नेपाली चलचित्र ‘झमक बहादुर’को ट्रेलर सार्वजकि गरिएको छ । चलचित्र ‘झमक बहादुर’ को सोमबार काठमाडौको राईजिङ महलमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

प्रतिनिधिसभा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, वितरक गोपाल कायस्थलगायतका अतिथिहरु रहेका थिए ।
यस चलचित्रमा निकै चार्चित गित ‘आमैले भन्थे धाराको पानी…’ दर्शकस्रोतामाझ लोकप्रिय भइरहेको छ, जुन केहि महिना अघी नै सार्बजनिक भएको थियो । समकालिन नेपाली समाजको वास्तवीक चित्र झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमेडी चलचित्र रहेको छ, ‘झमक बहादुर’ । चलचित्रका निर्माता मिनकुमार तामाङ हुनु भने निर्देशन भोमन कटुवालले गरेको हुन ।
यस्तो छ ट्रेलर ! हेर्नुस ।
यूवि फिल्मस् ग्यालरी र दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ‘झमक बहादुर’मा स्टार र नयाँ कलाकारहरु अनुपविक्रम शाही, यादव देवकोटा (सरापे), राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित वस्नेतलगायतका रहेका छन् भने बालकलाकारमा जेशिका घिमिरे, दिलिशा गुरुङ रहेका छन् । कलाकारहरुले जिबन्त अभिनया गर्ने प्रयास छ भने पात्र र चरित्रको मिठो समयोजनको मेहनत गरेका छन, निर्देशक कटुवालले । नेपाली चलचित्र क्षेत्रमा फरक कमेडी ब्यासले दर्शक मन जित्न सक्ने चलचित्र हो, ‘झमक बहादुर’ । अबश्य हेर्नुस ! ‘झमक बहादुर’ नेपाली चलचित्र ।
भरपुर मनोरन्जन रहेको यो चलचित्र साउन १८ गतेदेखि देशभरका सिनेमाघरमा आउने छ । कोपिलाकुमारी डल्लाकोटी सहनिर्माता, अर्जुन खड्का प्रमुख सहायक निर्देशक, अशोक थापा सहायक निर्देशक, राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन/सूर्य/सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र संगीत बानियाको कलर संयोजन रहेको यो चलचित्रलाई पवन गौतमले छायाँकन गरेका छन् ।
अन्तराष्ट्रीय बितरक चर्चित गितकार राम रेप्चुङ राईलाई दिईएको छ । चलचित्रका गीतमा ओम सुनुवारको सङ्गीत, ओम सुनुवार, कविता श्रेष्ठ र मेलिना राईको स्वर छ भने गीतकार तिर्थ दामली (टुप्पी)को शब्द रहेको छ । प्रोडक्सन म्यानेजर राजु दाई रहेको चलचित्रका ट्रेलर डिजाइनर दीर्घ खड्का हुन् ।
नवराज सिलवालले बधाई दिए
प्रमुख अथिती प्रतिनिधिसभा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले ट्रेलर हेरेपछि प्रतिक्रिया दिदै, ‘उनले फिल्म उत्कृष्ट बनेको भन्दै निर्माता निर्देशकको प्रशंसा गरे सधै एउटा अनुहार मात्र दोहोर्याउने परम्परा तोड्न सफल भएको भन्दै निर्माता टीमलाई उनले बधाई दिए । त्यस्तै नेपाली फिल्म निर्माता निर्देशक कलाकार र फिल्म क्षेत्रमा काम गर्ने सबैको भबिष्य उज्वल रहेको बताए ।’
हेर्नुस लाईभ ।

