्सी भएका, स्टेरोइड सेवन गरिरहेका तथा अंग प्रत्यारोपण गरेका व्यक्ति जोखिम मानिन्छ । त्यसैले यी अवस्थाका बिरामी संक्रमणबाट बच्नको लागि आफ्नै घरमा पनि परिवारका सदस्यसंग दुरी कायम गरेर बस्नुपर्ने हुन्छ । मुख्य कुरा त इम्युनिटी पावर नै हो । पोषिलो खाना, व्यायाम, पर्याप्त निद्रा, मनोरंजन आदिबाट रोगसँग लड्ने क्षमता बढाउनु पर्दछ ।
कोरोना संक्रमणको उपचारमा ठूलो फड्को !

बिगत ४ महिनादेखि संसारलाई त्राहिमाम बनाएको कोरोना संक्रमण अहिले उच्च बिन्दुमा पुगेको छ । बिभिन्न अनुसन्धान तथा तथ्यांकले देखाएका छन् कि कोरोना संक्रमण यो मई ( May ) महिनामा अमेरिका, युरोप लगायत धेरै देशमा नियन्त्रणमा आउनेछ । लकडाउन, ब्यापक परीक्षण, आइसोलेसन, उपचार र सामाजिक दुरी कायमलाई प्रभावकारी बनाउने देशहरु कोरोना संक्रमणको बिगबिगीबाट यो १ महिनामा सास फेर्न पाउनेछन् । तसर्थ यो may महिना कोरोना संक्रमणसंगको युद्धमा निर्णायक बन्ने अनुमान गर्न सकिन्छ ।
– भारत, युरोप तथा अमेरिकामा मलेरियाको औषधि ( Hydrochloroquine or Chloroquine ) , एन्टिभाइरल तथा एन्टिबायोटिकको प्रयोग निकै प्रभावकारी भएको छ ।
– अमेरिका तथा दक्षिण कोरियाले इबोला संक्रमणमा प्रभावकारी काम गरेको Remdesivir जसले भाइरसको मल्टिप्लिकेसनलाई रोक्दछ, कोरोना संक्रमणमा पनि एकदम प्रभावकारी भएकोले यसलाई ब्यापक रुपमा चलाइरहेका छन् ।
अमेरिकी बैज्ञानिक डा. एन्थोनी फाउसीले इबोला संक्रमणमा प्रयोग भएको Remdesivir लाई ब्यापक रुपमा प्रयोग गर्न निर्देशन दिइरहेका छन् । CDC तथा FDA ले यो औषधिको प्रयोगलाई प्रोत्साहित गरेका छन् । यसको साथै केस अनुसार मलेरियाको औषधि, अन्य एन्टिभाइरल औषधि तथा एन्टिबायोटिकलाई प्रयोग गरिएको छ ।
जापानको उपचार मोडेल उत्कृष्ट मानेर अहिले यो मोडेल धेरै देशमा प्रयोग गरिएको छ । जापानमा कोरोना संक्रमणको बिरुद्ध इन्फ्लुएन्जा, एचाइभी, हेपाटाइटिस, प्यान्क्रीटाइटिस र दममा प्रयोग हुने औषधि प्रयोग गरिएको छ ।
जापानमा सबैभन्दा आशा गरिएको, अभ्यास गरिएको तथा प्रभावकारी औषधि Avigan (Favipiravir ) हो । त्यस्तै Fusan ( Nafamostat Mesylate ) तीब्र प्यान्क्रीटाइटिसमा प्रयोग हुने औषधि र orbesco दमको उपचार गर्ने स्टेरोइड औषधि पनि निकै प्रभाबकारी देखिएका छन् ।
Avigan कोरोना संक्रमणमा अत्यन्तै उपयोगीसिद्ध भएको छ । दमको औषधि २-३ दिन तान्दा अस्पतालमा भर्ना हुने र भेन्टिलेटर चाहिने अवस्था घटेको छ । जापान सरकारले Avigan लाई स्टकपाइलमा राखेको छ । ताकी नयाँ प्रजातिको भाइरस संक्रमणमा अरु औषधि प्रभावकारी नभएमा यसलाई उपयोग गर्न सकियोस् । जापानी विशेषज्ञहरुले कोरोना भाइरस (कोभिड १९) संक्रमितका लागि लाभदायक मानिएको इन्फ्लुएन्जाको औषधि एवीगन ३८ वटा मुलुकलाई उपलब्ध गराउने भएको छ । जापानी विदेशमन्त्री मोतेगी तोशिमित्सुले सो कुराको जानकारी दिनुभएको हो।
त्यस्तै जापानको The National Institute of Infectious Diseases and other research institutes ले भनेको छ कि Orbesco ले नयाँ कोरोना भाइरसको वृद्धि रोक्न प्रभावकारी छ ।
– अमेरिका लगायतका देशमा जिंक, ग्रीन टि, मेलाटोनिन, भिटामिन सि, भिटामिन डि ३ लाई ब्यापक रुपमा प्रयोगमा ल्याएका छन् ।
– Zinc any amount is probably good but take what you can tolerate without making you feel bad upto 50mg. You do not want to be Zinc deficient as it is how many drugs like HCQ work.
Quercetin from 250mg up to 1g twice per day Remember this is the Zinc ionophore.
Green Tea either drink some or 1 pill per day
Melatonin 1mg to 10mg at night. Take what you can tolerate and what helps you sleep without making you feel drugged or tired in the morning.
Vitamin C 250mg to 500mg twice per day. Effects debatable in oral form but IV did help in China
Vitamin D3 Take this if you are deficient but be sure to stop it if you become sick as this drug works by increasing
cytokines and potentially could exacerbate the cytokine storm.
Sleep greater than 8 hours per night.
-रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि बिभिन्न देशले आफ्ना मौलिक तथा परम्परागत चिकित्सा प्रणालीलाई ब्यापक रुपमा प्रयोग गरेका छन् ।
बिशेष जानकारी – स्वदेशनेपालमा प्रकाशित डा. रवीन्द्र पाण्डेद्वारा प्रदान गरिएका सम्पूर्ण स्वास्थ्य सुझाबहरु हामीले डाक्टर पाण्डेको फेसबुकबाट साभार गरेका हौ ।

