तेल अविव – प्रवासी सृजनशिल महिला समूह इजरायलको नयाँ अध्क्षयमा सरिता कंडेल सर्वसमत चयन भएकी छिन् ।
अप्रिल ४ ,२०२६ का दिन समूहको जुम भर्चुअल अनलाइन मार्फत सम्पन्न दशौ वार्षिकोत्सव तथा सातौ पूर्ण अधिवेशनले कंडेलको नेतृत्वमा २०२६/०२८ को लागि ३७ सदस्यी कार्यसमिति गठन गरेको छ ।

उक्त समितिको बरिष्ठ उपाध्यक्षमा डोल्मा गोले, उपाध्यक्षमा दुर्गा थापा, महा-सचिवमा सम्झना ब्लोन तामाङ, सचिवमा पबित्रा बजगाई क्षेत्री, सहसचिवमा माया तामाङ, कोषाध्यक्षमा रेखा राजवंशी, सह कोषाध्यक्षमा मन्जु सुब्बा र सदस्यहरूमा सृर्जना अधिकारी, तारा पोख्रेल, डोल्मा शेर्पा, रूजा थापा, सरिता खरेल, तुलसा शिलवाल, सुस्मा पौडेल, चित्रा राई, सिता लामा, कल्पना लावती, सुस्ता लिम्बु, पबित्रा आचार्य, धनमाया राई, रेस्मा श्रेष्ट, बिण्णु थापा, सुनिता लिम्बु, मिना गुरूङ, सानुमाया क्षेत्री लक्ष्मी दाहाल, नानु लिम्बु, पुनम शेर्मा, सरू प्रधान, नन्दना क्षेत्री, धना राई, पुजा कट्टेल, कन्चन थापा, अन्तिम सुब्बा र गीता पौडेल रहेका छन् ।
इजरायलका लागि का.वा. नेपाली राजदूत ओम कुमार भन्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका अध्यक्ष गणेश गिरी, आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष सुर्य राना मगर लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु पनि बिशेष अथितिको रुपमा उपस्थित भएका थिए ।
अध्यक्ष सन्तोशी खड्काको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो भने पबित्रा क्षेत्री बजगाइ कार्यक्रम संचालन गरेकी थिइन्
उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कार्यवाहक राजदूत भण्डारी र अध्क्षय खड्काले संयुक्त रुपमा गरेका थिए ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका आईसिसि सदस्य अलि मियालाई निर्वाचन समिति संयोजकको जिम्मेवारी दिईएको थियो । संयोजक मियाले नयाँ कार्यसमिति गठन भएको जानकारी दिएका थिए ।
नयाँ कार्यसमितिको संरक्षकमा कल्पना न्यौपानलाई चयन गरिएको छ ।
“महिला स्वावलम्वन तथा समाज सेवा”को मुल उदेश्य लिएर इ:बि: सम्बत २०१६ मा स्थापना भएको हो प्रवासी सृजनशिल महिला समूह इजरायल ।

