संसारलाई आफ्नो आतंककारी महामारीको चपेटामा लिएको कोरोनाले इजरायलमामा पनि आज शनिबार यहाको स्थानीय समय अनुसार बिहान १० बजे सम्म १२ जनाको मृत्यु भैसकेको छ । साथै कोरोना संक्रमित पनि बढ्दो छ अहिले सम्म ३ हजार ४ सय ६० नाघेको छ।
जसमा ५० जना एकदमै गम्भीर स्थितिमा रहेका छन् , अहिलेसम्म ८९ जना कोरोनाबाट निको भएर घर फर्किएका पनि छन् ।
कोरोना भाइरसका विरामीहरु एक पछि अर्को गर्दै बढ्दै गइरहेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारले यसलाई उच्च प्राथमिकतामा राखी जनताको स्वास्थ्यको सुरक्षाको लागि युद्धस्तरमा स्वास्थ्यकर्मीहरु परिचालन मात्र गरेको छैन् रोकथामका लागि ठोस कदमहरु पनि चालिरहेको छ ।

कोरोनाबाट मृत्युभएका एक बिरामीसंग इजरायली स्वास्थ्यकर्मी -फोटो साभार i24news
कोरोना नियन्त्रणको लागि इजरायल सरकारले नयाँ नियमहरु लागु गरेको छ , जस अनुसार अब घरमै बसिरहेका नागरिकहरुले १०० मिटर काटेर कतै जान पाउने छैन । अहिले खुलेको जस्तो पसलहरु पनि नियन्त्रितरुपमा मात्रै खोल्न पाउने छन् । नयाँ नियम अनुसार सरकारी आदेश उलंघन गर्ने जो कोहीलाई ५ सय इजरायली सेकेल जरीवाना साथै ६ महिनाको जेल सजायको पनि ब्यबस्था गरेको छ ।
साथै नियम उलंघन गर्दै सार्वजनिक सवारी चलाउने इजरायलीहरुलाई तिन हजार सेकेल फाइन र ६ महिनाको जेल तोकिएको छ ।
इजरायल र साइप्रसमा रहेका नेपालीहरुलाई इमर्जेन्सी फारम भर्न नेपाली राजदूतावासको जरुरि सूचना
एनआरएन इजरायलको पहलमा इजरायलवासी नेपालीहरुको राजदूत डा. शाक्यसँग पहिलो टेलिकन्फेरेन्स बैठक सम्पन्न !
कोभिड-१९ (कोरोना भाइरस)को प्रकोप झन झन वढ्दै गइरहेपछि इजरायलमा रहेका संघ संस्थाका प्रतिनिधीहरुले इजरायलमा कार्यरत नेपालीहरुमा आइपर्न सक्ने संभावित खतरालाई मध्यनजर गर्दै हिजो इजरायलका लागि नेपाली राजदूत महामहिम डा. अन्जान शाक्यसँग आकस्मिक टेलिकन्फेरेन्स मिटिङको आयोजना गरी आकस्मिक समस्याको तत्काल समाधानको तयारीको लागि अपिल गरेका छन् ।
जवाफमा राजदूत डा. अञ्जान शाक्यले इजरायल तथा साइप्रसमा रहेका नेपालीहरुमा समेत आइपर्न सक्ने संभावित खतराको सम्वन्धमा नेपाली राजदूतावास इजरायल अत्यन्तै संवेदनशिल भएर लागिरहेको बताउदै संभावित समस्या समाधानको लागि इजरायल सरकारका विभिन्न निकायहरुसँग समन्वय गरिरहेको बताउनुभयो ।
यहि कोरोना प्रकोपको बढ्दो महामारीलाई ध्यानमा राखेर इजरायल स्थिति नेपाली राजदुत डा. शाक्यले कोरोना क्राईसिसमा विभिन्न तवरले सहयोग, समन्वय गर्न र भविष्यमा आइपर्ने समस्याका लागि पूर्वतयारी गर्न पनि सहजीकरणका लागि इजरायल र साइप्रसमा बस्ने नेपाली नागरिकहरुलाई अनिवार्य रुपमा इमर्जेन्सी अनलाइन फारम भर्न अपिल गर्नु भएको छ ।

नेपाली दुतावासले आफ्नो फेसबुक पेजमार्फत भिसा भएका वा नभएका जुनसुकै अवस्थामा ईजरायल तथा साईप्रसमा रहेकालाई यो फाराम भर्न आग्रह गरेको छ । साथै ईजरायलमा रहेका केहि नेपालीहरुले हेलचेक्राई गरेर ईन्सुरेन्स नगरेको जानकारी राजदुतावासमा आएकाले यथाशिघ्र ईन्सुरेन्स कम्पनीमा सम्पर्क गरी स्वास्थ्य इन्सुरेन्स गर्न पनि अपिल गरेको छ ।
राजदूत डा. शाक्यले इजरायलमा रहेका नेपाली संघ संस्थाहरुले विभिन्न चरणहरुमा गर्दै आइरहेका मानविय सहयोगका कार्यहरुको मुक्त कण्ठले प्रशंसा गर्दै अहिलेको विसम परिस्थितीमा पनि नेपाली राजदूतावाससँग सहकार्य गरेर अगाडि वढ्ने अपेक्षा गरेको बताउनुभयो । उहाँले बैठकमा उपस्थितहरुबाट राखिएका केही प्रश्नहरु विषयमा दूतावासमा छलफल गरी आइतवारसम्म जवाफ दिने बताउनुहुदै इजरायलमा वेरोजगार भई वेखर्ची अवस्थामा रहेका नेपालीहरुको विविरण यथासिघ्र दूतावासलाई उपलव्ध गराउन संघ संस्थाका प्रतिनिधीहरुलाई अनुरोध गर्नुभएको थियो ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको पहलमा इजरायलमा रहेका विभिन्न सामाजिक, राजनितिक, धार्मिक तथा जातिय संघ संस्था र संचारकर्मीहरुको उपस्थितीमा वृहत टेलिकन्फेरेन्स बैठकको आयोजना गरिएको थियो ।
बैठकको संचालन एनआरएनए-एनसिसी इजरायलका महासचिव, श्रीकृष्ण भण्डारी र एनआरएनए-एनसिसी इजरायलका सचिव विष्णु सिम्खडाले गरेका थिए ।
इमर्जेन्सी अनलाइन फारम भर्न नेपाली राजदुतबास इजरायलले जारी गरेको सूचना यस्तो छ :-
अहिले विश्वभर Pandemic का रुपमा फैलिरहेको कोरोना भाईरसको बारेमा र यसका नकारात्मक प्रभावका बारेमा यहाँहरु सबै जानकार नै हुनुहुन्छ । यस्तो अवस्थामा हाल ईजरायल तथा साईप्रसमा रहनु भएका सबै नेपालीहरुलाई परेका नकारात्मक प्रभावका बारेमा, समस्या समाधानका बारेमा र अब पर्ने समस्याहरुका लागि तयारी गर्न पनि सहयोग पुराउनका लागि सबै नेपालीहरुको विवरण आवश्यकता पर्दछ ।
दूतावासमा दुवै देशमा रहनुहुने नेपालीहरुको विवरण रहेको तर बिचमा आउने र क्यान्सेल भई नेपाल जाने क्रम रहेकोले विश्वसनीय जानकारि छैन ।
अत: यस कोरोना क्राईसिसमा विभिन्न तवरले सहयोग, समन्वय गर्न र भविष्यमा आइपर्ने समस्याका लागि पूर्वतयारी गर्न पनि सहजीकरणका लागि दूतावासले दूवै देशमा बस्ने नेपाली नागरिकहरुको अनलाईन रजिस्ट्रेसन सुरु गरेको छ ।
त्यसैले तल दिएको लिङ्क खोलेर अनलाईन रजिष्ट्रेसन फाराम भरी दूतावासको यस अभियानमा साथ दिनुहोला ।
भिसा भएका वा नभएका जुनसुकै अवस्थामा ईजरायल तथा साईप्रसमा रहेकालाई यो फाराम भर्न आग्रह गर्न चाहन्छौै ।
ईजरायलमा रहनुभएका केहि नेपालीहरुले हेलचेक्राई गरेर ईन्सुरेन्स नगरेको जानकारीमा आएकाले यथाशिघ्र ईन्सुरेन्स कम्पनीमा सम्पर्क गरी बीमा गर्न पनि आग्रह गर्दछौं ।
यस्तो विषम परिस्थितिमा अनेकन समस्या आईपर्न सक्ने हुनाले एनआरएनए ईजरायल तथा साईप्रसलाई ति दुवै देशमा रहेका विभिन्न संघसंस्थाहरुसंग समन्वय गरी प्रतिकुल अवस्थामा पर्ने जुनसुकै स्थितिका लागि तयार रहन आग्रह गर्दछौं ।
र, ईजरायल तथा साईप्रसस्थित विभिन्न संघसंस्थाहरु तथा मिडियाकर्मीहरुलाई यो सूचनालाई यी देशमा रहनुभएका सम्पूर्ण नेपाली समक्ष पुराउनुहुन र फाराम भर्न नजान्नेहरुलाई सिकाएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
डा. अन्जान शाक्य
राजदूत तथा नेपाली राजदूतावास परिवार, तेल अबिब
(कोहि नछुटौं, कोहि नदोहोरियौं । )
(पुनश्च: ईजरायल तथा साईप्रसमा कार्यरत रहेर हाल बिदामा नेपाल गई कार्यरत देशमा फर्कन नपाएकाहरुले पनि यो फारम अनिवार्य भर्नुहोला र अन्तिममा हामीलाई केहि भन्न चाहनुहुन्छ भन्ने प्रश्नको उत्तरमा यसको जानकारी गराउनुहोला । )

