वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितका एकैसाथ तीन बालकृति प्रकाशित भएको छ। बालकथासंग्रह ‘बाटुली’ र मेरी छोरी मान्या’ र कवितासंग्रह ‘जूनतारा’ प्रकाशित भएका छन्।
बाटुली कथासंग्रह र जूनतारा कवितासंग्रह भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो भने मेरी छोरी मान्या कथासंग्रह अक्षरधाम प्रकाशनले प्रकाशित गरेको हो।
‘बाटुली’ कथासंग्रहमा नौवटा कथा संकलित छन् भने ‘जूनतारा’ कवितासंग्रहमा दशवटा कविता संग्रहित छन्। त्यसैगरी ‘मेरी छोरी मान्या’ कथासंग्रहमा पाँचवटा कथा संग्रहित छन्।
आकर्षक आवरण र सुन्दर साजसज्जाका साथ प्रकाशित सरितका तीनै कृति अत्यन्त पठनीय हुनुका साथै बालबालिकाको भविष्य निमार्णका लागि सन्देशमुलक पनि छन्।
साढे चार दशकदेखि नेपाली साहित्यमा साधनारत सरित मूलतः कथाकारको रूपमा परिचित छन्। कथाबाहेक पनि सरितले कविता, गीत, गजल, मुक्तक, उपन्यास, समीक्षा, समालोचना आदिमा निरन्तर कलम चलाउँदै छन्।
यसअघि कथा, कविता, उपन्यास, अन्तरवार्ता, बालकृति गरेर एघार थान कृति प्रकाशित छन्।