हिजोको आइतबार धेरैका लागि वर्षमा ५२ दिन आउने आइतबारजस्तै सामान्य थियो तर चीनको वुहान सहरका ५७ जनालाई यो अन्तिम दिन बन्यो। २ हजार ८ सय २९ जनाको जीवनमा नयाँ सन्त्रास छायो-उनीहरूलाई नोवेल कोरोना भा’इरसले समात्यो।
पर्यटकीय नगरी र संसारका चर्चित गाडी निर्माता कम्पनीका प्लान्ट भएको वुहानका वासिन्दा अहिले एकातिर घरबाहिर निस्कन पाएका छैनन् भने अर्कातिर आँखैअगाडि आफन्त गुमाइरहेका छन्।
हुवेई प्रान्तको राजधानी वुहानबाट डिसेम्बर अन्तिम सातादेखि फैलिएको कोरोना भा’इरसले आइतबारसम्म ३ सय ६१ जनाको ज्या’न लिएको छ। १७ हजार २ सय पाँच जना बिरामी परेका छन्। मृ’त्यु र बिरामीको आँकडा दिन दुई गुणा रात चौगुणा बढिरहेको छ। पछिल्ला १० दिनमा भाइ’रसले म’र्नेको संख्या २१ र सं’क्र’मित हुनेको संख्या ३० गुणा बढेको छ।
यो क्रम चीनमा मात्र सीमित छैन। कोरोनाभा’इ’रस अफ्रिकाबाहेक सबै महादेशमा फैलिइसकेको छ। फिलिपिन्समा त एक जनाको मृ’त्यु नै भएको छ।
कोरोनाको कहर कहिले रोकिन्छ? यो प्रश्नको जवाफ कसैले दिन सक्दैन। किनकी एकातिर यो रहस्यमयी भाइ’रस लागे निको पार्ने भ्याक्सिन वा ट्याबलेट बनेको छैन अर्कातिर यो यति फैलिइसकेको छ सतर्कता नअपनाउने हो भने वुहानजस्तै संसारका कुनै पनि सहरमा महा’मारी बनिदिन सक्छ। यसलाई विज्ञहरूले प्यान्डेमिक (दुईभन्दा बढी महादेशमा हुने महा’मारी) भनेका छन्।
भाइ’रस यति रहस्यमयी छ कि यसको ठ्याक्कै नाम के राख्ने भन्ने पनि वैज्ञानिकहरूले मेसो पाउन सकेका छैनन्। सन् २०१९ मा सुरू भएकाले कतिपयले यसलाई nCoV-2019 भनेका छन्। त्यो भनेको नोवेल कोरोनाभाइ’र’स २०१९ को छोटो रूप हो।
कोरोनाभाइ’रस पहिला जनावरमा देखिने गरेको थियो। सुक्ष्म रूपमा नियाल्दा यो भाइ’रस ताज (क्राउन) जस्तै देखिने भएकाले कोरोनाभा’इरस भनिएको हो।
अहिले देखिएको भाइरस कोरोना समूहको सातौं हो। २००३ अघि वैज्ञानिकलाई मानिसमा संक्र’मण गर्ने दुई खाले कोरोनाभाइ’रस बारे जानकारी थियो। यी दुबैले रूघाखोकी लगाउँथे तर ज्या’न लिनेगरी ख’तरनाक थिएनन्। २००३ मा देखिएको सार्स तेस्रो कोरोनाभाइ’रस हो।
त्यसपछि वैज्ञानिकले राम्ररी खोजी गर्दा अरू दुई खाले पनि थाहा नभई मानिसमा रहेको पत्ता लागेको थियो। थाहा नभई मानिसमा रहेकाले यी खत’रनाक हुने नै भए।
२०१२ मा मध्यपूर्वमा देखिएको मर्स छैठौं कोरोनाभाइ’रस हो। सन् २००३मा चीनमै फैलिएको कोरोनाभाइ’रसलाई सिभियर एक्युट रिस्पिरेटोरी सिन्ड्रोम (सार्स) को नाम दिइएको थियो।
२०१२ मा साउदी अरेबियामा देखिएको यस्तै भाइर’सलाई मिडिल इस्ट रिस्पिरेटोरी सिन्ड्रोम (मर्स) भनिएको थियो। यो भाइ’रस चमेराबाट उँट हुँदै मानिसमा सरेको थियो। अहिले देखिएको भाइ’रसलाई नयाँ भनिए पनि यो कैंयौ वर्षअघि देखिसकेको भाइ’रस हो।
अनुसन्धानकर्ताले वुहानदेखि हजार माइल दक्षिणपूर्वमा युनान प्रान्तको एउटा गुफामा यो भाइ’रस फेला पारेका थिए।
उक्त गुफामा रहेका चार प्रकारका चमेरामा अहिलेको कोरोनाभाइ’रस देखिएको थियो। अनुसन्धानकर्ताले उक्त भाइ’रस मान्छेमा सर्न सक्ने रिसर्च पेपर सन् २०१७ मै प्रस्तुत गरेका थिए। उनीहरूको पेपरमा गुफा नजिकैका मानिसमा यो भाइ’रससँग लड्ने क्षमता पनि कमजोर भएको उल्लेख गरिएको थियो।
अहिले पनि यो भाइ’रस चमेराबाट अन्य वन्यजन्तु हुँदै मानिसमा सरेको विश्वास गरिएको छ। तर ठ्याक्कै कुन जनावरबाट सर्यो भन्ने खुलेको छैन।
वुहानमा रहेको जिउँदा कुखुरा, समुद्री खाना र वन्यजन्तु बेचिने एक बजारबाट यो भाइ’रस मानिसमा सरेको हो। यद्यपी यो भाइ’रसबाट सं’क्रमित हुने पहिलो बिरामी को हुन् भन्ने खुलेको छैन।

