आइतवार, माघ ८, २०७९
नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा सहिद क्या. लखन थापा मगरको १४६ औ स्मृती दिवस कार्यक्रम हुँदै

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा सहिद क्या. लखन थापा मगरको १४६ औ स्मृती दिवस कार्यक्रम हुँदै

कवितावाचन प्रतियोगिता पनि हुने


  • स्वदेश नेपाल
  • आइतवार, माघ ८, २०७९

काठमाडौं । ‘प्रथम शहिद क्या. लखन थापा मगर अमर रहुन’ भन्ने मूल नाराका साथमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्या. लखन थापा मगरको १४६ औ स्मृती दिवसको अवसर पारी

सहिद क्या. लखन थापा मगरको १४६ औ स्मृती दिवस कार्यक्रम २०७९/२०२३ हुने भएको छ । प्रथम शहिद क्या. लखन थापा मगर अमर रहुन’ भन्ने मूल नाराका साथमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्या. लखन थापा मगरको १४६ औ स्मृती दिवसको अवसरमाहुने उक्त कार्यक्रममा कविता वाचन प्रतियोगिता राखिएको छ ।

जुममार्फत आयोजना हुने कार्यक्रममा सहभागी भएर आफ्ना प्रतिभालाई प्रस्तुत गरिदिन आयोजक संस्थाले इजरायलमा बस्दै आइरहेका सबै नेपालीहरुलाई अनुरोध समेत गरेको छ । उक्त कार्यक्रममा ‘प्रथम शहिद’ शिर्षकको कविता प्रस्तुत गर्नुपर्ने आयोजक सस्था नेपाल आदिवासी जनजाति महासंघले विज्ञप्तीमार्फत जानकारी गराएको छ । कवितामा केहि नियमहरु पनि लागु गरिएको छ । सबै प्रक्रिया पुरा गरेर कविता नेपाल आदिवासी जनजाती महासंघ इजरायलको इमेलमा [email protected] अथवा इन्बक्समा वा संयोजक dik kumar gurung https://www.facebook.com/dikkumar.gurung?mibextid=ZbWKwL फेसबुक इन्बक्समा वा WhatsApp No . 00972584241863/
00972543631086 मा पठाउन अनुरोध गरिएको छ ।

प्रतियोगितामा भाग लिने इच्छुकले आ–आफ्नो कविता यहि जनवरी १८ तारिख २०२३ बिहान ७ बजे देखि फ्रेब्रअरी ७ तारिख इजरायलको समय बेलुकी १२ बजेसम्ममा प्राप्त भएको कविताहरुलाई मात्र समावेश गराइनेछ । यस्तै प्राप्त सबै कविताहरु संकलन गरि निर्णयको निम्ति सम्बन्धित बिधामा अनुभवी दखल ब्यक्तित्वको तीन सदस्य निर्णायक मण्डल समक्ष पठाइनेछ । निर्णायक मण्डलले निर्णय गरेको निर्णय नै अन्तिम निर्णय मान्नु पर्नेछ ।

कविताको लागि प्रथम हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया पचास हजार नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।
यस्तै द्धितीय हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया पच्चीस हजार नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिनेछ । तृतीय हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया पन्ध्र हजार नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

यसैबीच चौथो हुने बिजेता प्रतियोगितालाई नेपाली रुपैया पाँच हजार (सान्त्वना पुरस्कार) र प्रमाणपत्रबाट सम्मान गरिनेछ । पाँचौ हुने बिजेता प्रतियोगितालाई नेपाली रूपैया पाँच हजार सान्त्वना पुरस्कार र प्रमाण पत्रबाट सम्मान गरिनेछ ।

सहभागी प्रतियोगिताहरु सबैलाई प्रशंसा पत्रबाट सम्मान गरिनेछ । सहभागी सम्पूर्ण प्रतियोगीहरुको रचनालाई नेफिन इजरायलको पेज मार्फत नाम थर र ठेगना सहित सुरक्षित राख्ने भएको छ ।

बिजेता घोषणा प्रथम शहिद क्या. लखन थापा मगरको स्मृती दिवस कार्यक्रम २०२३ फेब्रअरी १४ तारीख मंगलबार घोषणा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट