भिम उपाध्याय/ पर्खेकै पर्खी: मैले पंचायती व्यवस्था कालमा पढें। पंचायती व्यवस्थामा जागिर सुरू गरें । बहुदल आयो कृष्णप्रसाद भट्टराई प्रम बने, अब प्रशासनमा व्यापक सुधार होला भन्ने बिश्वास पलायो । मुलुक अब समृद्ध होला भन्ने आश जगायो । नयॉ बहुदलीय संविधान आयो, प्रशासनमा शल्यक्रिया गरियो तर अफसोच रो’गी अपां’ग बन्यो ।
स्थिति आज सुध्रेला, भोलि सुध्रेला भन्दै दिनहरू बिते, भ्र’ष्टाचारले रेकर्ड तोड्न थाल्यो । चिरन्जीवी, जयप्रकाश, गोविन्दराज, खुमबहादुर प्र’वृत्तिको जन्म हुदै गयो । कति लुकेर, कति हाकाहाकी, कति लेभीका नाममा, कति चन्दाका नाममा सर्वत्र भ्र’ष्ट प्रवृत्ति हाबी हुदै, दह्रो बन्दै गयो । कर्मचारी सरूवा, जिम्मेवारी तोकाई, राजनीतिक नियुक्ति र अन्य सबै काम बिना लेनदेन, बिनाप्रिपेड वा पोष्टपेड नगरी संभव हुन छाड्यो , भएन ।
योग्यता र क्षमताको मापदण्ड नै फेरिए । यिनै माहौलमा माओबादी जनवि’द्रोह १० वर्ष चल्यो । राजाले सत्ता लिए । तर भ्र’ष्टाचारलाई निर्मूल गर्न हैन, विगतका व्यवस्था भत्काउन वा सत्ताधारीलाई बढार्न सबै स्या’लहुईयॉ गर्दै गए ।

माओबादीसमेत सरकारमा आयो, नयॉ संघीय गणतान्त्रिक संविधान पनि बन्यो तर मुलुकको मूल समस्या भ्रष्टाचार र यसका कारण अबिकासको उल्मुलन आकाशको फल बन्दै गएको छ ।
गणतन्त्र र सघीय व्यवस्था चलाउनै पनि यति पैसाको खोलो बगाउनुपर्ने भयो कि अब धनाढ्य र भ्र’ष्टबाहेक सर्वसाधारणका निम्ति यो व्यवस्था दु’रूह बनिसकेको छ । छ्यालब्याल पैसा खर्च गर्न नसक्नेले वडाध्यक्ष सम्म पनि जित्न नसक्ने अवस्था छ ।
नेता र कर्मचारीलाई अहिले यति धेरै पैसा चाहिने भएको छ कि तिनले पाए भने गु-हुमा डुबेको पैसा पनि टिप्छन्, ला’जघिन, ड’र, नै’तिकता सबै क्रमश: सखा’प भएको र नयॉ मुल्ला झन् प्याज धेरै खाने हुन थालेको देखिन्छ ।
यसैबीच म दुई वर्ष अघिदेखि संघीय गणतान्त्रिक व्यवस्था आएपछि स्थानीय चुनाव सम्पन्न भएपश्चात सेवानिवृत्त भइसकेको छु ।
अब यो व्यवस्थामा यी यस्ता समस्याको समाधान कसरी होला? यसमा चिन्तन गर्न झन् जरूरी देखिन्छ ।
अहिले नेकपा बामपन्थी दलको दुईतिहाई बहुमत भएको सरकार बनेको पनि करिब १७ महिना बितिसकेको छ, आजसम्म रूपान्तरणका कुनै छनक देखिदैन। पर्खनुबाहेक केही उपाय पनि छैन, जसरी विगतमा ३० वर्ष पंचायतलाई पर्खियौं, त्यसपछि ३० वर्ष बहुदललाई पर्खियौ। ६०/७० वर्षदेखि पर्खेका पर्ख्यै छौं ! यो पनि ५ वर्षको सरकार हो, अरू २,३ वर्ष यसैगरी अझै पर्खिदा के नै पो बित्ला र ?!
-पुर्वसचिब भिम उपाध्यायको सरकारी सेवा अनुभव

