काठमाडाैं। इरानका उच्च सैन्य कमा’ण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आ’क्र’मणमा मृ’त्यु भएपछि अहिले विश्व त’रं’गित छ । कतिले सुलेमानीको ह’त्याले तेस्रो विश्वयु’द्दलाई सं’घारमा ल्याएकोसम्मको टिप्पणी गर्न थालेका छन् भने विश्वमा पुनः धु्रविकृतको राजनीति बढ्ने ख’तरा पनि उदाएको बताउन थालेका छन् ।
अमेरिकाले सुले’मानी मा’रिदिएपछि इरानले त्यसको प्र’तिशोधमा इराकमा रहेका अमेरिकाका दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै मि’सा’इ’ल आ’क्रमण गरेकाे छ ।
इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले देशको विशेष सैन्य दस्ता कु’ड्स फोर्सका प्रमख मेजर जनरल सुलेमानीको ह’त्याको ‘क’ठोर ब’दला’ लिने भनेर अमेरिकालाई चे’तावनी दिएका थिए ।
आफूसँग श’क्तिशाली हा’तहतियार र सेना भएकाे ट्रम्पकाे दावी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले मि’साइल आ’क्रमण गरेपछि आफूसँग श’क्ति’शाली हा’तहतियार र सेना रहेको बताएका छन् । ‘सबै ठीक छ ! इराकमा अवस्थित दुई सैन्य ठाउँमा इरानबाट प्र’क्षेपण गरिएको मि’साइल र क्ष’तिको आकलन भइरहेको छ। हामीसँग सबैभन्दा शक्ति’शाली र हा’तहतियारले सुसज्जित सेना छ ।’ ट्रम्पले ट्वीटमा लेखेका छन् ।
अमेरिका र इरान काे, कति बलियाे ?
पछिल्लो समय इरान र अमेरिका यु’द्धको तयारीमा रहेका छन् । तर, यु’द्धको तयारी भइराख्दा कुन देश कत्ति शक्तिशाली भन्ने कुराले पनि उत्तिकै महत्व राख्छ ।
सेनाको अध्ययन गर्ने संस्था ग्लोबल फायर पावरले सन् २०१९ मा सार्वजनिक गरेकाे श’क्तिशाली सेनाको सूचीमा अमेरिका पहिलाे स्थानमा छ भने इरान १४ औं स्थानमा छ ।
अमेरिकी सेना
ग्लोबल फायर पावरकाे सबैभन्दा श’क्तिशालि सेना रहेकाे अमेरिकामा २० लाख ८३ हजार भन्दा धेरै सेना छन् । अमेरिकासँग सेना मात्रै धेरै हाेइन सबैभन्दा अ’त्याधुनिक ह’तियार पनि अमेरिकासँग नै छ ।
अमेरिकासँग १३ हजार ३ सय ६२ वटा अत्याधुनिक विमान छन्, जसमा १ हजार ९ सय ६२ वटा यु’द्धविमान छन् । ४ सय १५ वटा जहाज छन् । त्यसमध्ये २० वटा जहाजले विमान बोक्न सक्छन् । ५ हजार ८ सय ८४ वटा कम्ब्याट ट्यांक छन् ।
अमेरिकी सरकारको बजेटको सबैभन्दा ठूलो हिस्सा सैनिकका लागि खर्च हुन्छ । ६ सय ४७ बिलियन बजेट अमेरिकाले सेनाका लागि छुट्याउने गरको छ । विश्वमा सेनाका लागि सर्वाधिक बजेट छुट्याउने देश अमेरिका नै हो ।
इरानी सेना
इन्टरनेशनल इन्स्टिच्युट फोर स्ट्रटिजिक स्टडिजलाई उद्धृत बिबिसीले इरानसँग पाँच लाख २३ हजार सक्रिय सेना रहेको उल्लेख गरेको छ जसमा साढे तीन लाख सेना र इस्लामिक रेभुलसनरी गार्ड्स कोर (आईआरजीसी) का कम्तीमा डेढ लाख जवान छन्।
यस्तै आईआरजीसीको जलसेनामा थप २० हजार सैनिक छन् भने आन्तरिक वि’द्रोह द’मन गर्न सघाउँदै आएको स्वयंसेवीहरूको एउटा एकाइमा पनि आईआरजीसीको नियन्त्रण रहेको बिबिसीले जनाएको छ।
इरानी सेनासँग क्षे’प्या’स्त्र पनि छ । प्रतिद्व’न्द्वी इजरायल र साउदी अरबको तुलनामा उसको वायुसेनाको क्षमता कमजोर भएकाले इरानका लागि क्षे’प्या’स्त्र’को ठूलो सामरिक महत्त्व भएको बिबिसीले जनाएको छ।
उसँग लामो र मध्यम दूरीका क्षे’प्या’स्त्र छन्। तिनले मध्यपूर्वमा अमेरिकी साझेदार देशहरू इजरायल,साउदी अरब तथा युएईसम्म मार हान्न सक्छन्।
यस्तै इरानसँग अ’स्त्र’युक्त आधुनिक ड्रो’नहरू पनि छ। इराकमा इस्लामिक स्टेटविरु’द्धको लडाइँमा इरानले तिनको राम्रै प्रयोग गरेको थियो।

