तेल अविव/इजरायल -तमु समाज इजरायलको नयाँ अध्यक्षमा रेखा तमुस्यो सर्वसमत चयन भएकी छिन् ।

तमू समाज इजरायलको एघारौं अधिबेशनले रेखा तमूस्यो नेतृत्वमा ३० सदस्यीय कार्यसमिति गठन गरेको छ । जसमा तीन जना संरक्षक समिति सदस्य र चार जना सल्लाहकार समिति सदस्यहरू पनि चयन भएका छन्।

नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष सूर्य राना मगरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष बिन्दु तमुस्योले गरेकी थिइन् ।

तमू समाज इजरायल परिवारले उक्त कार्यक्रमलाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीमनहरुलाई हार्दिक आभार ज्ञापन गरेको छ।
उक्त अवसरमा तमु अक्षयकोषमा योगदान दिने मानुभावहरुलाई पनि सम्मान प्रदान गरिएको छ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा रेखा तमूस्यो, प्रथम उपाध्यक्षमा गायत्री तमूस्यो, दितीय उपाध्यक्षमा खोप्स तमू, तृतीय उपाध्यक्षमा इन्द्रजङ्ग तमू, महासचिवमा सोनि तमूस्यो, सचिवमा सबु तमूस्यो, सह-सचिवमा तेजमाया क्ल्हे तमूस्यो, कोषाध्यक्षमा अनिल तमू र सह-कोषाध्यक्षमा दुर्गा तमूस्यो रहेका छन् ।

साथै २१ जना कार्यकारिणी सदस्यहरूमा बिना तमूस्यो, खुशी तमूस्यो, अञ्जली तमूस्यो, धना तमूस्यो, बिरेन तमू, प्रेम तमू, कविता तमूस्यो, सुशील क्ल्हे तमू, प्रणय तमू, मिलन तमू, दोलख तमू, रोशनी तमूस्यो, खेमराज (दीपेन्) तमू, देबिका तमूस्यो, रिचा तमूस्यो, अमृता तमूस्यो, लिला तमूस्यो, बिन्ध्या तमूस्यो, सुनमती (जुनु) तमूस्यो, उमा तमूस्यो र रिता क्ल्हे तमूस्यो रहेका छन्।
यस्तै डिककुमार तमू, ओम तमू र खुशी क्ल्हे तमूस्यो संरक्षक समितिको सदस्यमा चयन भएका छन्।

यसैगरी, तमू समाज इजरायलका प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष बिन्दु तमूस्योलाई मनोनीत गरिएको छ । अन्य सल्लाहकारहरुमा रिता क्ल्हे तमूस्यो, हस्ता तमूस्यो र बुद्धि तमूस्यो रहेका छन्।

