तेल अविव – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलको १४औं वार्षिकोत्सब तथा साधारण सभा भव्यरुपमा सम्पन्न भएको छ ।

उक्त वार्षिकोत्सब तथा साधारण सभाले सर्किनि ज्यावा ह्योल्मोलाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलको नयाँ अध्क्षयमा सर्वसम्मत चयन गरेको छ ।

नेपाल संवत ११४६ अनालागा द्वादशी/ बि.स. २०८३ जेष्ठ २९ गते/ई.स. २०१६ जुन १२ जुन शुक्रबारका दिन तेल अविवमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अथितिमा कार्यबाहक राजदुत ओमकुमार भण्डारी रहेका थिए भन्ने अन्य अथितिहरुमा इजरायलमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु रहेका थिए ।
उक्त कार्यक्रममा नेफिनमा आबद्धता रहेका हरेक संस्थाले आ-आफ्नो जातीय पहिचानसहितको नृत्य र झाँकीहरु प्रदर्शन गरेका थिए ।

उक्त कार्यक्रम निवर्तमान अध्क्षय सूर्यबहादुर रानाको सभापतित्वमा सम्पन्न भएको थियो ।

सर्किनि ज्यावा ह्योल्मोको अध्क्षयतामा गठित नवकार्यसमितिमा निम्न व्यक्तिहरु वरिष्ठ उपाध्यक्षमा खुशी क्ल्हे तमूस्यो, उपाध्यक्षहरुमा ल्हाक्पा शेर्पा, प्रकास दोङ तामाङ, रोसन राई, ईन्दु लावति, बिमला श्रेष्ठ र बिष्णुराम चौधरी रहेका छन् । महासचिमा सुरेश गिदेल मगर, प्रथम सचिवमा निमा याङ्जिन ह्योल्मो, सचिवहरुमा कर्म शेर्पा, अस्मिता गोले तामाङ्ग, वावुराम राई, ईन्द्र जंङ्ग तमू, ससिकला कान्दङ्वा र कानन चौधरी रहेका छन् । यस्तै कोषाध्यक्ष राजभाई प्रजापती र सह- कोषाध्यक्ष आसिक दर्लामि मगर रहेका छन् ।

बाँकि रहेको बिभिन्न पदहरु नयाँ समितिको बैठकले तय गर्ने छ ।
संस्थाको विधान अनुसार निवर्तमान अध्क्षय सुर्यबहादुर रानालाई प्रमुख सल्लाहकारमा मनोनित गर्दै जेसाङ्ग शेर्पा, रोजि मोक्तान, जसमान राई, बिन्दु तमूस्यो, कमला कान्दङ्वा, सुनिता श्रेष्ठ, मन मास्कि रानामगर, समिर श्याङ्वा ह्योल्मो र सोम प्रसाद चौधरीलाई सल्लाहकारमा चयन गरेको छ ।

यस्तै संरक्षक परिषद सदस्यहरु तेन्जिङ शेर्पा, नयन इम्सोङ लिम्बू, नानिमाया योन्जन तामाङ, कुमार आङ्दम्वे लिम्बू र मनु श्रेष्ठ रहेका छन् ।

“विश्वका आदिवासी जनजाति एक हौं ! आफ्नो भेषभुषा, भाषा, लिपी, कला, संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं ” भन्ने मुल उदेश्यका साथ सन् २०१२ मा स्थापना भएको हो नेफिन इजरायल ।

कार्यक्रमलाई सफल बनाउनको लागि सहयोग गर्ने सबैलाई नेफिनले धन्यवाद व्यक्त गरेको छ।


