बिश्वास
ज्योतिषीले श्रीघरलाई भन्यो-“तपाईको ग्रह राम्रो छ। राहु, केतु र शनी कुनैले पनि छुदैन किनकी चन्द्रमा दाहिने बसेको छ । यसपाली तपाई मुख्या बन्नेमा ढुक्क हुनुहोस ।
ज्योतिषीको यो भबिष्यवाडी प्रती बिश्वासले होला श्रीधरले दुई जोर लबेदा-सुरुवाल सिलाएर राखेको थियो । चुनाब सकियो । राष्ट्र सेवक पार्टीले धेरै ठाउमा जित पनि हासिल गर्यो।
जितको खुसीयालीमा श्रीधरले ठुलो भोजको आयोजना गर्यो । गाउभरीका ठुला-ठालु, गन्ने-मान्ने सबै भेला भएका थिए । यस्तो लाग्थ्यो त्यहा कुनै विवाहको भतेर लागेकोछ।
खाने, पिउने, नाचगान गर्ने सबैको रौनक थियो । नया लबेदा-सुरुवालमा श्रीधरलाई बेहुला जस्तै देखिएको थियो ।
यतिकैमा श्रीधरको सहयोगी आएर साहुती गर्दै भन्यो- “ बर्बाद भयो हजुर, मुख्या त जनता पार्टीबाट बन्ने भएछ ।
-रुद्र अधिकारी
ईटहरी, सुनसरी – हाल: बेलायत