
तेल अभिब/इजरायल – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलको नयाँ अध्यक्षमा सूर्यबहादुर राना मगर सर्वसमत चयन भएका छन् ।

बार्षिकउत्सव पछिको साधारण सभाले १२औं अधिबेशनबाट निर्वाचित मनु श्रेष्ठ नेतृत्वको समिति विघटन गरि नयाँ समिति चयन गर्न निवर्तमान अध्यक्ष मनु श्रेष्ठको संयोजकत्वमा एक निर्वाचन समिती गठन गरेको थियो जसमा सदस्यहरु क्रमश फुर्बा शेर्पा, मदन नेगि तामाङ,दिपकुमार (जस्मान) थुलुङ राई, बिन्दु तमुस्यो, नुमा काम्भा बखिम लिम्बू, ज्योती प्रधान, चित्र जुग्जाली मगर र समीर श्याङ्बा ह्योल्मो रहेका थिए । उक्त समितिको पर्यवेक्षकहरुमा पासाङ डोमा शेर्पा, नानीमाया योन्जन तामाङ, रीता क्ले तमुस्यो, लता आङ्बुङ लिम्बू, राजु श्रेष्ठ , जमुना थापामगर र निमा याङ्जेन ह्योल्मो रहेका थिए।
त्यसपछि निर्वाचन समितिका सम्योजक मनु श्रेष्ठले सूर्य राना मगरको नेतृत्वमा नयाँ समितिको सर्वसमत चयन भएको घोषणा गरेकी थिइन् ।
सम्योजक श्रेष्ठका अनुसार १३औं बार्सिकोत्सव तथा साधारण सभालेले समानुपातिक समाबेसिता अर्थात चक्रीय प्रणाली अनुसार ने.सं. ११४५/११४६ अर्थात ई.स. २०२५/०२६ कार्यकालको लागि मगरको नेतृत्वमा नयाँ समितिको पुर्ण घोषणा गर्दै नमावली पढेकि थिइनँ।

इजरायलको लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पन्डितको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व नेफिन इजरायलका अध्यक्ष मनु श्रेष्ठले गरेकी थिइन् ।

प्रमुख अथिती राजदूत पन्डित र नेफिन अध्यक्ष श्रेष्ठले पानसमा बति बालेर कार्यक्रमको उट्घाटन गरेका थिए।

सुर्यबहादुर राना मगरको नेतृत्वमा गठित नेफिन इजरायलको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सर्किनी ज्यावा ह्योल्मो, उपाध्यक्षमा लाक्पा लामा शेर्पा, अशोक थोकर तामाङ, बिन्दु तमुस्यो र ईन्दु लावती रहेका छन् । यस्तै महासचिवमा बिमला श्रेष्ठ, प्रथम सचिवमा बिबश आले मगर, सचिवमा फुर्वा गम्बु ह्योल्मो, सेमासङ शेर्पा, इन्द्र जङ्ग तमू र ससीकला काङ्भा रहेका छन् । साथै कोषाध्यक्षमा सम्झना ब्लोन तामाङ र सह-कोषाध्यक्षमा अमिरा श्रेष्ठको चयन गरिएको छ।

यस्तै निवर्तमान अध्यक्ष मनु श्रेष्ठलाई प्रमुख सल्लाहकारमा चयन गरेको छ भने जेसाङ शेर्पा, रोजि मोक्तान तामाङ, डिककुमार तमु, कमला कन्दवा, सुनिता श्रेष्ठ, मन मास्की राना मगर, दीपकुमार थुलुङ राई र समीर श्याङ्बा ह्योल्मोलाई सल्लाहकारमा चयन गरिएको छ।

साथै संरक्षक परिषद सदस्यहरुमा नयन ईम्सोङ लिम्बु, नानीमाया योन्जन तामाङ र कुमार आङ्देम्बे लिम्बुलाई चयन गरिएको छ।

उक्त अवसरमा नेफिन इजरायलमा योगदान दिने विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरिएको छ।

त्यही अवसरमा स्थानीय कलाकारहरूले विभिन्न जातीय नृत्य र मनोरञ्जनात्मक नृत्य पनि प्रस्तुत गरेका थिए।

