सन् १९८३ मा भारतको सर्वोच्च अदालतले भारतमा ‘रेयरेस्ट अफ द रेयर’ अर्थात् सबैभन्दा संगीन र घृ’णित मामलामा मात्रै फाँ’सीको सजाय हुने प्रावधान निश्चित गरेको छ ।
सन् २०१२ को निर्भयामाथि जुन अ’पराध भयो त्यसलाई पनि भारतीय अदालतले यसै श्रेणीमा राख्दै दोषीलाई मृ’त्यु द’ण्डको स’जाय सुनाएको थियो । भारतीय मिडियाले अहिले जुन समाचार प्रकाशित गरिरहेका छन्, त्यो हेर्दा यस्तो लाग्छ कि उनीहरुको फाँ’सीको समय नजिकिएको छ ।
यस्तोमा भारतमा फाँ’सीको नियम कस्तो छ र यो पूरा प्रक्रियामा जेलरदेखि फाँ’सी दिने जल्लादको भूमिका कस्तो हुन्छ त्यसबारे जानकारी लिऔं ।
फाँ’सी दिने निश्चित भएपछि डे’थ वा’रेन्टको प्रतिक्षा रहन्छ । दया याचिका खारेज भएपछि यो वा’रेन्ट कुनै पनि बेला आउनसक्छ । वा’रेन्टमा फाँ’सीको मिति र समय लेखिएको हुन्छ ।
मृ’त्यु द’ण्ड पाएका कै’दी माथिको का’रवाही जे’लको नीति नियम अनुसार हुन्छ । हरेक राज्यको आफ्नो छुट्टै जे’ल नीति नियम हुन्छन् ।
फाँ’सी दिनेबेला केही नियमको पालना गर्न अत्यावश्यक हुन्छ । यो बिना फाँ’सीको प्रक्रिया अधुरो मानिन्छ । नियम पालन नगरिकन कसैलाई पनि फाँ’सी दिन पाइँदैन । डे’थ वा’रेन्ट जारी भएपछि कै’दीलाई यसबारे जानकारी दिइन्छ ।
जेल प्रशासनलाई पनि डे’थ वा’रेन्टको जानकारी दिइन्छ । यदि कै’दी बसेको जेलमा फाँ’सीको व्यवस्था छैन भने उसलाई डे’थ वा’रेन्ट आएपछि नयाँ जे’लमा सारिन्छ ।
महिनाको हिसाबले फाँ’सीको समय भिन्न हुन्छ । बिहान ६, ७ वा ८ बजे तर यो समय सधैं बिहान नै निश्चित हुन्छ । बिहान अन्य कै’दी सुतिरहने भएकोले र कै’दीले मृ’त्यु द’ण्डका लागि दिनभरी प्रतिक्षा पनि गर्न नपर्ने भएकोले बिहानको समय राखिएको बताइन्छ ।
यसका साथै परिवारका सदस्यलाई त्यहि दिन अन्तिम सं’स्कार गर्न समय होस् भनेर पनि बिहानै गरिने बताइन्छ । कै’दीको परिवारलाई फाँ’सी दिनुभन्दा १०–१५ दिन अघि यसबारे सूचना दिइन्छ । जेलमा कै’दीको पूरा परीक्षण हुन्छ । उनलाई अरु कैदीभन्दा भिन्न सेलमा राखिन्छ ।
फाँ’सी दिइने दिन बिहानै सुपरिटेन्डेन्टको निगरानीमा सुरक्षाकर्मीले कै’दीलाई फाँ’सी कक्षमा लैजान्छन् । फाँ’सी दिने बेला जल्लादबाहेक अन्य तीन अधिकारी उपस्थित हुन्छन् जसमा जेल सुप्रिटेन्डेन्ट, मेडिकल अफिसर र मजिस्ट्रेट समावेश हुन्छन् ।
सुप्रिटेन्डेन्टले फाँ’सी दिनु अघि मजिस्ट्रेटलाई आफूले कै’दीको पहिचान गरिसकेको र उनलाई डे’थ वा’रेन्ट पढेर सुनाइसकेको भनेर जानकारी दिन्छन् । डे’थ वा’रेन्टमा कै’दीको हस्ताक्षर पनि हुन्छ ।
साथै, फाँ’सी दिनुअघि कै’दीलाई नुहाइन्छ र नयाँ कपडा लगाउन लगाइन्छ । त्यसपछि उनलाई फाँ’सी दिने ठाउँसम्म ल्याइन्छ । स्मरण रहोस्, फाँ’सी दिनुअघि व्यक्तिको अन्तिम इच्छा सोधिन्छ जसमा परिवारलाई भेट्ने, मिठो खाना खानेलगायत इच्छा समावेश हुन्छन् ।
जुन अ’पराधीलाई फाँ’सी दिइन्छ उसँग अन्तिम समयमा जल्लाद मात्रै हुन्छन् । फाँ’सी दिनुअघि जल्लादले अ’पराधीको कानमा केही बोल्छन् ।
अन्तिम समयमा जल्लादले अ’पराधीको कानमा यसो भन्छन्, ‘हिन्दुहरुलाई राम राम र मुस्लिमलाई सलाम । म आफ्नो क’र्तव्यको अगाडि बाध्य छु । तपाईं सत्मार्गमा हिँड्नुहोस्, म यही कामना गर्छु ।’

