इन्द्रकुमार श्रेष्ठ सरित्
साकार र साहस नङ र मासुजस्तै मिल्ने साथी हुन् । विद्यालय जाँदा र विद्यालयबाट घर फर्किँदा पनि ती दुबै जना सँगै हुन्छन् । गृहकार्य गर्नका लागि पनि साकार साहसकै घरमा पुगेको हुन्छ । साहसकी आमा नानीमैयाँले नि साकारलाई आप्mनोे छोरोभैंm माया गर्छिन् । गृहकार्य गर्दागर्दै नानीमैयाँले दुबैका लागि खाजा ल्याई दिन्छिन् ।
”ल ल एक छिन लेख्न पढ्न बन्द गर । पैला खाजा खाऊ अनि फेरि लेख्नु पढ्नु है त !”
”हस् मम्मी ।” खाजा लिँदै साहसले भन्यो । दुबै जनाले खाजा खाएर फेरि गृहकार्य गर्न थाले । झमक्कै रात परेपछि साकारकी आमा माइली साकारलाई लिन आइपुगिन् ।
”ल आमा पो आउनु भएछ । म आपैm आइहाल्थें नि ।” साकारले माइलीलाई हेर्दै भन्यो ।
“तँ आउन्नस् भनेर काँ हो त छोरा ? अँधेरो भैसक्यो तँ डराउछन् कि भनेर पो म आ’की त ।” माइलीले स्नेहपूर्वक छोरोको कपाल मुसार्दै भनिन् ।
“साहस, हामी भोलि पनि स्कूलसंगै जाने है ।” साकारले किताबको झोला बोक्दै भन्यो ।
“हुन्छ, भै हाल्छ नि ।”
”बाई साहस, बाई आन्टी ।” साकारले साहसको घारबाट निस्किंदै भन्यो ।
डेरामा पुगेपछि साकारका आमाछोराले खाना खाए । खाना खाएपछि साकार पढ्न थाल्यो । साकार पढुन्जेलमा माइलीले घरधन्दा सिध्याइन् ।
”आमा, अब हाम्रो फाइनल जाँच आउन लाग्यो । मेरो तीन मैनाको फि, जाँच फि कम्प्युटरको फि तिर्न बाँकी छ । फि नतिरे जाँच दिन नपाइने रे, आमा । आमा, मेरो फि कैले तिर्ने ? भोलि तिर्ने हो, आमा ?” साकारले भाँडा थन्क्याउँदै गरेकी आमालाई हेर्दै सोध्यो तर माइली केही बोलिनन् । आँखामा आँसु टन्न भरिएकोले उनले केही देख्न पनि सकिनन् ।
”आमा, भन्नुन मेरो फि कैले तिर्ने ?” साकारले फेरि आमालाई घच्घच्यायो ।
”तिर्ने बाब, पख्न । वकिल्नी बज्यैको घरमा काम गरेको मैना मर्न लाग्यो । त्याँ’ट आको पैसाले म तेरो फिस तिरिहाल्छु नि , छोरा ।” आमाको कुरा सुनेर साकार ढुक्क भयो । आमाको कुराले ढुक्क भएपछि ऊ एकैक्षणमा लुटुक्क निदायो पनि । तर माइलीको आँखामा निद्रा थिएन । किनकि वकिल्नी बज्यैले दिएको पैसाले साकारको तीन महिनाको फिस तिर्न पुग्दैन भन्ने उनलाई राम्रैसँग थाहा थियो । तर माइलाका लागि त्यही सहारामा पनि अडिनुको अर्को विकल्प थिएन । माइलीका लागि साकार नै बाँच्ने आधार र सहारा थियो । त्यसैले माइलीको मनले साकारले मागेभन्दा पनि बढी सुविधा दिन चाहन्थिन् तर चाहेर पनि दुःख र अभावको पहाडलाई ती चाहनाहरुले भत्काउन सक्तैन थिइन् । चिन्ताले गर्दा निद्रा माइलीको वरिपरि पटक्कै आउन मानेको थिएन । माइलीले झट्ट माइलालाई सम्झिइन् । साकार जन्मिदा कत्ति खुशी भएका थिए उनी । अँध्यारोमै पनि माइलीका ओंठ मुस्कुराए । तर मनको व्यथाले त्यो मुस्कानलाई फक्रिन दिएन । एउटा कहालीलाग्दो रातदेखि हरायो ऊ । तर ऊ कसको निशानामा प¥यो, सरकारको निशानामा प¥यो कि ? विद्रोहीको निशानामा प¥यो ? माइलीले आजसम्म थाहा पाउन सकेकी छैनन् । माइला हराएको र छोरोको उमेर बराबरी नै हो । पल पल भन्दा भन्दै एघार बर्ष बितिसकेछ । के थाहा, अब ऊ कहिल्यै नफर्किने पो हो कि ? माइलीले थाहै नपाई दुई ढिक्का आँसुले माइलीका गाला भिजाईसकेका हुन्छन् ।
साकार उठ्दा माइलीले बस्नेत खरिदारको घरमा सरसफाईको काम सिध्याएर आइसकेकी थिइन् । माइलीले हतार हतार गरेर खाना पकाइन् । छोरोलाई पे्रमपूर्वक खाना खुवाएर विद्यालय पठाइन् । त्यसपछि उनी वकिल्नी बज्यैकहाँ पुगिन् र आपूmलाई पैसाको अत्यन्त खाँचो परेको कुरा बताइन् ।

”के को पैसा ? भन्ने बित्तिकै पैसा पाइन्छ ? मैना मोर्न अभैm पाँच दिन बाँकी छ । मैना मोर्न पा’ हुन्न भिखारीहरुको ताँती लागिहाल्छ ।”— वकिल्नी बज्यैले माइलीको कुरै नसुनी जंगिदै माइलीलाई दशथरी कुरा सुनाइन् । छिमेकमा भएको हल्लाखल्ला सुनेर साहसकी आमा नानीमैयाँ पनि घर बाहिर आइन् । उनले सोधेपछि माइलीले आँसु झार्दै सबै कुरा भनिन् ।
”हरे, यति सानो कुरामा किन यति ठूलो चिन्ता लिएकी ?“ नानीमैयाँले स्नेहपूर्वक भनिन् । “केही सारो गारो परे मलाई भन्नु भनेर मैले भनेकै थिएँ । कति पैसा चाइएको हो, भन । म सापटी दिउँला नि, पछि पैसा आएको बेलामा फर्काउदा भैहाल्छ त ।”
”हैन दिदी, म सापटी लिन्न । तपाई र मेरा छोरा तेस्तोविधि मिल्ने साथी छन् । तपाईको पैसा तिर्न सकिन भन्ने छोरोले थाहा पायोभने सारै चित्त दुखाउनेछ ।”
”तेसो भए यो घर घरमा भाँडा माभ्mने , लुगा धुने काम छाडेर अलि राम्रो काम खोजन त, माइली ।” नानीमैयाँले सहानुभूति प्रकटगर्दै सल्लाह दिइन् ।
“राम्रो काम गर्नलाई त पढेको हुनु प¥यो नि, दिदी ।”— रुन्चे स्वरमा माइलीले भनिन् ।—“नतः पढाई, नतः आप्mनु मुन्छे । राम्रो काम कल्ले दिन्छ र मुलाई, दिदी ?” माइलीको कुरा सुनेर नानीमैयाँले नि यसै हो भन्न सकिनन् । माइलीको पीडा उनको मनमा पनि दुखिरह्यो । मलिन अनुहार लिएर दुबै आआप्mना घरतिर लागे ।
विद्यालयबाट फर्किएपछि साकारले फिसको बारेमा आप्mनी आमासँग धेरैचोटी सोध्यो । तर साकारको प्रश्नको माइलीसँग कुनै जवाफ थिएन । भुटेको मकै र कालो चिया खाएर साकार पढ्न भनेर मन नलागी नलागी साहसको घरतिरलाग्यो । माइलीको चित्त थिरमा थिएन । डेराको बसाई, राजधानीको महंगी र आम्दानीको स्रोत चाहिं अत्यन्त न्यून भएपछि छोरोको पढाई कसरी अगाडि बढाउनु ? माइलीको छातीमा गाठो पर्छ । बस्नेत खरिदारका मागुँभने त्यहाँ त महिना पुग्न झन आठ दश दिन नै बाँकी छ । माइलीले केही सोच्न सकिनन् केवल उनको मन छटपट छटपट भैरह्यो । झमक्क भएपछि मनमा पीडा र आँखामा आँसु माइली छोरो लिन साहसको घरमा पुगिन् ।
“माइली बैनी, तिम्लाई एउटा कुरा भनम् है ।”— माइलीलाई दूधको चिया दिंदै नानीमैयाँले भनिन् ।
“भन्नु न दिदी ।”
“ साकारको पढाईमा रुचि र छोरोलाई पढाउने तिम्रो चाहनाका बारेमा मैले साहसको बासँग कुरा गरेकी थिएँ । एउटा राम्रै स्कूलमा होस्टलमा बसेर काम गर्ने मान्छे चाइएको छ रे । तिम्रो छोरोको पढाई पनि फिरीमै हुन्छ रे, गछ्र्यौ माइली ? डेरा र खानपिनको झन्झट पनि नहुने खान, बस्न र छोरोको पढाई सबै हुने । के विचार छ, के भन्छ्यौ तिमी ?”
“तेस्तो भे’ त जाति नै हुन्थ्यो नि , दिदी । साकारले धेरै पढेको हेर्ने मुन छ मेरो । तर साहससँग छुिट्टन साकार पो मान्ने हो कि हैन ? साहस भनेपछि साकार हुरुक्कै हुन्छ ।”
“त्यो त हामीले मनाउनु पर्छ नि । साकारको लामो छुट्टी भ’को बेलामा साकारलाई ल्याएर यहीँ छाडिदिनु । अरुबेला साहसलाई लिएर हामी साकारलाई भेट्न आम्ला ।”— नानीमैयाले माइलीलाई सल्लाह दिइन् ।
साकारलाई यो कुरा कसरी भनूँ भनेर माइलीको मनमा छटपटी भैरह्यो । तर नभनी पनि भएको थिएन । त्यसैले बलैले उनले साकारलाई यो कुरा सुनाइन् । आमाको कुरा सुन्ने बित्तिकै साकार रुन थाल्यो । माइलीले कत्ति सम्झाइन् तैपनि उसको आँसु थामिएन ।
” के गर्नु छोरा, मेरो धेरै आम्दानी भ’को भे’ म तैंले जे जे भन्छन् ती सप्पै पुराउथे । तर के गर्नु र, नत हाम्रो आप्mनो घर छ, नतः खनीखोस्री गर्ने जमिन नै छ । तेसैले तेरो पढाई रोकिन्नभने मजस्तो सुकै दुःख गर्न पनि
त्यार छु ।” माइलीले रुँदै छोरालाई सम्झाइन् । आमा रोएको देखेर साकार झन रुन थाल्यो । त्यहीबेला साहस त्यहाँ आइपुग्यो । दुबै साथी अंगालो मारेर रुन थाले ।
”नरोऊ साकार । तिमी अर्को स्कुलमा गएर के भो र ? त्यहाँ तिम्रो पढाईमा कुनै डिस्टर्व हुने छैन । फेरि पनि तिमी र म त साथी नै रहन्छौं नि । तिमी र म फोनमा पनि कुरा गरौंला ।“ साहसले साकारलाई सम्झायो ।
“त्यो त हो ……. ।” साकारले अन्कनाउदै भन्यो ।
“ तिम्रोृ स्कुलको लामो छुट्टीमा बाबाले तिमीलाई हाम्रै घरमा ल्याएर राख्ने रे । आहा, त्यसबेला हामी खूव रमाइलो गर्नु पर्छ है । अनि प्रत्येक शनिवार चैं तिमीलाई भृ्ेट्न बाबा र मम्मीले मलाई तिम्रो स्कूलमा लिएर जाने रे ।”
“साहस, मलाई कहिल्यै नभुल है ।”
“धत्, त्यस्तो कुरा गरेर मलाई फेरि नरुवाउन । हामी त मिल्ने साथी हौ नि । म तिमीलाई कहिल्यैै भुल्दिन, साथी ।”
साहसले साकारका लागि ल्याएको कापी, पेन्सिल र एउटा ज्याकेट उपहार दियो । दुई बालखा साथीहरुको वार्तालाप र कृयाकलाप हेरेर माइली, नानीमैयाँ र साहसको बाबाले आआप्mनो आँखाका आँसु पुछिरहेका थिए ।
….तरहरा (सुन्सरी), हालः काठमाडौं ।

