शुक्रबार, मंसिर १६, २०७९
स्याङ्जा २ : ४० हजार मत गणना-धनराज र पद्मा कसको कति पुग्यो ?

स्याङ्जा २ : ४० हजार मत गणना-धनराज र पद्मा कसको कति पुग्यो ?


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा ४० हजार मत गणना गरिसक्दा नेकपा एमालेकी सचिव पद्मा अर्यालले कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता केही खुम्च्याएकी छन् । कालिगण्डी गाउँपालिकाको मतगणना भइरहँदा अर्यालको मत केही बढेको हो ।

सो गाउँपालिका एमालेले जितेको छ । हालसम्म कांग्रेसका धनराजको १६ हजार ७३६ मत छ भने एमालेकी पद्माको १५ हजार १६४ मत छ ।स्वतन्त्र पार्टीका टिबहादुर गुरुङले ६ हजार २६६ मत पाएका छन् । कुल ७० हजार मत खसेकोमा अझै ३० हजार गन्न बाँकी छ ।

एकीकृत समाजवादीको राष्ट्रिय दल बन्ने आशा लगभग समाप्त

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षसँगै समानुपातिकतर्फको पनि मतपरिणाम अन्तिम चरणमा पुगेको छ।

शुक्रबार साँझ ७ बजेसम्मम १ करोड ३ लाख ८२ हजार ८५ मत गनिएको छ। अब केही स्थानमा मतगणना बाँकी रहेको छ। हाल स्याङजा, दोलखा र बाजुराको मत गणना भइरहेको छ। उक्त क्षेत्रसहित अन्य केही स्थानमा समानुपातिकतर्फ मतगणना भइरहेका छ।

हालसम्म नेकपा एमाले पहिलो स्थानमा छ। एमालेले २७ लाख ७३ हजार ९ सय ९९ मत प्राप्त गरेको छ। त्यस्तै, दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ४४ हजार २ सय ४१ मत पाएको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार २ सय ५६ मत प्राप्त गरेको छ भने नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९ सय ९६ मत प्राप्त गरेको छ।

त्यस्तै, पाँचौ दल राप्रपा बन्न सफल भएको छ। राप्रपाले ५ लाख ८५ हजार ९ सय २१ मत प्राप्त गरेको छ। जनता समाजवादीले ४ लाख २० हजार ९ सय ३१ मत प्राप्त गरेको छ भने नयाँ दल राष्ट्रिय जनमत पार्टीले ३ लाख ९४ हजार ३ सय ४५ मत प्राप्त गरेको छ।

हालसम्म प्राप्त गरेको नतिजा हेर्दा सातवटा पार्टी राष्ट्रिय दल बन्ने देखिएको छ। राष्ट्रिय दल बन्न एकीकृत समाजवादीले संर्घष गरिरहेको छ। हालसम्म एकिकृत समाजवादीले २ लाख ९४ हजार ३ सय ४५ मत प्राप्त गरेको छ। यो २.८३ प्रतिशत हो।

राष्ट्रिय दल बन्नका लागि ३ प्रतिशत कटाउनुपर्ने हुन्छ। यसका लागि ३ लाख ११ हजार भन्दा धेरै मत ल्याउनुपर्ने देखिन्छ। एकीकृत समाजवादीले थ्रेसहोल्ड पार गर्न १५ देखि २० हजारको अनुपातमा मत ल्याउनुपर्ने देखिन्छ। अब धेरै मत गन्न बाँकी नभएकाले यो सम्भावना कम देखिएको छ। गन्न बाँकी क्षेत्रमा अन्य दलभन्दा पर्याप्त मत एकीकृत समाजवादीको चुनाव चिह्नमा परेमा मात्र उसले थ्रेसहोल्ड कटाउने देखिन्छ।

एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० क्षेत्रमा जित हात पारेको छ। समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, कृष्णकुमार श्रेष्ठ, मेटमणि चौधरी, प्रकाश ज्वाला, धनबहादुर बुढा, अम्बरबहादुर थापा, शेरबहादुर कुँवर, भानुभक्त जोशी र प्रेमबहादुर आले निर्वाचित भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट