काठमाडौं – कोरोना भाइ’रसबाट मृ’त्यु हुने मानिसको संख्या ३१ सय ६८ पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्र’मित भएका छन् ।
अहिलेसम्म ८० मुलुकमा कोरोनाको संक्र’मण देखिएको र फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।
चीनमा सोमबार साँझ थप १ सय ७२ जनाको जनाको मृ’त्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृ’त्यु हुनेको संख्या २ हजार ९ सय ४५ पुगेको छ । ८० हजार १ सय ५३ जना संक्र’मित भएका छन्
चीन बाहिर १३ वटा मुलुकमा २ सय २१७ जनाको मृ’त्यु भएको छ । अरु ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृ’त्यु भएको छ ।
चीन बाहिर सबैभन्दा धेरै इटालीमा ७९ जनाको मृ’त्यु भएको छ । यस्तै इरानमा ७७ जना, दक्षिण कोरियामा ३४, अमेरिकामा ९ जना, जापानमा ६, फ्रान्समा ४, हङकङमा २ तथा थाइल्याण्ड, अष्ट्रेलिया, सन मारिनो, फिलिपिन्स, ताइवान र स्पेनमा १/१ जनाको मृ’त्यु भएको छ ।
चीनबाहिर १२ हजार मानिसमा कोरोनाको संक्र’मण देखिएको छ।
चीन बाहिर संक्र’मणको सं’त्रास
दक्षिणको कोरियामा कोरोनाबाट थप ४ जनाको संक्र’मितको मृ’त्यु भएपछि मृ’तकको संख्या ३४ पुगेको छ । त्यहाँ ८ सय ५१ जना नयाँ संक्र’मित थपिएका छन् । योसँगै संक्र’मित हुनेको संख्या ५१ सय ८६ पुगेको छ ।
कोरोनाको संक्र’मण फैलिएको सूचना लुकाएको भन्दै सिञ्चेओन्जी चर्चका पादरीमाथि छानविन सुरु गरिएको छ ।सरकारले चर्चका संस्थापक म्यान हीसहित १२ जनामाथी अनुसन्धान सुरु गरेको बताइएको छ ।
इटालीमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ७९ पुगेको छ । एकैदिन अरु २७ जना मृ’तकको संख्या थपिएपछि ज्या’न गुमाउनेको संख्या ७९ पुगेको हो । यसअघि इटालीमा ५२ जनाले ज्या’न गुमाएका थिए ।
४ सय ६६ जना नयाँ कोरोनाका संक्र’मित थपिएपछि बिरामीको संख्या २५ सय २ पुगेको छ । इरानमा ७७ जनाको कोरोनाबाट मृ’त्यु हुँदा संक्र’मितको संख्या २३ सय ३६ पुगेको छ । एकैदिन अरु ८ सय ३५ जनामा संक्र’मण देखिएको छ।
इरानमा २३ जना सांसदमा समेत कोरोनाको संक्र’मण देखिएको बताइएको छ । जापानमा ६ जनाको मृ’त्यु भएको छ भने ३ सय १९ जनामा संक्र’मण देखिएको छ ।
फ्रान्समा थप १ जनाको मृ’त्यु भएपछि अहिलेसम्म कोरोनाका कारण मृ’त्यु हुनेको संख्या ४ जनाको मृ’त्यु भएको छ भने २ सय ३३ जनामा संक्र’मण देखिएको फ्रान्सेली अधिकारीहरुले पुष्टि गरेका छन् ।
स्पेनमा पहिलो पटक कोरोनाबाट एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुने नेपाल भ्रमण गरेर फर्किएकी एक ६९ बर्षीया महिला छन् । स्पेनमा संक्र’मित हुनेको संख्या २ सय १० छ ।
जर्मनीमा कोरोना संक्र’मितको संख्या २ सय ३१ पुगेको छ । यसअघि यहाँ १ सय ९६ जनामा संक्र’मण देखिएको थियो । त्यहाँ ३१ जना कोरोनाका बिरामी थपिएको जर्मनीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
अमेरिका–कोरोना भाइ’रसका कारण ९ जनाको मृ’त्यु भएको छ । वासिङ्टन राज्यमा सोमबार थप २ जनाको मृ’त्यु भएपछि मृ’तकको संख्या ९ पुगेको हो ।
अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म संक्र’मित हुनेको संख्या १ सय ३६ पुगेको छ । विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा ४५ मुलुकमा कोरोनाको संक्र’मण देखिएको छ ।
यसैसाता कतार, साउदी अरव, इक्वेडर लक्जेबर्ग आइरल्याण्ड, स्पेन लगायतका मुलुकमा कोरोनाको भाइ’रसको संक्र’मण देखिएको थियो ।

