काठमाडौं । नेपाली जनसंम्पर्क समिति इजरायलले महोत्तरीका रुस्तम अलिलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
नेपाली कांग्रेस महोत्तरी जिल्ला सभापति नागेश्वर यादवको उपस्थितिमा आज शनिवार एक कार्यक्रमकाबीच जनसम्पर्क समितिले ५० हजार र सल्लाहकार शान्ता खवासले दिएको ७ हजार नगद सहित ५७ हजार नगद आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो ।
अलि नेपाल सरकार मार्फत् (जिटुजी) इजरायल गएको केहि समय नवित्दै स्वास्थ्यमा समस्या आएपछि तीन महिना अघि नेपाल आइसक्नुभएको छ । जनसंम्पर्क समिति इजरायलले अलिको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
नेपाली जनसंम्पर्क समिति इजरायलले महोत्तरीका रुस्तम अलिलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।