बुधबार, माघ ११, २०७९
कर्णालीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णालीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै


  • स्वदेश नेपाल
  • बुधबार, माघ ११, २०७९

सुर्खेत। कर्णाली प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच मन्त्रालय भागवण्डा मिलेपछि मन्त्रिपरिषद् विस्तार हुने लागेको हो । मंगलबार बसेको दुई दलको बैठकले मन्त्रालय भागवण्डाको विषय टुङ्गाएका हुन् ।

भागवण्डा अनुसार नेकपा (माओवादी केन्द्र)ले भौतिक पूर्वाधार तथा शहरी विकास, आन्तरिक मामिला तथा कानुन र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय, नेकपा एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको छ ।

कर्णाली प्रदेशमा ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको थियो । बैठकमा सहभागी माओवादी दलका नेता मुख्यमन्त्री राजकुमार शर्माले आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट