काठमाडौं । सरकारले कोरोना भाईरसको थप अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोपको माग गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १५ लाख मात्रा बुस्टर मात्रा माग गर्दै आज पुनः ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) लाई औपचारिक रुपमा पत्र पठाएको छ । स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख सागर दाहालले आज १५ लाख मात्रा खोपका लागि ‘गाभी’ लाईपत्र पठाइएको जानकारी दिनुभएको हो ।
यसअघि गत पुस १४ गते पनि शाखाले बुस्टर डोजका लागि १५ लाख मात्रा खोप माग गरी पत्र पठाएको थियो।
उक्त पत्रानुसार गाभीले आगामी माघ १९ गते १५ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी गराइसकेको छ । तर बुस्टर मात्राका लागि थप १५ लाख मात्रा खोप आबस्यकता रहेकाले फेरी पत्राचार गरिएको उहाँले बताउनुभयो ।