शुक्रबार, मंसिर २३, २०७९
गत ११ महिनामा ५३ हजारमा डेङ्गी सङ्क्रमण पुष्टी, ६२ को मृत्यु

गत ११ महिनामा ५३ हजारमा डेङ्गी सङ्क्रमण पुष्टी, ६२ को मृत्यु


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं । गत ११ महिनामा नेपालमा डेङ्गी सङ्क्रमणका कारण ६२ जनाको मृत्यु भएको छ भने ५३ हजारमा डेङ्गी सङ्क्रमण पुष्टी भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार पुषको दोस्रो सातादेखी मङ्सिरको दोस्रो सातासम्ममा ५३ हजार ९५१ जनामा डेङ्गी सङ्क्रमण भएको छ । महाशाखाको तथ्याङ्कले सबैभन्दा बढी बागमती प्रदेशमा डेङ्गी सङ्क्रमण भएको देखिन्छ ।

बागमती प्रदेशमा मात्र ४१ हजार ९४७ जनामा डेङ्गी पुष्टि भएको थियो । यस्तै लुम्बिनी प्रदेशमा ४ हजार ९७५, प्रदेश १ मा २ हजार १९८, गण्डकी प्रदेशमा १ हजार ८८३, सूदुरपश्चिम प्रदेशमा १ हजार २८७, मधेश प्रदेशमा ९८४ र कर्णाली प्रदेशमा ६७७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट