तेल अविव – प्रवासी सृजनशिल महिला समूह इजरायलकाे नवाैं वार्षिकोत्सब तथा छैटौं अधिवेशनले सन्तोषी खड्काको नेतृत्वमा ३४ सदस्यी नयाँ कार्यसमिति चयन गरेको छ ।
मिति २४ फाल्गुन २०८१ तदनुसार ८ मार्च २०२५ शनिबारका दिन जुम अनलाइन मार्फत सम्पन्न नवाैं वार्षिकोत्सब तथा छैटौं अधिवेशनको प्रमुख अथितिमा नेपाली राजदुत धनप्रसाद पण्डित रहेका थिए ।
अधिवेशनले सन्तोषी खड्कालाई सर्वसमत नयाँ अध्क्षय चयन गरेको छ ।
प्रमुख अतिथि राजदुत पण्डितले समूहले गरेकाे कामप्रति आफू गाैरवान्वित भएकाे महशुस गर्दै आगामी दिनहरूमा थप प्रगतिकाे कामनाका गर्दै नव कार्यसमितिलाई शुभकामना दिएका थिए ।

नयाँ अध्क्षय खड्काको नेतृत्वमा रहेको समिति यस्तो छ :- बरिष्ठ उपाध्यक्षमा डोल्मा गोले तामांग, उपाध्यक्षमा रिता कार्की, महासचिवमा सृजना अधिकारी, सचिवमा दुर्गा थापा, सह सचिवमा पवित्रा बजगाई क्षेत्रीमा, कोषाध्यक्षमा सरिता कंडेल, सह कोषाध्यक्षमा नन्दाकुमारी गुरूङ र सदस्यहरुमा तारा पोख्रेल, डोल्मा शोर्पा, रूजा थापा, माया प्रसाई, गौरी सुब्बा, इन्दिरा राई, मिना राई, सिता गौतम, सरिता खरेल, तुलसा शिलवाल, रोमा थापा, सुस्मा पौडेल, चित्रा राई, सिता लामा, मिना गुरुङ, कल्पना लावती, अन्तिम, लिम्बु, अर्चना पुराकोटी, मनिका लिम्बु, सुस्ता लिम्बु, पबित्रा आचार्य, घनमाया राई, बिण्णु पराजुली थापा, टिका कुमारी गुरूङ र रेस्मा श्रेष्ट रहेका छन् ।
यस्तै संरक्षकमा कल्पना न्याैपानेलाई चयन गरेको छ ।
उक्त कार्यक्रममा इजरायलका बिभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुले अनलाइन मार्फत सहभागिता जनाएका थिए ।
निवर्तमान अध्यक्ष कल्पना न्याैपानेकाे सभापतित्वमा सम्पन्न भएको थियो ।
साथै नयाँ कार्यसमितिको पहिलो बैठकले अर्जुन पाेख्रेल( प्रेम) लाई प्रमुख सल्लाहकार र साबु भट्टराईलाइ सल्लाहकारमा मनोनयन गरेको छ।

